5 years ago
June 15, 2020
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबारको खेलमा रियल म्याड्रिडले एइबारलाई ३-१ ले पराजित गरेको छ । रियलका लागि पहिलो हाफमा नै गरेको ३ गोल जितका लागि पर्याप्त रहयो ।
खेलको चौथो मिनेटमा नै मिडफिल्डर टोनी क्रुसले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । उनले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट पहिलो टचमा गरेको प्रहारलाई एइबारका गोलरक्षकले बचाउने कुनै मौका पाएनन् । एइबारले त्यसपछि गोल गर्ने प्रयास गरेपनि गोलरक्षक थिबाउट कोर्टुवा त्यसमा बाधक बने ।
रियलले खेलको ३० औं मिनेटमा अग्रता दोब्बर पार्यो । कप्तान सर्जियो रामोसले इडेन हाजार्डको पासमा गोल गरेका थिए । रामोस आफैंले एइबारका खेलाडीबाट खोसेको बललाई बेन्जेमालाई खेलाउँदै काउन्टर अट्याकमा अगाडी बढाएका थिए । बेन्जेमाले पेनाल्टी क्षेत्रभित्र हाजार्डलाई दिएको पासमा हाजार्डले आफूले प्रहार नगरी खाली पोस्ट अगाडी रहेका रामोसलाई पास दिएका थिए ।
खेलको ३७ औं मिनेटमा मार्सेलोको गोलसँगै रियलले ३-० को अग्रता बनायो । इडेन हाजार्डको शक्तिशाली प्रहारलाई गोलरक्षक डिमीट्रोभिचले विफल पारेपनि फर्केर आएको बललाई डिफेन्सले क्लियर गर्न नसक्दा मार्सेलोले शक्तिशाली प्रहारलाई गोलमा परिणत गरेका थिए ।
दोस्रो हाफमा एइबारले सुधारिएको प्रदर्शन गर्दै खेलमा फर्कने संकेत देखायो । ५९ औं मिनेटमा एइबारले पेड्रो बिगासको गोलसँगै खेलमा फर्कने सम्भावना देखायो । कर्नरमा आएको रिवाउन्डमा पाब्लो डे ब्लासिसको प्रहार बिगासलाई लाग्दै गोलमा परिणत भएको थियो । त्यसअघि एडु एक्स्पोजिटोले पेनालित क्षेत्र बाहिरबाट गरेको प्रहार थिबाउट कोर्टुवाले बचाएका थिए । सोहि बचाउमा आएको कर्नरमा सर्जी एन्रीचको हेडर क्रसबारमा लगेर फर्किएको थियो ।
६८ औं मिनेटमा पेड्रो लिओनले अग्रता कम गर्ने अवसर खेर फाले । पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेका रियलका पूर्व खेलाडी पेड्रोले गरेको प्रहार सिधै कोर्टुवाको हातमा पुगेको थियो । लगत्तै लिओनकै क्रसलाई सर्जी एन्रीचले गोलको दिशा दिन सकेनन् । एइबारले त्यसपछि थप अवसर सिर्जना गरेपनि कोर्टुवाले खेलमा फर्कने कुनै अवसर दिएनन् ।
यस जितसँगै रियलले शीर्षस्थानको बार्सिलोनासँगको दुरी २ अंकमा झारेको छ । बार्सिलोनाको २८ खेलमा ६१ अंक रहेको छ भने रियल २८ खेलमा ५९ अंकसहित दोस्रोमा छ । एइबार भने रेलिगेसन क्षेत्रबाट मात्र २ अंक टाढा रहनेछ । टोलीले २८ खेलमा २७ अंक मात्र जोडेको छ ।
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व फुटबलका महान ब्राजिलियन पूर्व खेलाडी कार्लोस अर्को साता नेपाल आउँने भएका छन् । दुई दिने भ्रमणका लागि कार्लोस वैशाख ५ गते काठमाडौं आउने निश्चित भएको बिहीवार नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। कार्लोस वैशाख ६ गते दशरथ रंगशालामा जारी एनसेल नेपाल सुपर लिग (एनएसएल) को […]
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एफसी चितवनलाई रोमाञ्चक खेलमा २-१ ले हराउँदै ललितपुर सिटी एफसी एनसेल नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ। चितवन दोस्रो स्थानमा झर्यो। ललितपुरको जितमा इमोह इजेकियल र मणि कुमार लामाले गोल गरे। चितवनका भिक्टर मानसरेको गोलमा गरे। पहिलो हाफमा ललितपुरले खेलमा पकड बनायो। चितवनले भने कमजोर प्रदर्शन गर्यो। खेलको दोस्रो मिनेटमा […]
April 10, 2025
सुमन अधिकारी,बुटवल पूर्णिमा राईको प्रतियोगिता कै पहिलो ह्याट्रिक गरेपछि वालिङको ट्रिनेटी युवा क्लब बुटवलमा जारी प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।भारत मणिपुरको एमएससी भारतलाई ४-० ले हराउँदै उपाधि नजिक पुगेको हो। पूर्णिमाले २० औं मिनेटमा पहिलो गोल गरिन् । पूर्णिमाले ३० औं मिनेटमा गोल गरेपछि वालिङले पहिलो हाफमा २-० […]