4 years ago
June 12, 2020
एजेन्सी – हल्यान्डका डिफेन्डर भर्जिल भान डाइक इंग्लिस क्लब लिभरपुलसँगको सम्झौता नवीकरण गर्न सहमत भएका छन् । भान डाइकले लिभरपुलमा थप पाँच वर्षे सम्झौता नवीकरण गर्नेछन् ।
यससँगै भान डाइक २०२५ को सिजनसम्म लिभरपुलमै रहनेछन् । लिभरपुलले भान डाइकसँगको सम्झौता नवीकरणको विषयलाई अर्काे महिना सार्वजनिक गर्ने बताइएको छ । नयाँ सम्झौतासँगै भान डाइक लिभरपुलका सबैभन्दा बढी पारिश्रमिक लिने खेलाडी बनेका छन् । उनी सातामा २ लाख २० हजार पाउन्ड पाउनेछन् । यसअघि मोहम्मद सलाह लिभरपुलका पारिश्रमिक लिने खेलाडी थिए । उनले प्रतिसाता २ लाख पाउन्ड लिदै आएका छन् ।
२८ वर्षे भान डाइकले लिभरपुलसँग सम्झौता नवीकरण गरेसँगै फ्रेन्च क्लब पीएसजीले भान डाइकलाई अनुबन्ध गर्ने बाटो बन्द भएको छ । भान डाइक २०१८ जनवरीमा ७५ मिलियन पाउन्डमा लिभरपुल आउँदा त्यतिबेलाको सर्वाधिक महँगा डिफेन्डर बनेका थिए ।
भान डाइकले लिभरपुलबाट समान एकपटक युइएफए च्याम्पियन्स लिगा, युइएफए सुपर कप र फिफा क्लब विश्वकप जितेका छन् । एक पटक च्याम्पियन्स लिगमा उपविजेता भएका छन् । उनी सन् २०१९ को बालोन डि’ओरमा रोनाल्डोलाई पछि पार्दै दोस्रो स्थानमा रहन सफल भएका थिए ।
लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले साडियो माने र जर्जिन्हो विज्नल्डमको पनि सम्झौता नवीकरण गर्ने योजना बनाएका छन् । माने लिभरपुलसँग थप तीन वर्षको सम्झौता नवीकरण गर्न सहमत भइसकेका छन् ।
कोरोना महामारीका कारण गएको मार्च दोस्रो सातादेखि स्थगित भएको इंग्लिस प्रिमियर लिग १७ जुनदेखि सुरु हुँदैछ । लिभरपुलले आइतबार राति एभर्टनसँग खेल्दै स्थगित ला लिगा पुनः सुरुवात गर्दैछ । लिभरपुल ३० वर्षपछि प्रिमियर लिगको उपाधि नजिक रहेको छ । लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई २५ अंकले पछि पारेको छ । लिभरपुलको ८२ तथा सिटीको ५७ अंक छ ।
October 31, 2024
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुुटबलको उपविजेता नेपाली टोलीलाई सरकारले तिहारको बिदा सकिएलगत्तै पुरस्कार दिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा फुुटबल टोलीका खेलाडी, अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीसँगको बिहीवार भएको भेटमा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याइँ नगर्ने भन्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने […]
October 31, 2024
एजेन्सी – लिभरपुल र आर्सनल काराबाओ कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ब्राइटनलाई बुधवार ३-२ ले पराजित गर्दै लिभरपुल अन्तिम आठमा पुगेको हो । लिभरपुलको जितमा कोडी गाक्पोले २ गोल गरे। ४६ औं मिनेटमा गाक्पोले पहिलो गोल गरे। ६३औं मिनेटमा गाक्पोले व्याक्तिगत दोस्रो गोल थपेपछि लिभरपुलले २-० को अग्रता बनायो । ८१औं मिनेटमा साइमन एडिन्ग्राले […]
October 31, 2024
एजेन्सी – टोटनहम र म्यानचेस्टर युनाइटेड काराबाओ कपको क्वाटरफाइनलमा पुगेका छन्। टोटेनहमसँग पराजित हुँदै म्यानचेस्टर सिटी काराबाओ कपको अन्तिम १६ बाटै बाहिरिएको छ । टोटनहम बुधवार सिटीलाई २-१ ले हराएको हो। खेलको पाचौं मिनेटमा टिमो वर्नरले गोल गर्दै टोटनहमलाई घरेलु मैदानमा अग्रता दिलाए । डेजान कुलुसेभस्कीको पासमा वर्नरले गोल गरेका हुन्। पापे माटर सरले २५औं […]