5 years ago
June 16, 2020
एजेन्सी – जर्मन बुन्डेसलिगामा आजदेखि ३२औं चरणको खेलहरु सुचारु हुँदैछ । शीर्षस्थानको बायर्न म्युनिखको खेलसँगै आज राति चार खेल हुनेछ । लिग लिडर बायर्नले वेर्डर ब्रेमेनको भ्रमण गर्दैछ ।
खेल ब्रेमेनको मैदानमा राति १२ः१५ बजे हुनेछ । यो महत्त्वपूर्ण खेलमा जित हात पार्दै बायर्न दुई खेल अगावै लगातार आठौं सिजन बुन्डेसलिगा च्याम्पियन बन्नेछ । बुन्डेस लिगामा तीन चरणको खेल बाँकी रहँदा बायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमुन्डलाई ७ अंकले पछि पारेको छ ।
बराबरी या हारले बायर्नले उपाधिको लागि अर्काे खेल अथवा डर्टमुन्डको खेल कुर्नुपर्ने हुन्छ । त्यसैले बायर्न कुनै गल्ती नगर्दै ब्रेमेनलाई पराजित गर्ने लक्ष्यमा मैदान उत्रिनेछ । बायर्न २०१२/१३ को सिजनदेखि लगातार च्याम्पियन बन्दै आएको छ । सर्वाधिक २८ पटक बुन्डेसलिगा जितेको बायर्न मंगलबार राति उपाधि आफ्नो बनाउन चाहन्छ ।
कोरोना भाइरसले स्थगित लिग सुचारुपछि अपराजितर रहेको बायर्नका लागि बुधबार स्टार खेलाडीद्धय रोवर्ट लेवान्डोस्की र थोमस मुलर उपलब्ध हुनेछन् । उनीहरु दोहोरो पहेंलो कार्डका कारण अघिल्लो खेलमा प्रतिबन्धमा रहेका थिए। यता, ब्रेमेन घरेलु मैदानमा बायर्नविरुद्ध अप्रत्यासित जित निकाल्दै रेलिगेसन क्षेत्रबाट माथि उक्लन चाहन्छ । पुछारबाट दोस्रो स्थानमा रहेको ब्रेमेनको २८ अंक छ ।
बुन्डेसलिगाको अन्य खेलमा बोरुसिया मुन्चेनग्लाडवाकले वल्फ्सवर्गसँग, फ्राइबर्गले हर्था बर्लिनको तथा युनियन बर्लिनले पाडेरवर्नको सामना गर्दैछ ।
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व फुटबलका महान ब्राजिलियन पूर्व खेलाडी कार्लोस अर्को साता नेपाल आउँने भएका छन् । दुई दिने भ्रमणका लागि कार्लोस वैशाख ५ गते काठमाडौं आउने निश्चित भएको बिहीवार नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। कार्लोस वैशाख ६ गते दशरथ रंगशालामा जारी एनसेल नेपाल सुपर लिग (एनएसएल) को […]
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एफसी चितवनलाई रोमाञ्चक खेलमा २-१ ले हराउँदै ललितपुर सिटी एफसी एनसेल नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ। चितवन दोस्रो स्थानमा झर्यो। ललितपुरको जितमा इमोह इजेकियल र मणि कुमार लामाले गोल गरे। चितवनका भिक्टर मानसरेको गोलमा गरे। पहिलो हाफमा ललितपुरले खेलमा पकड बनायो। चितवनले भने कमजोर प्रदर्शन गर्यो। खेलको दोस्रो मिनेटमा […]
April 10, 2025
सुमन अधिकारी,बुटवल पूर्णिमा राईको प्रतियोगिता कै पहिलो ह्याट्रिक गरेपछि वालिङको ट्रिनेटी युवा क्लब बुटवलमा जारी प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।भारत मणिपुरको एमएससी भारतलाई ४-० ले हराउँदै उपाधि नजिक पुगेको हो। पूर्णिमाले २० औं मिनेटमा पहिलो गोल गरिन् । पूर्णिमाले ३० औं मिनेटमा गोल गरेपछि वालिङले पहिलो हाफमा २-० […]