5 years ago
June 10, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक क्विके सेटिनले आफ्ना स्टार खेलाडीद्धय कप्तान लियोनेल मेस्सी र लुइस सुआरेज मलोर्काविरुद्धको खेलका लागि तयार रहेको बताएका छन् ।
शीर्षस्थानमा रहेको बार्सिलोनाले कोरोना कहरपछि सुचारु हुन लागेको स्पेनिस ला लिगामा १३ जुनमा मलोर्काको भ्रमण गर्दैछ । प्रशिक्षण दौरान मांशपेशीमा समस्या देखिएपछि मेस्सी केही समय प्रशिक्षण मैदान बाहिर रहेका थिए । तर, गत सोमबारदेखि नै मेस्सी टिमसँगको पूर्ण प्रशिक्षणमा फर्किसकेका छन् । सुआरेज घुँडाको शल्यक्रियापछि गत जनवरी देखि नै मैदान बाहिर रहेका थिए ।
‘हामीलाई कुनै शंका छैन । मलोर्काविरुद्धको खेलका लागि मेस्सी पुर्ण रुपमा तयार छन् । प्रशिक्षण दौरान सामान्य समस्या देखिएपछि केही समय मैदान बाहिर रहेपनि उनी टिमसँगको प्रशिक्षणमा जोडिइसकेका छन्,’ प्रशिक्षक सेटिनले भने, ‘अर्का खेलाडी लुइस सुआरेज पनि मलोर्काविरुद्धको खेलका लागि तयार छन् । तर, उनले पुरै समय खेल्न सक्ने नसक्ने भन्न सकिने अवस्था छैन ।’
सेटिनको प्रशिक्षणमा सुआरेजले पहिलोपटक खेल्नेछन् । ‘उनी फरक क्षमताका खेलाडी हुन् । उनी निकै चतुर र क्रियाशिल छन् । टिमलाई उनको आवश्यकता छ । उनको आगमनले टोलीमा सकरात्मक प्रभाव पार्नेछ,’ सेटिनले भने ।
३५ दिनमा ला लिगाको ११ चरणको खेल खेल्ने तालिका हुदा सेटिनले खेलाडीको फिटनेसले नै उपाधिमा महत्वपुर्ण भुमिका खेल्न सक्ने बताएका छन् । ‘यि खेलाडीले सातामा दुईपटक खेल्ने बानी छ । अब सातामा तीनपटक खेल्न बानी पार्नुपर्दछ । उनीहरुको फिटनेस कस्तो हुन्छ भनेर हामीले नियाल्नुपर्दछ,’ प्रशिक्षक सेटिनले भने ।
April 1, 2025
सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करणबाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अघिल्ला दुवै संस्करणको उपविजेता धनगढी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिगमा विजयी सुरूवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४-१ ले पराजित गर्यो । धनगढीको जितमा अहमद हिजाजीले दुई गोल तथा कृतिश रत्न छुन्जु र सर्जियो बार्बोजाले १-१ गोल गरे । धनगढीले इन्ज्युरी समयमा २ गोल […]
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीचको खेल जारी छ। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ। दशरथ रंगशालामा जारी खेलको छैटौं मिनेटमा नै धनगढीले अग्रता बनायो। जर्ज प्रिन्स कार्कीको फ्लिक हेडरमा अहमद हिजाजीको एक्रोबेटिक सट गोलमा परिणत भयो। यो गोलमा लुम्बिनीका डिफेन्डर विमल पाण्डे र […]