default_image

5 years ago

June 15, 2020

पहिलो हाफमै रियललाई फराकिलो अग्रता

101 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार जारी खेलमा रियल म्याड्रिडले पहिलो हाफमा एइबारविरुद्ध पहिलो हाफमा नै ३-० को अग्रता लिएको छ ।

खेलको चौथो मिनेटमा नै मिडफिल्डर टोनी क्रुसले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । उनले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट पहिलो टचमा गरेको प्रहारलाई एइबारका गोलरक्षकले बचाउने कुनै मौका पाएनन् । एइबारले त्यसपछि गोल गर्ने प्रयास गरेपनि गोलरक्षक थिबाउट कोर्टुवा त्यसमा बाधक बने ।

रियलले खेलको ३० औं मिनेटमा अग्रता दोब्बर पार्यो । कप्तान सर्जियो रामोसले इडेन हाजार्डको पासमा गोल गरेका थिए । रामोस आफैंले एइबारका खेलाडीबाट खोसेको बललाई बेन्जेमालाई खेलाउँदै काउन्टर अट्याकमा अगाडी बढाएका थिए । बेन्जेमाले पेनाल्टी क्षेत्रभित्र हाजार्डलाई दिएको पासमा हाजार्डले आफूले प्रहार नगरी खाली पोस्ट अगाडी रहेका रामोसलाई पास दिएका थिए ।

खेलको ३७ औं मिनेटमा मार्सेलोको गोलसँगै रियलले ३-० को अग्रता बनायो । इडेन हाजार्डको शक्तिशाली प्रहारलाई गोलरक्षक डिमीट्रोभिचले विफल पारेपनि फर्केर आएको बललाई डिफेन्सले क्लियर गर्न नसक्दा मार्सेलोले शक्तिशाली प्रहारलाई गोलमा परिणत गरेका थिए ।

यस खेलमा जित दर्ता गरेमा रियलले शीर्षस्थानको बार्सिलोनासँगको दुरी २ अंकमा झार्नेछ । बार्सिलोनाको २८ खेलमा ६१ अंक रहेको छ भने रियल २७ खेलमा ५६ अंकसहित दोस्रोमा छ । एइबार भने यस खेलमा फर्कन नसके रेलिगेसन क्षेत्रबाट मात्र २ अंक टाढा रहनेछ ।

April 10, 2025

कार्लोस अर्को साता नेपाल आइपुग्ने

काठमाडौं (हाम्रो खेलकुद)- विश्व फुटबलका महान ब्राजिलियन पूर्व खेलाडी कार्लोस अर्को साता नेपाल आउँने भएका छन् । दुई दिने भ्रमणका लागि कार्लोस वैशाख ५ गते काठमाडौं आउने निश्चित भएको बिहीवार नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। कार्लोस वैशाख ६ गते दशरथ रंगशालामा जारी एनसेल नेपाल सुपर लिग (एनएसएल) को […]

April 10, 2025

चितवनलाई हराउँदै ललितपुर शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद)- एफसी चितवनलाई रोमाञ्चक खेलमा २-१ ले हराउँदै ललितपुर सिटी एफसी एनसेल नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ। चितवन दोस्रो स्थानमा झर्यो। ललितपुरको जितमा इमोह इजेकियल र मणि कुमार लामाले गोल गरे। चितवनका भिक्टर मानसरेको गोलमा गरे। पहिलो हाफमा ललितपुरले खेलमा पकड बनायो। चितवनले भने कमजोर प्रदर्शन गर्यो। खेलको दोस्रो मिनेटमा […]

April 10, 2025

वालिङ महिला फुटबलको फाइनलमा

सुमन अधिकारी,बुटवल पूर्णिमा राईको प्रतियोगिता कै पहिलो ह्याट्रिक गरेपछि वालिङको‌ ट्रिनेटी युवा क्लब बुटवलमा जारी प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।भारत मणिपुरको एमएससी भारतलाई ४-० ले हराउँदै उपाधि नजिक पुगेको हो। पूर्णिमाले २० औं मिनेटमा पहिलो गोल गरिन् । पूर्णिमाले ३० औं मिनेटमा गोल गरेपछि वालिङले पहिलो हाफमा २-० […]

Success

Thank you for your time.