5 years ago
June 10, 2020
एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले आफ्ना कप्तान सर्जियो रामोसलाई थप एकवर्षको लागि सम्झौता नवीकरण गर्न प्रस्ताव गरेको छ । स्पेनिस सेन्टर ब्याक रामोसको रियलसँग हालको सम्झौता २०२१ सम्म रहेको छ ।
नयाँ सम्झौता भए उनी २०२२ सम्म म्याड्रिडमै रहनेछन् । रामोस सन् २००५ देखि म्याड्रिडमा रहेका छन् । ३४ वर्षे रामोस प्रशिक्षक जिनेदिन जिदानको मन जित्न सफल खेलाडी हुन् । रियलको प्रस्ताव स्वीकार गर्ने या नगर्ने रामोसकै निर्णयमा भर पर्नेछ । रामोसले सन्यास लिनुअघि अमेरिकी मेजर लिग सकर (एमएलएस) खेल्ने र त्यसपछि प्रशिक्षण करियर थाल्ने योजना बनाएका छन् ।
रामोसले नयाँ सम्झौता नवीकरण गरे रियलमा थप कीर्तिमान समेत बनाउने छन् । त्यसैले रामोसले सम्झौता नवीकरण स्वीकार्दै रियलमै बस्न सक्नेछन् । आफ्नो व्यावसायिक खेल करियरको अन्त्यतिर रहेका ३४ वर्षे रामोसले रियलबाट सर्वाधिक खेलमा कप्तानी गर्ने कीर्तिमान बनाउने सम्भावना छ । रियलमा यो कीर्तिमान लेजेन्ड राउल गोन्जालेज ब्लान्कोको नाममा रहेको छ ।
सन् २००५ देखि रियलमा रहेका रामोसले हालसम्म ६४० खेल खेल्दा २५२ खेलमा कप्तानी गरेका छन् । उनीभन्दा अघि राउलले २९८ खेलमा कप्तानी गरेका थिए । राउलले १९९४ देखि २०१० सम्म ७४१ खेल खेल्दा २९८ खेलमा रियलको कप्तानी सम्हालेका थिए । राउलले २००३ देखि रियलको कप्तानी सम्हालेका थिए । त्यसपछि इकर कासियसले २०१० देखि २०१५ सम्म रियलको कप्तानी गरेका थिए ।
रामोस राउलभन्दा ४६ खेलले मात्रै पछि छन् । रामोसको रियलमा २ वर्षको सम्झौता भएमा उनले यो लक्ष्यलाई भेटाउन सक्नेछन् ।
रियलमा हालसम्म १ सय भन्दा बढी खेलमा कप्तानी गर्नेमा राउल (२९८), रामोस (२५२), कासियस (२३४) र फर्नान्डो हिएरो (१०८) छन् ।
सन् २०१४/१५ को सिजनपछि इकर कासियसबाट कप्तानको आर्मब्याण्ड पाएका रामोसले रियलबाट २१ उपाधि जित्दा आफ्नै कप्तानीमा ५ सिजन बिताउँदा ११ उपाधि जितेका छन् । जसमा समान तीन च्याम्पियन्स लिग र फिफा क्लब विश्वकप, समान दुई युइएफए सुपर कप र सुपर कोपा र एक स्पेनिस ला लिगा रहेका छन् । रामोसले यो सिजन ३४ खेल खेल्दै ७ गोल गरेका छन् ।
April 1, 2025
सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करणबाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अघिल्ला दुवै संस्करणको उपविजेता धनगढी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिगमा विजयी सुरूवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४-१ ले पराजित गर्यो । धनगढीको जितमा अहमद हिजाजीले दुई गोल तथा कृतिश रत्न छुन्जु र सर्जियो बार्बोजाले १-१ गोल गरे । धनगढीले इन्ज्युरी समयमा २ गोल […]
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीचको खेल जारी छ। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ। दशरथ रंगशालामा जारी खेलको छैटौं मिनेटमा नै धनगढीले अग्रता बनायो। जर्ज प्रिन्स कार्कीको फ्लिक हेडरमा अहमद हिजाजीको एक्रोबेटिक सट गोलमा परिणत भयो। यो गोलमा लुम्बिनीका डिफेन्डर विमल पाण्डे र […]