5 years ago
June 14, 2020
एजेन्सी – जर्मन बुन्डेसलिगामा आज राति ३१औं चरणका अन्तिम दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । माइन्ज र अग्सवर्ग तथा साल्के र बायर लेभरकुसनबीच प्रतिस्पर्धा हुदैछ ।
साल्केले घरेलु मैदानमा राति ९ः४५ बजे बायर लिभरकुसनसाग प्रतिस्पर्धा गर्देछ । लिभरकुसन घरेलु टोली साल्केलाई पराजित गर्दै शीर्ष चारमा पुग्ने दाउमा हुनेछ । चौथो स्थानमा रहेको बोरुसिया मोन्चेनग्लाडवाकसँग समान ५६ अंक रहेपनि गोल अन्तरमा लिरकुसन पाँचौ स्थानमा रहेको छ ।
साल्केविरुद्धको जित या बराबरीले लेभरकुसन चौथो स्थानमा उक्लनेछ । हारले पाँचौ स्थानमा यथावत रहनेछ । लेभरकुसनका लागि युवा स्टार काइ हाभर्टज र लुकास एलारियो मुख्य हतियार हुनेछन् । कोरोनापछि सुरु भएको फुटबलमा लय गुमाएको साल्के घरेलु मैदानमा लेभरकुसनलाई पराजित गर्दै अंक तालिका सुधार गर्ने दाउमा हुनेछ ।
साल्के ३८ अंक जोडेर ११औं स्थानमा छ । लेभरकुसनमाथि जित या बराबरीको नतिजा निकाल्न सके साल्के नवौं स्थानमा उक्लनेछ । हारले ११औं स्थानमा नै यथावत रहनेछ । कोरोना पछिको पाँच खेलमा जित हात पार्न नसकेको साल्केले ४ हार र १ बराबरीको नतिजा निकालेको छ । त्यसैले साल्के कोरोनापछिको पहिलो जितको खोजीमा हुनेछ ।
साल्के र लेभरकुसनबीचको पछिल्लो १९ खेलको नतिजा हेर्दा लेरकुसन ९ खेलमा विजयी भएको छ । साल्केले ६ खेलमा जित हात पार्दा ४ खेल बराबरीमा सकिएको छ । साल्केले पछिल्लो तीन खेलमा लेभरकुसनमाथि जित निकाल्न सकेको छैन ।
यस्तै आइतबार नै माइन्ज र अग्सवर्गबीच प्रतिस्पर्धा हुदैछ । खेल माइन्जको मैदानमा साँझ ७ः१५ बजे हुनेछ । रेलिगेसन जोनभन्दा माथि रहेको माइन्ज र अग्सवर्गबीचको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुन सक्नेछ । दुवै टोली जित हात पार्दै रेलिगेसन जोनबाट टाढै रहन चाहन्छ । माइन्ज ३१ अंक जोडेर १५औं स्थानमा तथा अग्सवर्ग ३२ अंक जोडेर १५औं स्थानमा छ ।
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व फुटबलका महान ब्राजिलियन पूर्व खेलाडी कार्लोस अर्को साता नेपाल आउँने भएका छन् । दुई दिने भ्रमणका लागि कार्लोस वैशाख ५ गते काठमाडौं आउने निश्चित भएको बिहीवार नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। कार्लोस वैशाख ६ गते दशरथ रंगशालामा जारी एनसेल नेपाल सुपर लिग (एनएसएल) को […]
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एफसी चितवनलाई रोमाञ्चक खेलमा २-१ ले हराउँदै ललितपुर सिटी एफसी एनसेल नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ। चितवन दोस्रो स्थानमा झर्यो। ललितपुरको जितमा इमोह इजेकियल र मणि कुमार लामाले गोल गरे। चितवनका भिक्टर मानसरेको गोलमा गरे। पहिलो हाफमा ललितपुरले खेलमा पकड बनायो। चितवनले भने कमजोर प्रदर्शन गर्यो। खेलको दोस्रो मिनेटमा […]
April 10, 2025
सुमन अधिकारी,बुटवल पूर्णिमा राईको प्रतियोगिता कै पहिलो ह्याट्रिक गरेपछि वालिङको ट्रिनेटी युवा क्लब बुटवलमा जारी प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।भारत मणिपुरको एमएससी भारतलाई ४-० ले हराउँदै उपाधि नजिक पुगेको हो। पूर्णिमाले २० औं मिनेटमा पहिलो गोल गरिन् । पूर्णिमाले ३० औं मिनेटमा गोल गरेपछि वालिङले पहिलो हाफमा २-० […]