default_image

5 years ago

June 15, 2020

जिदानको दोहोरो शतक

93 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली प्रशिक्षक जिनेदिन जिदानले स्पेनिस क्लब रियल म्याड्रिडको प्रशिक्षकको भूमिकामा २ सय खेल पूरा गरेका छन् ।

आइतबार एइबारविरुद्ध खेल रियलमा जिदानको प्रशिक्षकका रुपमा २ सयौं खेल थियो । जिदानले सन् २०१६ जनवरीमा पहिलो पटक रियल म्याड्रिड प्रशिक्षकको रुपमा जिम्मेवारी लिएका थिए । त्यस खेलमा रियलले डेपोर्टिभोलाई ५-० ले पराजित गरेको थियो । जिदानले त्यसयता १ सय ९९ खेलमा प्रशिक्षण दिएका छन् ।

उनले ला लिगामा १ सय ३५, च्याम्पियन्स लिगमा ४०, कोपा डेल रे मा १५, क्लब विश्वकप र स्पेनिस सुपर कपमा ४-४ तथा युरोपेली सुपर कपमा २ खेल प्रशिक्षण दिएका छन् । यसक्रममा जिदानले १ सय ३१ जित (६५ प्रतिशत), ४२ बराबरी र २६ हार बेहोरेका छन् ।

रियलले बेहोरेका २६ हारमध्य १७ हार लिगमा छन् । रियल बेटिसले सर्वाधिक तीन पटक जिदानको टोलीलाई पराजित गरेको छ । च्याम्पियन्स लिगमा ६ पटक हार बेहोरेको रियलले कोपा डेल रेमा तीन खेल हारेको छ । संयोगवश कोपा डेल रेमा रियलले लेगानेस, सेल्टा र रियल सोसीडाड तीनै टोलीसँग सान्टियागो बर्नाबाउमा पराजय भोगेको थियो ।

जिदानको नेतृत्वमा रियल म्याड्रिडले प्रति खेल २.४ को औसतमा ४ सय ८९ गोल गरेको छ । यस्तै प्रति खेल १.०५ को औसतमा २ सय १० गोल खाएको पनि छ । जिदानको नेतृत्वमा रियलले क्लब विश्वकपमा अपराजित यात्रा कायम गरेको छ । स्पेनिस सुपर कपमा तीन जित र १ बराबरी खेलेको रियलले युरोपेली सुपरकपमा भने दुवै खेल जितेको छ ।

जिदान रियल म्याड्रिडमा प्रशिक्षकका रुपमा २ सय खेल पार गर्ने तेस्रो प्रशिक्षक बनेका छन् । यसअघि मिगुएल म्युनोजले रियलमा ६ सय ५ खेलमा प्रशिक्षण दिँदै ३ सय ५७ खेल (५९%) जितेका थिए । भिसेन्टे डेल बोस्केले २ सय ४६ खेलमा १ सय ३३ खेल (५४%) जिताएका थिए ।

सुरुवाती २ सय खेलको तुलना गर्ने हो भने जिदान सबैभन्दा कम हार बेहोर्ने प्रशिक्षकमा पर्दछन् । जिदानले २६ खेल हार्दा म्युनोज ३३ र डेल बोस्केले ४८ खेल हारेका थिए । जितको तुलना गर्दा भने म्युनोजले १ सय ४४ खेल जित्दा जिदानले १ सय ३१ खेल जितेका छन् ।

जिदानले हालसम्म रियललाई १० उपाधि दिलाएका छन् । यसमा सन् २०१६ देखि २०१८ सम्म लगातार तीन पटक च्याम्पियन्स लिग उपाधि जितेको कीर्तिमान समेत छ । यसबाहेक उनले २-२ पटक युरोपेली सुपर कप, क्लब विश्वकप र स्पेनिस सुपर कप तथा एक पटक ला लिगा उपाधि दिलाएका छन् ।

April 10, 2025

कार्लोस अर्को साता नेपाल आइपुग्ने

काठमाडौं (हाम्रो खेलकुद)- विश्व फुटबलका महान ब्राजिलियन पूर्व खेलाडी कार्लोस अर्को साता नेपाल आउँने भएका छन् । दुई दिने भ्रमणका लागि कार्लोस वैशाख ५ गते काठमाडौं आउने निश्चित भएको बिहीवार नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। कार्लोस वैशाख ६ गते दशरथ रंगशालामा जारी एनसेल नेपाल सुपर लिग (एनएसएल) को […]

April 10, 2025

चितवनलाई हराउँदै ललितपुर शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद)- एफसी चितवनलाई रोमाञ्चक खेलमा २-१ ले हराउँदै ललितपुर सिटी एफसी एनसेल नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ। चितवन दोस्रो स्थानमा झर्यो। ललितपुरको जितमा इमोह इजेकियल र मणि कुमार लामाले गोल गरे। चितवनका भिक्टर मानसरेको गोलमा गरे। पहिलो हाफमा ललितपुरले खेलमा पकड बनायो। चितवनले भने कमजोर प्रदर्शन गर्यो। खेलको दोस्रो मिनेटमा […]

April 10, 2025

वालिङ महिला फुटबलको फाइनलमा

सुमन अधिकारी,बुटवल पूर्णिमा राईको प्रतियोगिता कै पहिलो ह्याट्रिक गरेपछि वालिङको‌ ट्रिनेटी युवा क्लब बुटवलमा जारी प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।भारत मणिपुरको एमएससी भारतलाई ४-० ले हराउँदै उपाधि नजिक पुगेको हो। पूर्णिमाले २० औं मिनेटमा पहिलो गोल गरिन् । पूर्णिमाले ३० औं मिनेटमा गोल गरेपछि वालिङले पहिलो हाफमा २-० […]

Success

Thank you for your time.