default_image

5 years ago

June 16, 2020

सेभिया बराबरीमा रोकियो

103 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा सेभिया लेभान्टेसँग बराबरीमा रोकिएको छ । सेभिया लेभान्टेसँग १–१ गोलको बराबरीमा रोकिएको हो । 

भ्यालेन्सियामा सोमबार राति भएको खेलमा घरेलु टोलीलाई दवावमा राखेपनि आफ्नै गल्तीमा सेभिया बराबरीमा रोकिन बाध्य बनेको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफमा गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफको शरुमै लुक डि जोङले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए ।

खेल सकिन तीन मिनेट बाँकी रहँदा डिएगो कार्लाेसले आत्मघाती गोल गरेपछि सेभिया जितबाट वञ्चित बन्न पुग्यो । त्यसपछि खेलमा थप गोल निस्कन नसक्दा खेल सेभियाले ३ अंक गुमाउन बाध्य बन्यो । बराबरीसँगै तेस्रो स्थानमा रहेको सेभियाको ५१ अंक पुगेको छ । लेभान्टे ३५ अंक जोडेर एक स्थान माथि १२औं स्थानमा रहेको छ ।

 

अर्काे खेलमा रियल बेटिस र ग्रानडाले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । रियल बेटिसका सर्जियो केनालेस र क्रिस्टियन टेलोले गोल गरे । ग्रानडाका कार्लाेस फर्नान्डेज र रोवर्टाे सोल्डाडोले गोल गरे ।

बराबरीसँगै ग्रानडाले भिल्ला रियललाई एक अंकले पछि पार्दै आठौं स्थानमा उक्लिएको छ । रियल बेटिस १३औं स्थानमा यथावत छ ।

April 10, 2025

कार्लोस अर्को साता नेपाल आइपुग्ने

काठमाडौं (हाम्रो खेलकुद)- विश्व फुटबलका महान ब्राजिलियन पूर्व खेलाडी कार्लोस अर्को साता नेपाल आउँने भएका छन् । दुई दिने भ्रमणका लागि कार्लोस वैशाख ५ गते काठमाडौं आउने निश्चित भएको बिहीवार नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। कार्लोस वैशाख ६ गते दशरथ रंगशालामा जारी एनसेल नेपाल सुपर लिग (एनएसएल) को […]

April 10, 2025

चितवनलाई हराउँदै ललितपुर शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद)- एफसी चितवनलाई रोमाञ्चक खेलमा २-१ ले हराउँदै ललितपुर सिटी एफसी एनसेल नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ। चितवन दोस्रो स्थानमा झर्यो। ललितपुरको जितमा इमोह इजेकियल र मणि कुमार लामाले गोल गरे। चितवनका भिक्टर मानसरेको गोलमा गरे। पहिलो हाफमा ललितपुरले खेलमा पकड बनायो। चितवनले भने कमजोर प्रदर्शन गर्यो। खेलको दोस्रो मिनेटमा […]

April 10, 2025

वालिङ महिला फुटबलको फाइनलमा

सुमन अधिकारी,बुटवल पूर्णिमा राईको प्रतियोगिता कै पहिलो ह्याट्रिक गरेपछि वालिङको‌ ट्रिनेटी युवा क्लब बुटवलमा जारी प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।भारत मणिपुरको एमएससी भारतलाई ४-० ले हराउँदै उपाधि नजिक पुगेको हो। पूर्णिमाले २० औं मिनेटमा पहिलो गोल गरिन् । पूर्णिमाले ३० औं मिनेटमा गोल गरेपछि वालिङले पहिलो हाफमा २-० […]

Success

Thank you for your time.