default_image

5 years ago

June 15, 2020

रियलमै करीअर अन्त्य गर्ने मोड्रीचको चाहना

123 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका मिडफिल्डर एवं सन् २०१८ का ब्यालोन डी’ओर विजेता लुका मोड्रीचले आफ्नो खेलाडी करीअर रियल म्याड्रिडमै रहेर अन्त्य गर्न चाहेको बताएका छन् ।

क्रोएसियाको राष्ट्रिय फुटबल टोलीका कप्तान समेत रहेका मोड्रीचले इटालियन संचारमाध्यम गजेटा देलो स्पोर्टसँग अन्तर्वार्ताका क्रममा यस्तो अभिव्यक्ति दिएका हुन् । मोड्रीचको हाल रियलसँगको सम्झौता सन् २०२१ सम्म रहेको छ । रियलले बढ्दो उमेरका खेलाडीलाई पछिल्लो समय हरेक वर्ष सम्झौता नविकरण गर्ने प्रणाली अपनाएको छ ।

‘ मलाई लाग्छ म अझै २ वर्ष उच्च स्तरको फुटबल खेल्न सक्छु । त्यसपछि मात्र म के गर्ने भन्ने निर्णय लिन्छु,’ मोड्रीचले भने, ‘म आफ्नो करीअर रियालमा नै अन्त्य गर्न चाहन्छु । यसबारे क्लबको के अवस्था रहन्छ, त्यसले धेरै फरक पर्छ । खेलाडी जीवनपछि भने म प्रशिक्षकका रुपमा अगाडी बढ्नेछु ।’

यस्तै मोड्रीचले फ्रान्सका युवा फरवार्ड किलियन एमबाप्पेको भविष्यका बारेमा पनि टिप्पणी गरेका छन् । ‘एमबाप्पेसँग सबै गुण छ । तर आफ्नो स्तर अझै माथि लग्न उनले अर्को लिगमा खेल्नुपर्छ । उनले आफ्नो टिम सहजै जित्ने लिग खेलेर धेरै सिक्दैनन्,’ ३४ वर्षीय मिडफिल्डरले भने ।

मोड्रीचले बजारमा आउन लागेको आत्मकथाको प्रचार गर्ने क्रममा अन्तर्वार्ता दिएका थिए । यसअघि उनले आफ्नो आत्मकथामा नै रोनाल्डो र मोउरिन्होबीच झगडा परेको घटनाबारे बोलेका थिए ।

April 10, 2025

कार्लोस अर्को साता नेपाल आइपुग्ने

काठमाडौं (हाम्रो खेलकुद)- विश्व फुटबलका महान ब्राजिलियन पूर्व खेलाडी कार्लोस अर्को साता नेपाल आउँने भएका छन् । दुई दिने भ्रमणका लागि कार्लोस वैशाख ५ गते काठमाडौं आउने निश्चित भएको बिहीवार नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। कार्लोस वैशाख ६ गते दशरथ रंगशालामा जारी एनसेल नेपाल सुपर लिग (एनएसएल) को […]

April 10, 2025

चितवनलाई हराउँदै ललितपुर शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद)- एफसी चितवनलाई रोमाञ्चक खेलमा २-१ ले हराउँदै ललितपुर सिटी एफसी एनसेल नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ। चितवन दोस्रो स्थानमा झर्यो। ललितपुरको जितमा इमोह इजेकियल र मणि कुमार लामाले गोल गरे। चितवनका भिक्टर मानसरेको गोलमा गरे। पहिलो हाफमा ललितपुरले खेलमा पकड बनायो। चितवनले भने कमजोर प्रदर्शन गर्यो। खेलको दोस्रो मिनेटमा […]

April 10, 2025

वालिङ महिला फुटबलको फाइनलमा

सुमन अधिकारी,बुटवल पूर्णिमा राईको प्रतियोगिता कै पहिलो ह्याट्रिक गरेपछि वालिङको‌ ट्रिनेटी युवा क्लब बुटवलमा जारी प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।भारत मणिपुरको एमएससी भारतलाई ४-० ले हराउँदै उपाधि नजिक पुगेको हो। पूर्णिमाले २० औं मिनेटमा पहिलो गोल गरिन् । पूर्णिमाले ३० औं मिनेटमा गोल गरेपछि वालिङले पहिलो हाफमा २-० […]

Success

Thank you for your time.