5 years ago
June 10, 2020
एजेन्सी – बायर लिभरकुसन जर्मन कपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा चौथो श्रेणीको साब्रुकेनमाथि ३–० को सहज जित निकाल्दै उपाधि नजिक पुगेको हो ।
कोरोना महामारी शुरु भएयता ९४ दिन फुटबलबाट टाढा रहेको साब्रुकेनमाथिको सहज जितमा डियाबी, लुकास एलारियो र करिम बेलारावीले गोल गरे । लिभरकुसनले भने पछिल्लो एक महिनामा यो सँगै ६ खेल खेलेको छ ।
एकपक्षीय बनेको खेलको ११औं मिनेटमा डियाबीले गोल गर्दै लिभरकुसनलाई अग्रता दिलाएका थिए । उनको भली प्रहार साब्रुकेनका गोलरक्षक बाट्जले रोक्ने कुनै मौका नै पाएन । १९औं मिनेटमा लुकास एलारियोले गोल गरेपछि लिभरकुसनले पहिलो हाफमा २–० को अग्रता लिन सफल भयो ।
५८औं मिनेटमा सब्सिच्युट खेलाडी बेलारावीले गोल गर्दै लिभरकुसनलाई ३–० को सहज जित दिलाए । बेलारावी दोस्रो हाफको शुरुमै विट्जको स्थानमा मैदान छिरेका थिए । साब्रुकेनले सेमिफाइनलसम्मको यात्रामा दुई बुन्डेस लिगा क्लब र दुई दोस्रो श्रेणीको क्लबलाई पराजित गरेका थिए ।
साब्रुकेनले बुन्डेस लिगा क्लब फोर्टुना डुसेलडर्फ र एफसी कोल्नलाई तथा दोस्रो श्रेणीको काल्र्सरुहर र रेगेन्सवर्गलाई पराजित गर्दै पहिलोपटक सेमिफाइनलको यात्रा तय गरेका थिए । साब्रुकेनले ७ मार्चयता खेलेका थिएनन् । साब्रुकेन च्याम्पियन हुदै तेस्रो श्रेणीमा बढुवा भइसकेको छ ।
अब लिभरकुसनले उपाधिका लागि बायर्न म्युनिख र फ्रान्कफर्टबीचको विजेतासँग ४ जुलाईमा खेल्नेछ ।
April 1, 2025
सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करणबाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अघिल्ला दुवै संस्करणको उपविजेता धनगढी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिगमा विजयी सुरूवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४-१ ले पराजित गर्यो । धनगढीको जितमा अहमद हिजाजीले दुई गोल तथा कृतिश रत्न छुन्जु र सर्जियो बार्बोजाले १-१ गोल गरे । धनगढीले इन्ज्युरी समयमा २ गोल […]
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीचको खेल जारी छ। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ। दशरथ रंगशालामा जारी खेलको छैटौं मिनेटमा नै धनगढीले अग्रता बनायो। जर्ज प्रिन्स कार्कीको फ्लिक हेडरमा अहमद हिजाजीको एक्रोबेटिक सट गोलमा परिणत भयो। यो गोलमा लुम्बिनीका डिफेन्डर विमल पाण्डे र […]