default_image

5 years ago

June 16, 2020

लिभरपुल फर्कने कौटिन्होको चाहना

105 views

0 Bookmark

एजेन्सी – ब्राजिली प्लेकेर फिलिपे कौटिन्होले आफ्नो पुर्व इंग्लिस क्लब लिभरपुलमा फर्कने चाहना राखेका छन् । कौटिन्होले आफ्नो मुल्यमा कटौती गर्दै यसै समरमा लिभरपुलमा फर्कन चाहना राखेका हुन् ।

कौटिन्हो २ वर्षअघि लिभरपुलबाट स्पेनिस क्लब बार्सिलोना पुगेका थिए । पहिलो सिजन सोचेअनुरुपको प्रदर्शन गर्न नसकेपछि बार्सिलोनाले कौटिन्होलाई लोनमा जर्मन क्लब बायर्न म्युनिखमा पठाएको थियो ।

म्युनिखमा पनि उनले सोचेअनुरुपको प्रदर्शन गर्न सकेका छैनन् । त्यसैले बार्सिलोनाले यो समरमा कौटिन्होलाई बेच्ने सुचीमा राखेको छ । उनी अहिले चोटका कारण मैदान बाहिर छन् ।

मेट्रोका अनुसार २८ वर्षीय कौटिन्होले आफ्नो पारिश्रमिक कटौती गर्दै पुन मार्सिसाइड क्लबमा फर्कन तयार रहेको र यस विषयमा लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपसँग छलफल भएको पनि उल्लेख गरिएको छ । बार्सिलोनाले कौटिन्होलाई ८० मिलियन युरोमा बेच्ने योजना अघि सारेको छ ।

कौटिन्हो २०१३ मा इटालियन क्लब इन्टर मिलानबाट लिभरपुल पुगेका थिए । कौटिन्हो २०१८ जनवरीमा १०५ मिलियन पाउन्डमा बार्सिलोना पुगेका थिए । उनले बार्सिलोनाका लागि ७६ खेलमा २१ गोल गरेका छन् । बायर्नका लागि ३२ खेलमा ९ गोल गरेका छन् । उनले बार्सिलोनाबाट दुईपटक स्पेनिस ला लिगा, समान एकपटक कोपा डेल रे र सुपरकोपा जितेका छन् ।

April 10, 2025

कार्लोस अर्को साता नेपाल आइपुग्ने

काठमाडौं (हाम्रो खेलकुद)- विश्व फुटबलका महान ब्राजिलियन पूर्व खेलाडी कार्लोस अर्को साता नेपाल आउँने भएका छन् । दुई दिने भ्रमणका लागि कार्लोस वैशाख ५ गते काठमाडौं आउने निश्चित भएको बिहीवार नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। कार्लोस वैशाख ६ गते दशरथ रंगशालामा जारी एनसेल नेपाल सुपर लिग (एनएसएल) को […]

April 10, 2025

चितवनलाई हराउँदै ललितपुर शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद)- एफसी चितवनलाई रोमाञ्चक खेलमा २-१ ले हराउँदै ललितपुर सिटी एफसी एनसेल नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ। चितवन दोस्रो स्थानमा झर्यो। ललितपुरको जितमा इमोह इजेकियल र मणि कुमार लामाले गोल गरे। चितवनका भिक्टर मानसरेको गोलमा गरे। पहिलो हाफमा ललितपुरले खेलमा पकड बनायो। चितवनले भने कमजोर प्रदर्शन गर्यो। खेलको दोस्रो मिनेटमा […]

April 10, 2025

वालिङ महिला फुटबलको फाइनलमा

सुमन अधिकारी,बुटवल पूर्णिमा राईको प्रतियोगिता कै पहिलो ह्याट्रिक गरेपछि वालिङको‌ ट्रिनेटी युवा क्लब बुटवलमा जारी प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।भारत मणिपुरको एमएससी भारतलाई ४-० ले हराउँदै उपाधि नजिक पुगेको हो। पूर्णिमाले २० औं मिनेटमा पहिलो गोल गरिन् । पूर्णिमाले ३० औं मिनेटमा गोल गरेपछि वालिङले पहिलो हाफमा २-० […]

Success

Thank you for your time.