5 years ago
June 14, 2020
एजेन्सी – फरवार्ड डिएगो कोस्टाले बराबरी गोल फर्काएपछि एटलेटिको म्याड्रिडले स्पेनिस ला लिगा अन्तर्गत आइतबारको खेलमा एथ्लेटिक बिल्बाओसँग १-१ को बराबरी खेलेको छ ।
बिल्बाओको मैदान सान मामेसमा भएको खेलमा इकार मुनिआइनले घरेलु टोलीलाई अग्रता दिलाएका थिए । युरी बेर्चिचेले दिएको क्रसमा मुनिआइनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यसअघि एटलेटिकोका गोलरक्षक यान ओब्लाकले दुई उत्कृष्ट बचाउ गरेका थिए ।
एटलेटिको खेलमा पछि परेको दुई मिनेट नबित्दै कोस्टाको गोलबाट खेलमा फर्कियो । कोकेले दुई डिफेन्डरको बीचबाट अफसाइड ट्रयाप बिट गर्दै दिएको पासलाई कोस्टाले सहजै गोलरक्षकलाई बिट गर्न सफल रहे । कोस्टाले खेल बराबरीमा ल्याएको उक्त गोल एटलेटिको म्याड्रिडको महिला टोलीकी सदस्य भर्जीनिया तोरेसिल्लालाई समर्पित गरे ।
भर्जिनियाको गत मे महिनामा मष्तिस्कबाट ट्युमर हटाइएको थिए । कोस्टा लगायत सिनियर टोलीका सदस्यले लिग सुरु भएपछि पहिलो खेलमा नै गोल समर्पित गर्दै उनको हौसला अभिवृद्धि गरेका छन् । २५ वर्षिया भर्जिनिया स्पेनिस राष्ट्रिय टोलीकी पनि नियमित सदस्य हुन् । उनले हालसम्म राष्ट्रिय टोलीका लागि ६८ खेल खेलिसकेकी छिन् ।
भर्जिनियाले यसअघि बार्सिलोना र फ्रान्सेली क्लब मोन्टपेलिएरबाट खेलिसकेकी छिन् । उनी डिफेन्सिभ मिडफिल्ड पोजिसनमा खेल्ने गर्छिन । भर्जिनियाले ट्वीटरमार्फत कोस्टालाई धन्यवाद व्यक्त गरिसकेकी छिन् । उनले लेखेकी छिन्, ‘ मसँग कुनै शब्द छैन । हृदयदेखि नै धन्यवाद ।’
दोस्रो हाफमा दुवै टोलीले गोलको लागि प्रयास गरेपनि गोल गर्न भने सकेनन् । घरेलु टोलीले बल पोसेसन राख्दै आक्रमण गरेपनि एटलेटिकोले रक्षात्मक रुपमा चुस्त प्रदर्शन गर्न सफल रहयो । यसले दुवै टोलीको युरोपेली प्रतियोगिता खेल्ने लक्ष्यमा भने घाटा पुगेको छ ।
एटलेटिको २८ खेलमा ४६ अंक जोड्दै छैटौं स्थानमा छ । गेटाफे २८ खेलमा ४६ अंकसाथ् पाँचौ र रियल सोसीडाड २७ खेलमा समान अंकसाथ चौथो स्थानमा छ । बिल्बाओ भने २८ खेलमा ३८ अंक जोड्दै दशौं स्थानमा छ । युरोप लिगको स्थानबाट अब बिल्बाओ ८ अंक पछाडी परेको छ । आजको खेल जितेको भए बिल्बाओ मात्र ५ अंक टाढा हुने थियो ।
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व फुटबलका महान ब्राजिलियन पूर्व खेलाडी कार्लोस अर्को साता नेपाल आउँने भएका छन् । दुई दिने भ्रमणका लागि कार्लोस वैशाख ५ गते काठमाडौं आउने निश्चित भएको बिहीवार नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। कार्लोस वैशाख ६ गते दशरथ रंगशालामा जारी एनसेल नेपाल सुपर लिग (एनएसएल) को […]
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एफसी चितवनलाई रोमाञ्चक खेलमा २-१ ले हराउँदै ललितपुर सिटी एफसी एनसेल नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ। चितवन दोस्रो स्थानमा झर्यो। ललितपुरको जितमा इमोह इजेकियल र मणि कुमार लामाले गोल गरे। चितवनका भिक्टर मानसरेको गोलमा गरे। पहिलो हाफमा ललितपुरले खेलमा पकड बनायो। चितवनले भने कमजोर प्रदर्शन गर्यो। खेलको दोस्रो मिनेटमा […]
April 10, 2025
सुमन अधिकारी,बुटवल पूर्णिमा राईको प्रतियोगिता कै पहिलो ह्याट्रिक गरेपछि वालिङको ट्रिनेटी युवा क्लब बुटवलमा जारी प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।भारत मणिपुरको एमएससी भारतलाई ४-० ले हराउँदै उपाधि नजिक पुगेको हो। पूर्णिमाले २० औं मिनेटमा पहिलो गोल गरिन् । पूर्णिमाले ३० औं मिनेटमा गोल गरेपछि वालिङले पहिलो हाफमा २-० […]