default_image

5 years ago

June 9, 2020

विश्वका मूल्यवान फुटबलर सुचीको शीर्षस्थानमा एमबाप्पे

176 views

0 Bookmark

एजेन्सी – कोरोना कहरका यो सिजनको युरोपका चर्चित घरेलु लिग सकिएका छैनन् । फ्रेन्च लिग वान चाँडै नै स्थगित गरिदा जर्मन बुन्डेस लिगा सुचारु भइसकेको छ । स्पेनिस ला लिगा, इंग्लिस प्रिमियर लिग र इटालियन सिरी ‘ए’ सुरु हुने तर्खर छ ।

समर ट्रान्सफर शुरु नहुदै खेलाडीले अघिल्लो सिजन गरेको प्रदर्शनको आधारमा खेलाडीको मुल्य निर्धारण भइसकेको छ । केही खेलाडीको बढ्दो उमेरका कारण ट्रान्सफर मुल्यमा ह्रास आइरहेको छ ।  इन्टरनेसनल सेन्टर फर स्पोर्ट्स स्टडिज (सिआइइएस) को अध्ययन र तथ्यांक अनुसार विश्वविजेता फ्रान्स तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का युवा स्टार केलियन एमबाप्पेको बजार भाउ सबैभन्दा बढी रहेको छ ।

बढ्दो उमेरका कारण आधुनिक फुटबलका हस्तीमध्येका एक पोर्चुगिज तथा इटालियन क्लब युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डो मुल्यवान् खेलाडीको सुचीमा ७०औं स्थानमा रहँदा अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनेल मेस्सी २२औं स्थानमा रहेका छन् । शीर्ष १० भित्र इंग्ल्यान्डका खेलाडीले वर्चस्व जमाउँदा २०१७ मा विश्व कीर्तिमानी मुल्यमा बार्सिलोनाबाट पीएसजी पुगेका ब्राजिली स्टार नेयमार ३७औं स्थानमा छन् ।

मुल्यवान् खेलाडी :

१. केलियन एमबाप्पे (पीएसजी) – २३१ मिलियन पाउन्ड

२. रहिम स्टर्लिङ (म्यानचेस्टर सिटी) – १७३ मिलियन पाउन्ड

३. जेडन सान्चो (डर्टमुन्ड) – १५९ मिलियन पाउन्ड

४. ट्रेन्ट एलेक्जेन्डर अर्नाेल्ड (लिभरपुल) – १५२ मिलियन पाउन्ड

५. मार्कस रासफोर्ड (म्यानचेस्टर युनाइटेड) – १३६ मिलियन पाउन्ड

६. मोहम्मद सलाह (लिभरपुल) – १२९ मिलियन पाउन्ड

७. साडियो माने (लिभरपुल) – १२४ मिलियन पाउन्ड

८. एन्टोइन ग्रिजमन (बार्सिलोना) – १२१ मिलियन पाउन्ड

९. अल्फोन्सो डाभिस (बायर्न म्युनिख) – ११९ मिलियन पाउन्ड

१०. ह्यारी केन (टोटेनहम) – १०६ मिलियन पाउन्ड

११. रोबर्टाे फिर्मिनो (लिभरपुल) – १०६ मिलियन पाउन्ड

१२. बर्नार्डो सिल्भा (म्यानचेस्टर सिटी) – १०२ मिलियन पाउन्ड

१३. गाब्रियल जेसस (म्यानचेस्टर सिटी) – १०१ मिलियन पाउन्ड

१४. जोओ फेलिक्स (एट्लेटिको मड्रिड) – ९६ मिलियन पाउन्ड

१५. एर्लिङ ब्राउट हालान्ड बोरुसिय डर्टमुन्ड – ९६ मिलियन पाउन्ड

१६. सर्जी जिनाब्री (बायर्न म्युनिख) – ९५ मिलियन पाउन्ड

१७. ब्रुनो फर्नान्डेस (म्यानचेस्टर युनाइटेड) – ९३ मिलियन पाउन्ड

१८. म्यथिस डि लिग्ट (युभेन्टस) – ९३ मिलियन पाउन्ड

१९. मेसन माउन्ट (चेल्सी) – ९१ मिलियन पाउन्ड

२०. फ्रान्की डि जोङ (बार्सिलोना) – ९१ मिलियन पाउन्ड

२१. रोड्री (म्यानचेस्टर सिटी) – ९० मिलियन पाउन्ड

२२. लियोनेल मेस्सी (बार्सिलोना) – ८९ मिलियन पाउन्ड

२३. लोउटारो मार्टिनेज (इन्टर मिलान) – ८८ मिलियन पाउन्ड

२४. भर्जिल भान डाइक (लिभरपुल) – ८८ मिलियन पाउन्ड

२५. सउल निग्वेज (एट्लेटिको मड्रिड) – ८७ मिलियन पाउन्ड

२६. रिचार्लीसन (एभर्टन) – ८७ मिलियन पाउन्ड

२७. जोसुवा किम्मिच (बायर्न म्युनिख) – ८६ मिलियन पाउन्ड

२८. काइ हाभर्टज (बायर लिभरकुसन) – ८४ मिलियन पाउन्ड

२९. एन्ड्रिउ रोवर्टसन (लिभरपुल) – ८४ मिलियन पाउन्ड

३०. रोमेलु लुकाकु (इन्टर मिलान) – ८० मिलियन पाउन्ड

३७. नेयमार (पीएसजी) – ७४ मिलियन पाउन्ड

४०. अचरफ हाकिमी (रियल म्याड्रिड) – ७० मिलियन पाउन्ड

४७. फिलिपे कौटिन्हो (बायर्न म्युनिख) – ६८ मिलियन पाउन्ड

४९. रोवर्ट लेवान्डोस्की (बायर्न म्युनिख) – ६८ मिलियन पाउन्ड

५६. पाउलो डिबाला (युभेन्टस) – ६३ मिलियन पाउन्ड

६३. इडेन हजार्ड (रियल म्याड्रिड) – ५९ मिलियन पाउन्ड

६७. क्यासमिरो (रियल म्याड्रिड) – ५७ मिलियन पाउन्ड

७०. क्रिस्टियानो रोनाल्डो (युभेन्टस) – ५६ मिलियन पाउन्ड

८१. लुका जोभिक (रियल म्याड्रिड) – ५१ मिलियन पाउन्ड

८९. पल पोग्बा (म्यानचेस्टर युनाइटेड) – ४५ मिलियन पाउन्ड

१००. मार्टिन ओडेगार्ड (रियल सोसिडाड) – ४३ मिलियन पाउन्ड

पूर्ण जानकारीका लागि सीआईईएसको वेबसाइटमा जान सक्नुहुन्छ

April 1, 2025

जीतपुरसिमरा गोल्डकपमा यसै साता सुरु हुने

सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करण‌बाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]

April 1, 2025

धनगढीको रवाफिलो सुरूवात

काठमाडौं (हाम्रो खेलकुद) – अघिल्ला दुवै संस्करणको उपविजेता धनगढी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिगमा विजयी सुरूवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४-१ ले पराजित गर्यो । धनगढीको जितमा अहमद हिजाजीले दुई गोल तथा कृतिश रत्न छुन्जु र सर्जियो बार्बोजाले १-१ गोल गरे । धनगढीले इन्ज्युरी समयमा २ गोल […]

April 1, 2025

लुम्बिनी र धनगढीबीचको पहिलो हाफमा बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीचको खेल जारी छ। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ। दशरथ रंगशालामा जारी खेलको छैटौं मिनेटमा नै धनगढीले अग्रता बनायो। जर्ज प्रिन्स कार्कीको फ्लिक हेडरमा अहमद हिजाजीको एक्रोबेटिक सट गोलमा परिणत भयो। यो गोलमा लुम्बिनीका डिफेन्डर विमल पाण्डे र […]

Success

Thank you for your time.