5 years ago
June 9, 2020
एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका पुर्व चिकित्सक जेसस ओल्मोले क्रिस्टियानो रोनाल्डोभन्दा ग्यारेथ बेल उत्कृष्ट खेलाडी रहेको बताएका छन् ।
चिकित्सक ओल्मोले वेल्सम्यान बेल आफुले देखेकोमध्ये सम्भवत सबैभन्दा राम्रो खेलाडी रहेको बताएका छन् । बेल २०१३ मा त्यतिबेलाको विश्वकीर्तिमानी मुल्यमा इंग्लिस क्लब टोटेनहम हस्टपरबाट म्याड्रिड आएका थिए । ओल्मो केही समयअघि मात्रै रियलबाट बाहिरिएका थिए ।
शुरुवाती समयका उत्कृष्ट प्रदर्शनको बावजुत पनि बेलले पछिल्लो ७ वर्षयता रियलका समर्थकसँग राम्रो सम्वन्ध बनाउन सकेका छैनन् ।
बेलको शारीरिक गुणले गर्दा नै क्लबका धेरै पदाधिकारी उनीसँग प्रभावित रहेका थिए । ओल्मोले अहिलेसम्म सँगै काम गरेका मध्ये बेल नै राम्रो व्यक्ति रहेको नकार्न नसकिने बताएका छन् ।
‘सम्भवत् मैले देखेको सबैभन्दा राम्रो खेलाडी बेल हो । उनी एक स्वभाविक एथलिट हुन् । उनी व्यवहारिक रुपमा कुनै पनि खेलमा उत्कृष्ट प्रदर्शन गर्न सक्षम छ ।’ ओल्मोले भने, ‘उनीसँग असामान्य अनुवंशिकी र एथलेटिक क्षमता छ । उनी प्राविधिक क्षमताले पनि भरिपुर्ण छ । उहाँ एक खेलाडी हुनुहुन्छ जसले मलाई सबै पक्षमा प्रभावित पार्नुभयो । यद्दपि प्रदर्शनमा विभिन्न परिस्थितिले प्रभाव पार्न सक्दछ ।’
यस्तै ओल्मोले रोनाल्डोपनि आफ्नो मनपर्ने र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी रहेको बताएका छन् । उनी ३५ वर्ष पुगेपनि अभ्यास र डाइटका कारण आफुलाई फिट राखेका छन् ।
‘व्यक्तिले केवल एक खेलाडी घाइते हुदा देख्छ, तर त्यहाँ फुटबलर छन् जुन खेल्छन् जब उनीहरुलाई शारीरिक समस्या भएको छ ।’ ओल्मोले भने, ‘राम्रो चिकित्सा टोलीले यो निश्चय गर्दछ कि तपाईसँग न्युनतम सम्भावित पुरानो समस्यालाई हटाउन सफल भइन्छ । यसको लागि खेलाडीले हआवश्यक प्रयास गर्नुपर्दछ । जो खेलाडीमै निर्भर हुनेछ ।’
पछिल्लो समय प्रशिक्षक जिनेदिन जिदानसँगको खराव सम्वन्धका कारण बेलले रियलको पहिलो रोजाईमा स्थान बनाउन सकेका छैनन् । बेल जिदानको प्राथमिकतामा पर्न सकेका छैन ।
April 1, 2025
सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करणबाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अघिल्ला दुवै संस्करणको उपविजेता धनगढी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिगमा विजयी सुरूवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४-१ ले पराजित गर्यो । धनगढीको जितमा अहमद हिजाजीले दुई गोल तथा कृतिश रत्न छुन्जु र सर्जियो बार्बोजाले १-१ गोल गरे । धनगढीले इन्ज्युरी समयमा २ गोल […]
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीचको खेल जारी छ। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ। दशरथ रंगशालामा जारी खेलको छैटौं मिनेटमा नै धनगढीले अग्रता बनायो। जर्ज प्रिन्स कार्कीको फ्लिक हेडरमा अहमद हिजाजीको एक्रोबेटिक सट गोलमा परिणत भयो। यो गोलमा लुम्बिनीका डिफेन्डर विमल पाण्डे र […]