4 years ago
June 11, 2020
एजेन्सी – कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण पछिल्लो तीन महिना खेलकुदको कुनै गतिविधि नहुदा विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले सार्वजनिक गर्ने वरियता यथावत रहेको छ ।
फिफाको नियमअनुसार मार्च र जुनमा अन्तर्राष्ट्रिय खेल हुने तालिका पर्दछ । तर, कोरोनाका कारण सम्पूर्ण खेलहरु रद्द भएपछि वरीयता पनि स्थिर नै हुन पुगेको हो । नेपालले कतार विश्वकप २०२२ र एसिया कप २०२३ को छनोटको दोस्रो चरणमा घरेलु मैदानमा तीन खेल खेल्न बाँकी छ । मार्चमा दुई (अष्ट्रेलिया र चाइनिज ताइपेइ) तथा जुनमा एक (जोर्डन) विरुद्ध खेल खेल्ने कार्यक्रम रहेपनि कोरोनाका कारण स्थगित छन् ।
एसियल फुटबल कन्फेडेरेसन (एएफसी) ले आउदो अक्टोवर र नोभेम्वरमा विश्वकप छनोटका बाँकी रहेका खेलहरु खेलाउने तयारी गरेको छ । छनोटमा नेपालले चाइनिज ताइपेइमाथि जित दर्ता गर्दा कुवेतसँग दुवै खेलमा हार बेहोरेको छ । अष्ट्रेलिया र जोर्डनसँग पनि पराजित भएको छ ।
नेपाल फिफा वरियताको १ सय ७० औं स्थानमा यथावत छ । दक्षिण एसियाली राष्ट्रमा भारत १ सय ८ स्थानमा रहँदा माल्दिभ्स १ सय ५५ औं स्थानमा छ । नेपालभन्दा पछाडि बंगलादेश १ सय ८७, भुटान १ सय ८९, पाकिस्तान २ सय र श्रीलंका २ सय ६ औं स्थानमा छन् । एसियाली राष्ट्रमध्य शीर्षस्थानको जापान विश्व वरीयतामा २८ औं स्थानमा छ ।
विश्व वरियतामा बेल्जियमले नै शीर्षस्थान यथावत छ । दोस्रो स्थानमा फ्रान्स र तेस्रोमा ब्राजिल रहेका छन् । त्यसपछि इंग्ल्यान्ड र उरुग्वेले क्रमशस् शीर्ष ५ स्थान ओगटेका छन् । शीर्ष १० स्थानमा क्रोएसिया, पोर्चुगल, स्पेन, अर्जेन्टिना र कोलोम्बिया रहेका छन् ।
October 31, 2024
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुुटबलको उपविजेता नेपाली टोलीलाई सरकारले तिहारको बिदा सकिएलगत्तै पुरस्कार दिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा फुुटबल टोलीका खेलाडी, अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीसँगको बिहीवार भएको भेटमा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याइँ नगर्ने भन्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने […]
October 31, 2024
एजेन्सी – लिभरपुल र आर्सनल काराबाओ कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ब्राइटनलाई बुधवार ३-२ ले पराजित गर्दै लिभरपुल अन्तिम आठमा पुगेको हो । लिभरपुलको जितमा कोडी गाक्पोले २ गोल गरे। ४६ औं मिनेटमा गाक्पोले पहिलो गोल गरे। ६३औं मिनेटमा गाक्पोले व्याक्तिगत दोस्रो गोल थपेपछि लिभरपुलले २-० को अग्रता बनायो । ८१औं मिनेटमा साइमन एडिन्ग्राले […]
October 31, 2024
एजेन्सी – टोटनहम र म्यानचेस्टर युनाइटेड काराबाओ कपको क्वाटरफाइनलमा पुगेका छन्। टोटेनहमसँग पराजित हुँदै म्यानचेस्टर सिटी काराबाओ कपको अन्तिम १६ बाटै बाहिरिएको छ । टोटनहम बुधवार सिटीलाई २-१ ले हराएको हो। खेलको पाचौं मिनेटमा टिमो वर्नरले गोल गर्दै टोटनहमलाई घरेलु मैदानमा अग्रता दिलाए । डेजान कुलुसेभस्कीको पासमा वर्नरले गोल गरेका हुन्। पापे माटर सरले २५औं […]