default_image

5 years ago

June 15, 2020

एटलान्टाले चेल्सीका मिडफिल्डर लैजाने

72 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब एटलान्टाले इंग्लिस क्लब चेल्सीका मिडफिल्डर मारियो पासालिकलाई स्थायी अनुबन्ध गर्ने निर्णय गरेको छ । पछिल्लो दुई सिजन लोनमा खेलिरहेका पासालिकलाई एटलान्टाले यो सिजनको अन्त्यसँगै स्थायी अनुबन्ध गर्ने निर्णय गरेको हो ।

एटलान्टाका स्पोर्टिङ निर्देशक जियोभानी सार्टाेरीले २५ वर्षीय क्रोएसियन मिडफिल्डर पासालिकलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गर्ने पक्का भएको बताएका छन् । एटलान्टाले १३ मिलियन पाउन्डमा पासालिकलाई अनुबन्ध गर्ने बुझिएको छ ।  पासालिक सन् २०१४ मा क्रोएसियन क्लब हादजुक स्पिटबाट लन्डन क्लब चेल्सीमा आएपनि उनी लगातार लोनमा खेलिरहेका छन् । पासालिकले हालसम्म एटलान्टासँगै इल्चे, मोनाको, एसी मिलान र स्पार्कटक मस्कोबाट लोनमा खेलिसकेका छन् ।

‘हामी मारियो पासालिकलाई चेल्सीबाट स्थायी रुपमा आफ्नो खेलाडी बनाउन चहान्छौं । हामी खरिदको विकल्प प्रयोग गर्न चहान्छौं ।’ स्पोर्टिङ निर्देशक सार्टाेरीले भने, ‘क्रोएसियन खेलाडीको लागि सिरी ‘ए’ क्लबमा सम्झौता गर्न स्वतन्त्र छ । जबसम्म उनले १३ मिलियन पाउन्डको प्रक्रिया पुरा गर्दछ ।’

चेल्सीले गत सिजन मात्रै पेसालिकलाई २०२२ सम्मको लागि सम्झौता नवीकरण गरेको थियो ।  मिडफिल्डर पासालिकले एटालान्टाका लागि पछिल्लो दुई सिजनमा ७४ खेलमा १५ गोल गरेका छन् । उनी टोलीका मुख्य खेलाडीको रुपमा उभिएका छन् ।

उनकै उच्च प्रदर्शनमा एटलान्टा अघिल्लो सिरी ‘ए’ मा तेस्रो स्थानमा रहँदै पहिलोपटक च्याम्पियन्स लिगमा स्थान बनाउन सफल भएको थियो । एटलान्टा पहिलोपटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्न सफल भएको छ । एटलान्टाले प्रि–क्वाटरफाइनलमा स्पेनिस क्लब भ्यालेन्सियामाथि समग्रमा ८–४ को जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।

एटलान्टा यो सिजन पनि च्याम्पियन्स लिगको छनोट नजिक छ । चौथो स्थानमा रहेको एटलान्टाको ४८ अंक छ । एटलान्टालाई रोमा (४५) ले पछ्याइरहेको छ । कोरोना कारण गएको मार्चदेखि स्थगित सिरी ‘ए’ २० जुनदेखि शुरु हुदैछ । एटलान्टाले २१ जुनमा ससुलोसँग खेल्नेछ ।

April 10, 2025

कार्लोस अर्को साता नेपाल आइपुग्ने

काठमाडौं (हाम्रो खेलकुद)- विश्व फुटबलका महान ब्राजिलियन पूर्व खेलाडी कार्लोस अर्को साता नेपाल आउँने भएका छन् । दुई दिने भ्रमणका लागि कार्लोस वैशाख ५ गते काठमाडौं आउने निश्चित भएको बिहीवार नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। कार्लोस वैशाख ६ गते दशरथ रंगशालामा जारी एनसेल नेपाल सुपर लिग (एनएसएल) को […]

April 10, 2025

चितवनलाई हराउँदै ललितपुर शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद)- एफसी चितवनलाई रोमाञ्चक खेलमा २-१ ले हराउँदै ललितपुर सिटी एफसी एनसेल नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ। चितवन दोस्रो स्थानमा झर्यो। ललितपुरको जितमा इमोह इजेकियल र मणि कुमार लामाले गोल गरे। चितवनका भिक्टर मानसरेको गोलमा गरे। पहिलो हाफमा ललितपुरले खेलमा पकड बनायो। चितवनले भने कमजोर प्रदर्शन गर्यो। खेलको दोस्रो मिनेटमा […]

April 10, 2025

वालिङ महिला फुटबलको फाइनलमा

सुमन अधिकारी,बुटवल पूर्णिमा राईको प्रतियोगिता कै पहिलो ह्याट्रिक गरेपछि वालिङको‌ ट्रिनेटी युवा क्लब बुटवलमा जारी प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।भारत मणिपुरको एमएससी भारतलाई ४-० ले हराउँदै उपाधि नजिक पुगेको हो। पूर्णिमाले २० औं मिनेटमा पहिलो गोल गरिन् । पूर्णिमाले ३० औं मिनेटमा गोल गरेपछि वालिङले पहिलो हाफमा २-० […]

Success

Thank you for your time.