5 years ago
June 16, 2020
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका विंगर लुकास भास्क्वेज दुई साता मैदान बाहिर रहने भएका छन् । प्रशिक्षण दौरान चोट बोकेपछि भास्क्वेज दुई साता मैदान बाहिर रहने क्लबले जनाएको छ ।
सामान्य चोटका कारण नै भास्क्वेज रियल म्याड्रिडले एइवरमाथि ३–१ को जित निकालेको खेलमा पनि अनुपस्थित रहेका थिए । रियल म्याड्रिडका मेडिकल स्टाफले भास्क्वेजमा काल्फ इन्ज्युरी रहेको र कम्तीमा पनि दुई साता मैदान बाहिर रहने बताएका छन् ।
‘रियल म्याड्रिडको मेडिकल डिपार्टमेन्टले भास्क्वेजको परिक्षण गर्दा दायाँ खुट्टाको मांशपेशीमा चोट लगाएको छ । उनी रिकभरीको अवस्थामा छन् । उनको अवस्था सुधार भइरहेको छ ।’ क्लबले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
ला लिगाको व्यस्त तालिकाका कारण उनले कम्तीमा पनि अब चार खेलसम्म गुमाउन सक्नेछन् । रियलका प्रशिक्षक जिनेदिन जिदानले टोलीका महत्वपुर्ण सदस्यको रुपमा रहेको २८ वर्षे भास्क्वेजलाई टोलीमा राखेर जोपखम नमोल्ने बताएका छन् ।
रियल म्याड्रिडमै हुर्किएका भास्क्वेज २०१५ देखि रियलको सिनियर टोलीमा रहेका छन् । उनले त्यसअघि एक सिजन लोनमा स्पान्योलमा बिताएका थिए । लगातार चोटसँग जुधिरहेका भास्क्वेजले यो सिजन रियलबाट मात्रै १८ खेल खेल्दै ३ गोल गरेका छन् ।
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व फुटबलका महान ब्राजिलियन पूर्व खेलाडी कार्लोस अर्को साता नेपाल आउँने भएका छन् । दुई दिने भ्रमणका लागि कार्लोस वैशाख ५ गते काठमाडौं आउने निश्चित भएको बिहीवार नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। कार्लोस वैशाख ६ गते दशरथ रंगशालामा जारी एनसेल नेपाल सुपर लिग (एनएसएल) को […]
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एफसी चितवनलाई रोमाञ्चक खेलमा २-१ ले हराउँदै ललितपुर सिटी एफसी एनसेल नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ। चितवन दोस्रो स्थानमा झर्यो। ललितपुरको जितमा इमोह इजेकियल र मणि कुमार लामाले गोल गरे। चितवनका भिक्टर मानसरेको गोलमा गरे। पहिलो हाफमा ललितपुरले खेलमा पकड बनायो। चितवनले भने कमजोर प्रदर्शन गर्यो। खेलको दोस्रो मिनेटमा […]
April 10, 2025
सुमन अधिकारी,बुटवल पूर्णिमा राईको प्रतियोगिता कै पहिलो ह्याट्रिक गरेपछि वालिङको ट्रिनेटी युवा क्लब बुटवलमा जारी प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।भारत मणिपुरको एमएससी भारतलाई ४-० ले हराउँदै उपाधि नजिक पुगेको हो। पूर्णिमाले २० औं मिनेटमा पहिलो गोल गरिन् । पूर्णिमाले ३० औं मिनेटमा गोल गरेपछि वालिङले पहिलो हाफमा २-० […]