5 years ago
June 14, 2020
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले आइतबार राती एइबारसँग खेल्दैछ । रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा खेलिनुपर्ने उक्त खेल विशेष कारणले गर्दा प्रशिक्षण मैदाननजिक रहेको एस्ताडियो अल्फ्रेडो डी स्टेफानोमा हुनेछ ।
लिग अन्तर्गत बाँकी रहेका ११ खेलमध्य रियलले ६ खेल घरेलु मैदानमा खेल्नुपर्ने छ । तर तीमध्य कुनै खेल पनि बर्नाबाउमा हुने छैन । सबै खेल भाल्देबेवासस्थित प्रशिक्षण केन्द्रको मिअदन्म हुनेछ । म्याड्रिडको उत्तरी भागमा रहेको यस मैदानमा आवश्यक सबै प्रविधि र सुविधा लिग सुचारु गर्नका लागि तयारी गरिएको छ ।
सन् २००६ मा उद्घाटन गरिएको यस मैदान रियल म्याड्रिडको युवा टोलीको खेल आयोजनाका लागि प्रयोग गरिँदै आएको छ । यसकारण पनि रियलका केहि खेलाडीलाई यस मैदानबारे राम्रो ज्ञान छ । हाल टोलीमा रहेका ८ खेलाडी रियलको युथ टोलीबाट नै आएका छन् । एइबार आफैंले भने ६ वर्षअघि यसै मैदानमा रियलको कास्टिला टोलीसँग खेलेको थियो ।
बर्नाबाउ र डी स्टेफानो मैदानको खेल मैदान उत्रै नै छ । तर दर्शक क्षमता भने निकै कम, मात्र ६ हजार रहेको छ । बर्नाबाउमा भने झन्डै ८१ हजार दर्शक अटाउने क्षमता छ । तर कोरोना संक्रमणका कारण दर्शकबिना नै खेल गराउनुपर्ने भएपछि रियलले यो विकल्प रोजेको हो ।
रियलले हाल बर्नाबाउमा पुनर्निर्माण कार्यलाई तीव्रता दिएको छ । यसै सिजनको सुरुवातमा रियलले रंगशालाको कार्य सुरु गरेको थियो । कोरोना संक्रमणका कारण खेल स्थगित भएपछि रंगशालाको निर्माण द्रुत गतिमा भएको छ । रियलले यसैपनि समर्थक उपस्थित नहुने भएकाले बर्नाबाउको निर्माण कार्यलाई निरन्तरता दिने निर्णय गरेको हो ।
त्यसो त रियललाई सहरी प्रतिद्वन्द्वी एटलेटिको म्याड्रिडले पनि आफ्नो रंगशाला प्रयोग गर्न दिने प्रस्ताव अगाडी सारेको थियो । तर रियलले त्यस प्रस्तावलाई अगाडी बढ्न दिएन । यद्यपि च्याम्पियन्स लिगमा रियलले म्यानचेस्टर सिटीलाई पराजित गरेर घरेलु मैदानमा खेल्नुपर्दा भने त्यो विकल्प रोज्नुपर्ने अवस्था आउन सक्छ ।
रियलले हाल रिजर्भ टोलीको मैदान प्रयोग गरेपनि मैदानको स्तर उत्कृष्ट छ । ड्रेसिङ रुम, भिडियो असिस्टेन्ट रेफ्री (प्रविधि), मैदानको अवस्था लगायत विभिन्न पक्ष हाल शीर्ष श्रेणीका क्लबभन्दा पनि उत्कृष्ट रहेको बुझिएको छ ।
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व फुटबलका महान ब्राजिलियन पूर्व खेलाडी कार्लोस अर्को साता नेपाल आउँने भएका छन् । दुई दिने भ्रमणका लागि कार्लोस वैशाख ५ गते काठमाडौं आउने निश्चित भएको बिहीवार नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। कार्लोस वैशाख ६ गते दशरथ रंगशालामा जारी एनसेल नेपाल सुपर लिग (एनएसएल) को […]
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एफसी चितवनलाई रोमाञ्चक खेलमा २-१ ले हराउँदै ललितपुर सिटी एफसी एनसेल नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ। चितवन दोस्रो स्थानमा झर्यो। ललितपुरको जितमा इमोह इजेकियल र मणि कुमार लामाले गोल गरे। चितवनका भिक्टर मानसरेको गोलमा गरे। पहिलो हाफमा ललितपुरले खेलमा पकड बनायो। चितवनले भने कमजोर प्रदर्शन गर्यो। खेलको दोस्रो मिनेटमा […]
April 10, 2025
सुमन अधिकारी,बुटवल पूर्णिमा राईको प्रतियोगिता कै पहिलो ह्याट्रिक गरेपछि वालिङको ट्रिनेटी युवा क्लब बुटवलमा जारी प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।भारत मणिपुरको एमएससी भारतलाई ४-० ले हराउँदै उपाधि नजिक पुगेको हो। पूर्णिमाले २० औं मिनेटमा पहिलो गोल गरिन् । पूर्णिमाले ३० औं मिनेटमा गोल गरेपछि वालिङले पहिलो हाफमा २-० […]