default_image

5 years ago

June 8, 2020

जसरी पनि बार्सिलोना फर्कने नेयमारको इच्छा

82 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी)का ब्राजिली स्टार नेयमारले सहकर्मीसँग यो सिजनको अन्त्यसँगै जसरी पनि बार्सिलोना फर्कन चाहेको बताएका छन् ।


स्पेनिस पत्रिका मुन्डो डिर्पाेटिभोका अनुसार २८ वर्षीय नेयमारले पछिल्लो समय ला लिगा फर्कने बिषयमा टिमका सहकर्मीसँग खुलेर छलफल गरिरहेको र सम्झौताको विषयमा छिट्टै सहमति जुट्नेमा विश्वस्त रहेको बताएका छन् । पीएसजीमा नेयमारको सम्झौता २०२२ सम्म रहेको छ । फ्रान्सेली क्लबले पटक पटक नयाँ सम्झौताका लागि प्रस्ताव गरेपनि नेयमारले मानेका छैनन् ।

यस्तै नेयमारले आफ्ना सहकर्मीसँग बार्सिलोना फर्कनुअघि पीएसजीबाट च्याम्पियन्स लिगको उपाधि जित्न चाहेको बताएका छन् । पीएसजी यो सिजनको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।

कोरोना कहर सुरु हुनुअघि पीएसजीले च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन प्रतिद्वन्द्वी बोरुसिया डर्टमन्डमाथि २–० को जित निकाल्दा नेयमारले पहिलो गोल गरेका थिए । पहिलो लेगमा भने पीएसजीले २–१ को हार बेहोरेको थियो । पीएसजीले यसपटक च्याम्पियन्स लिग जितेमा नेयमारलाई अन्यत्र जाने रोक्ने छैन ।

नेयमार २०१७ मा विश्व कीर्तिमानी मुल्य १ सय ९८ मिलियन पाउण्डमा बार्सिलोनाबाट पीएसजी पुगेका थिए । पेरिस आएको पहिलो सिजन देखि नै उनी त्यहाँ खुसी हुन सकेका छैनन् । पछिल्लो समय एमबाप्पेको अस्वभाविक उदय र इकार्डीको स्थायी अनुबन्धनले पनि नेयमारलाई बाटो खोलिदिएको छ ।

यता बार्सिलोनाले अघिल्लो वर्ष नेयमारलाई पुनः क्लब फर्काउने प्रयास गरेपनि असफल बनेको थियो । बार्सिलोनाले १ सय मिलियन पाउण्डसँगै इभान राकिटिच, जियन क्लेयर टाडिबो र औसमाने डेम्बेले दिने तयारी गरेपनि सफल हुन सकेको थिएन । यसपटक कोरोना संक्रमणका कारण क्लबलाई परेको आर्थिक भारले नेयमारलाई अनुबन्धन गर्ने सम्भावना न्यून छ ।

नेयमारले पीएसजीका लागि ८० खेल खेल्दा ६९ गोल गरेका छन् । उनले पीएसजीबाट तीनपटक फ्रेन्च लिग वान तथा कोपा डि फ्रान्स, कोपा डि लिग र ट्रफी डि च्याम्पियन्स समान एक-एक पटक जितेका छन् ।

April 1, 2025

जीतपुरसिमरा गोल्डकपमा यसै साता सुरु हुने

सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करण‌बाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]

April 1, 2025

धनगढीको रवाफिलो सुरूवात

काठमाडौं (हाम्रो खेलकुद) – अघिल्ला दुवै संस्करणको उपविजेता धनगढी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिगमा विजयी सुरूवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४-१ ले पराजित गर्यो । धनगढीको जितमा अहमद हिजाजीले दुई गोल तथा कृतिश रत्न छुन्जु र सर्जियो बार्बोजाले १-१ गोल गरे । धनगढीले इन्ज्युरी समयमा २ गोल […]

April 1, 2025

लुम्बिनी र धनगढीबीचको पहिलो हाफमा बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीचको खेल जारी छ। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ। दशरथ रंगशालामा जारी खेलको छैटौं मिनेटमा नै धनगढीले अग्रता बनायो। जर्ज प्रिन्स कार्कीको फ्लिक हेडरमा अहमद हिजाजीको एक्रोबेटिक सट गोलमा परिणत भयो। यो गोलमा लुम्बिनीका डिफेन्डर विमल पाण्डे र […]

Success

Thank you for your time.