default_image

4 years ago

June 11, 2020

आजबाट स्पेनिस ला लिगाको खेल सुचारु

106 views

0 Bookmark

एजेन्सी – कोरोना कहरका कारण गएको मार्च दोस्रो सातादेखि स्थगित स्पेनिस ला लिगा आज रातिबाट पुनः सुचारु हुँदैछ । ला लिगाको तीन महिनापछिको पहिलो खेलमा सेभिया रियल बेटिसबीच प्रतिस्पर्धा हुदैछ ।

खेल नेपाली समयअनुसार राति १ः४५ बजेपछि शुरु हुनेछ । खेल सेभियाको मैदानमा हुनेछ । रियल बेटिस त्यही टोली हो जसले उपाधि होडमा रहेको रियल म्याड्रिडलाई पराजित गर्दै दोस्रो स्थानमा खुम्च्याएको थियो । सेभियाले भने एट्लेटिको मड्रिडलाई २–२ गोलको बराबरीमा रोक्न सफल भएको थियो ।

त्यसैले यि दुई टोलीबीचको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । सेभिया तेस्रो तथा रियल बेटिस १२औं स्थानमा रहेको छ । रियल बेटिसका लागि नवलि फेकिर र क्रिस्टियन टेलो मुख्य हतियार हुनेछन् ।

यता, सेभिया पनि अर्काे सिजनको लागि च्याम्पियन्स लिगमा स्थान बनाउनको लागि सम्भावना जीवितै राख्ने लक्ष्यमा हुदा रियल बेटिसलाई पराजित गर्ने लक्ष्यमा मैदानमा उत्रनेछ । सेभियाका लागि लुक डि जोङ, लुकास ओकम्पास र इभर बनेगा मुख्य हतियार हुनेछ ।

गत नोभेम्वरमा भएको खेलमा सेभियाले २–१ को जित निकालेको थियो । पछिल्लो १९ खेलको नतिजा हेर्दा सेभिया नै बलियो देखिएको छ । सेभियाले ११ खेलमा जित समान ४ बराबरी र ४ हारको नतिजा निकालेको छ । पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेको रियल बेटिसलाई हराउन सेभियालाई कठिन नै हुने देखिन्छ ।

झन्डै तीन महिनापछि हुने खेलमा दुवै टोलीको कस्तो प्रदर्शन हुने हो । त्यो भने हअ‍ेर्न बाँकी नै छ । २७ चरणका खेल सकिँदा बार्सिलोना २ अंकको अग्रतासहित शीर्ष स्थानमा छ । बार्सिलोनाको ५८ र रियलको ५६ अंक छ ।

October 31, 2024

प्रधानमन्त्री ओली सामु फुटबल खेलाडीको गुनासो

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुुटबलको उपविजेता नेपाली टोलीलाई सरकारले तिहारको बिदा सकिएलगत्तै पुरस्कार दिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा फुुटबल टोलीका खेलाडी, अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीसँगको बिहीवार भएको भेटमा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याइँ नगर्ने भन्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने […]

October 31, 2024

लिभरपुल र आर्सनलको जित

एजेन्सी – लिभरपुल र आर्सनल काराबाओ कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ब्राइटनलाई बुधवार ३-२ ले पराजित गर्दै लिभरपुल अन्तिम आठमा पुगेको हो । लिभरपुलको जितमा कोडी गाक्पोले २ गोल गरे। ४६ औं मिनेटमा गाक्पोले पहिलो गोल गरे। ६३औं मिनेटमा गाक्पोले व्याक्तिगत दोस्रो गोल थपेपछि लिभरपुलले २-० को अग्रता बनायो ।  ८१औं मिनेटमा साइमन एडिन्ग्राले […]

October 31, 2024

टोटेनहमसँग सिटी पराजित, युनाइटेड विजयी

एजेन्सी – टोटनहम र म्यानचेस्टर युनाइटेड काराबाओ कपको क्वाटरफाइनलमा पुगेका छन्। टोटेनहमसँग पराजित हुँदै म्यानचेस्टर सिटी काराबाओ कपको अन्तिम १६ बाटै बाहिरिएको छ । टोटनहम बुधवार सिटीलाई २-१ ले हराएको हो। खेलको पाचौं मिनेटमा टिमो वर्नरले गोल गर्दै टोटनहमलाई घरेलु मैदानमा अग्रता दिलाए । डेजान कुलुसेभस्कीको पासमा वर्नरले गोल गरेका हुन्। पापे माटर सरले २५औं […]

Success

Thank you for your time.