5 years ago
June 16, 2020
एजेन्सी – जर्मन क्लब बायर्न म्युनिख तथा पोल्यान्डको राष्ट्रिय फुटबल टोलीका फरवार्ड रोबर्ट लेवान्डोस्की पछिल्लो समय उत्कृष्ट लयमा छन् । तर लेवान्डोस्की भने आफ्नो उच्च प्रदर्शन देखाउन अझै बाँकी रहेको बताउँछन् ।
लेवान्डोस्कीले विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड ब्यालोन डी’ओर जित्नुलाई आफ्नो लक्ष्य बनाएका छैनन् । तर उनलाई थाहा छ उच्च प्रदर्शन गर्दै जाने हो भने जे पनि सम्भव छ । उनले यसो भनिरहँदा आफ्नो उच्च प्रदर्शन आउने वर्षमा देखिने पनि प्रष्ट पारेका छन् ।
बायर्नको आक्रमण सम्हालिरहेका लेवा हालसम्म ब्यालोन डी’ओर को शीर्ष ३ स्थानमा अटाउन सकेका छैनन् । सन् २०१५ मा चौथो स्थानमा रहेका उनले त्यसयता उक्त स्थानमा पुग्न सकेका छैनन् । सन् २०२० को अवार्डका लागि भने उनी दाबेदारका रुपमा अगाडी देखिएका छन् ।
लेवाले जारी सिजन बायर्नका लागि सबै प्रर्तियोगितामा ४५ गोल गरेका छन् । उनकै प्रदर्शनमा बायर्न अर्को लिग उपाधि जित्ने संघारमा छ । बायर्न जर्मन कप र च्याम्पियन्स लिगमा पनि उपाधि होडमा कायम नै छ । टोलीले यो सबै प्रतियोगितामा अपेक्षित प्रदर्शन गरे लेवान्डोस्की ब्यालोन डी’ओर को होडमा रहनेछन् ।
‘ म डिसेम्बरमा भएको पछिल्लो अवार्ड समारोहमा उपस्थित थिएँ,’ लेवान्डोस्कीले फ्रान्स फुटबलसँग भने, ‘अब हेरौं । म सधैं आफ्नो उच्च प्रदर्शन गर्न तत्पर छु । आफ्नो टोलीलाई सफलता दिलाउन र बढी भन्दा बढी गोल गर्ने मेरो प्रयास रहनेछ । यो सब सामुहिक प्रयासले नै सफल हुने हो ।’
‘मैले ब्यालोन डी’ओर बारे सोचेको पनि छैन । मलाई थाहा छ असम्भव केहि छैन तर हाललाई त्यो सोच मेरो छैन,’ उनले भने, ‘म आफ्नो करीअरको उच्च विन्दुमा छैन । तर त्यो समय टाढा पनि छैन । यो मेरो अन्तिम सम्झौता पनि होइन । म अझै लामो समय खेल्न चाहन्छु र राम्रो स्तरमा खेलिरहन चाहन्छु ।’
‘मसँग भविष्यबारे सोच्न अझै धेरै समय बाँकी छ । म अगस्टमा ३२ वर्षको पुग्नेछु । यसको मतलब मैले उमेरको हेक्का राखेको छैन भन्ने होइन । जबसम्म म मैदानमा गरेको कार्यमा सन्तुष्ट छु, मैले चिन्ता लिनु पर्दैन । म अबको दुई-तीन वर्ष मात्र नभएर अझै लामो समय खेल्न चाहन्छु,’ उनले थपे ।
लेवान्डोस्कीले आफ्नो उच्च लय र फिटनेसको श्रेय आफ्नो खान्कीमा सन्तुलन र मानसिक र शारीरिक तन्दरुस्तीका लागि गरिने प्रशिक्षणलाई दिए । ‘ मैले खेलको दिन मासु खाने गरेको छैन । यसले मेरो ज्यान भारि बनाउँछ । त्यसैले हल्का खानेकुरा रुचाउँछु,’ उनले भने ।
‘मैले के खान्छु भन्ने खेल कहिले र कुन समयमा छ भन्नेमा भर पर्छ । मैले भात र पास्ता खाएँ भने छोटो समयका लागि मलाई शक्ति दिन्छ । लामो समयका लागि त्यसले काम गर्दैन ।’
‘खेलमा थकित भएको समय गोल गर्न कठिन हुन्छ । ९० प्रतिशत गोलमा हाम्रो मानसिक शक्ति र ध्यान पुर्याउने क्षमता निर्णायक हुन्छ । थकानको समयमा सोच्ने क्षमता कम हुन्छ । पेनाल्टी क्षेत्रभित्र ०.१ सेकेन्ड ढिला हुँदापनि गोल हुने-नहुने फरक पर्छ ।’
‘प्रशिक्षणमा पनि जोड दिने यसै पक्षलाई हो । आफ्नो मुभमेन्ट र सटलाई प्रशिक्षणमा चुस्त बनाउनुपर्छ । दायाँ खुट्टा होस् या बायाँ, अथवा शारिरको अरु कुनै अंग किन नहोस्, आफू तयार रहनुपर्छ । हामीले यसो गर्ने भन्ने सोच्ने होइन, त्यहीं गर्नुपर्छ ।’
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व फुटबलका महान ब्राजिलियन पूर्व खेलाडी कार्लोस अर्को साता नेपाल आउँने भएका छन् । दुई दिने भ्रमणका लागि कार्लोस वैशाख ५ गते काठमाडौं आउने निश्चित भएको बिहीवार नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। कार्लोस वैशाख ६ गते दशरथ रंगशालामा जारी एनसेल नेपाल सुपर लिग (एनएसएल) को […]
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एफसी चितवनलाई रोमाञ्चक खेलमा २-१ ले हराउँदै ललितपुर सिटी एफसी एनसेल नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ। चितवन दोस्रो स्थानमा झर्यो। ललितपुरको जितमा इमोह इजेकियल र मणि कुमार लामाले गोल गरे। चितवनका भिक्टर मानसरेको गोलमा गरे। पहिलो हाफमा ललितपुरले खेलमा पकड बनायो। चितवनले भने कमजोर प्रदर्शन गर्यो। खेलको दोस्रो मिनेटमा […]
April 10, 2025
सुमन अधिकारी,बुटवल पूर्णिमा राईको प्रतियोगिता कै पहिलो ह्याट्रिक गरेपछि वालिङको ट्रिनेटी युवा क्लब बुटवलमा जारी प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।भारत मणिपुरको एमएससी भारतलाई ४-० ले हराउँदै उपाधि नजिक पुगेको हो। पूर्णिमाले २० औं मिनेटमा पहिलो गोल गरिन् । पूर्णिमाले ३० औं मिनेटमा गोल गरेपछि वालिङले पहिलो हाफमा २-० […]