default_image

5 years ago

June 8, 2020

ला लिगा उपाधि होड : बार्सिलोनालाई उछिन्न तत्पर रियल म्याड्रिड

130 views

0 Bookmark

एजेन्सी – झन्डै ३ महिनाको अनपेक्षित विश्रामपछि क्याटलान क्लब बार्सिलोना र स्पेनिस महारथी रियल म्याड्रिड स्पेनिस ला लिगाको उपाधि भिडन्तमा फर्कंदै छन् ।

हाल लिगको अंक तालिकामा बार्सिलोना शीर्षस्थानमा रहेको छ । चिर परिचित प्रतिद्वन्द्वी रियल म्याड्रिडभन्दा २ अंकले अगाडी रहेको बार्सा लिगको अन्तिम खेलपछि पनि सोहि अवस्थामा रहन चाहन्छ । यता रियल भने पछिल्ला केहि खेलमा आएको खराब नतिजा बिर्साउँदै अग्रस्थानमा फर्कन प्रयासरत हुनेछ ।

यदि लिगको अन्तिम खेलपछि दुवै टोलीको अंक बराबरी भएमा रियल म्याड्रिडले उपाधि जित्नेछ । रियलले घरेलु मैदानमा हुन बाँकी खेल सान्टियागो बर्नाबाउमा नखेल्ने बताउँदै आफ्नो प्रशिक्षण मैदानलाई स्तरोन्नति गर्ने भएको छ । सँगसँगै बर्नाबाउमा पुनर्निर्माणको कार्यलाई पनि द्रुत गतिमा अगाडी बढाइनेछ । रियल र बार्सिलोनाभन्दा अन्य कुनै टोली उपाधि होडमा आउन भने कुनै आश्चर्यजनक नतिजा नै आउनुपर्नेछ ।

शीर्षस्थानको बार्सिलोनालाई सुआरेजको आगमनले फाइदा

बार्सिलोनाको लक्ष्य प्रष्ट छ, दुई अंकको अग्रतालाई सकेसम्म बढाउने नत्र भने कम्तिमा पनि यसलाई बचाउने । यस लक्ष्य प्राप्त गर्न प्रशिक्षक किके सेटिनलाई सहज भने पक्कै छैन । कोरोनाका कारण लिग स्थगित हुनुअघि पनि बार्साको प्रदर्शन सन्तोषजनक थिएन ।

कप्तान मेस्सीले सार्वजनिक रुपमा नै सेटिनको रणनीति बार्सिलोनाको स्तरको हिसाबले च्याम्पियन्स लिग जित्न पर्याप्त नरहेको बताएका थिए । मिडफिल्डर इभान राकिटिचले पनि बार्सिलोनाले आफ्नो प्रदर्शनमा सुधार गर्नु आवश्यक रहेको औंल्याएका छन् ।

कोरोनाको विश्रामले बार्सिलोनालाई केहि फाइदा पनि पुगेको छ । चोटका कारण मैदानबाहिर रहेका फरवार्ड लुइस सुआरेजले मैदान फर्कने अवसर पाएका छन् । साथसाथै स्टार फरवार्ड मेस्सीले पनि विश्राम पाएका छन् । अन्तिम ११ खेलका लागि दुवै मुख्य फरवार्डले आफ्नो शत प्रतिशत प्रदर्शन गर्दा बार्सिलोनालाई पक्कै फाइदा हुनेछ ।

शीर्षस्थानमा फर्कन तत्पर छ रियल म्याड्रिड

रियलको सामुन्ने लिग उपाधि जित्ने हो भने प्रष्ट योजना अगाडी छ, आफ्नो बाँकी रहेको ११ खेल जित्ने र लिग उपाधि पुन: आफ्नो पोल्टामा पार्ने । सबै खेल नजितेर पनि लिग उपाधि आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने कसैलाई विश्वास छैन । ११ खेलमा जित दर्ता गर्न कठिन छ, तर असम्भव छैन ।

रियलले पछिल्लो पटक सन् २०१५/१६ मा लगातार ११ जित दर्ता गरेको थियो । त्यसबेला पनि प्रशिक्षक जिदान नै थिए । यसपटक जिदानलाई इडेन हाजार्ड र मार्को एसेन्सियो टोलीमा फर्कनुले थप उर्जा दिएको छ । टोलीको आक्रमणमा भरोसा गर्न सकिने खेलाडी आएसँगै डिफेन्सलाई पनु सुदृढ बनाउन जिदान तत्पर छन् ।

बार्सिलोनाका बाँकी खेल :

मालोर्का, लेगानेस, सेभिल्ला, एथ्लेटिक बिल्बाओ, सेल्टा भिगो, एटलेटिको म्याड्रिड, भिल्लारियल, एस्पान्योल, भालाडोलिड, ओसासुना, अलाभेस

रियलका बाँकी खेल :

एइबार, भ्यालेन्सिया, रियल सोसीडाड, मालोर्का, एस्पान्योल, गेटाफे, एथ्लेटिक बिल्बाओ, अलाभेस, ग्रानडा, भिल्लारियल, लेगानेस

April 1, 2025

जीतपुरसिमरा गोल्डकपमा यसै साता सुरु हुने

सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करण‌बाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]

April 1, 2025

धनगढीको रवाफिलो सुरूवात

काठमाडौं (हाम्रो खेलकुद) – अघिल्ला दुवै संस्करणको उपविजेता धनगढी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिगमा विजयी सुरूवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४-१ ले पराजित गर्यो । धनगढीको जितमा अहमद हिजाजीले दुई गोल तथा कृतिश रत्न छुन्जु र सर्जियो बार्बोजाले १-१ गोल गरे । धनगढीले इन्ज्युरी समयमा २ गोल […]

April 1, 2025

लुम्बिनी र धनगढीबीचको पहिलो हाफमा बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीचको खेल जारी छ। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ। दशरथ रंगशालामा जारी खेलको छैटौं मिनेटमा नै धनगढीले अग्रता बनायो। जर्ज प्रिन्स कार्कीको फ्लिक हेडरमा अहमद हिजाजीको एक्रोबेटिक सट गोलमा परिणत भयो। यो गोलमा लुम्बिनीका डिफेन्डर विमल पाण्डे र […]

Success

Thank you for your time.