5 years ago
June 9, 2020
एजेन्सी – युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले कोरोना महामारीका कारण सिजन अन्न्य गरेको फ्रेन्च लिग वान पुनः सुचारु गर्न ढोका खुल्ला रहेको बताएका छ । केहि क्लबले लिग वन हतारमा रद्द गरिएकोले पुन: सुचारु नभए मुद्दा हाल्ने चेतावनी दिएका छन् ।
कोरोनापछि जर्मन बुन्डेसलिगा सफलतापुर्वक भइरहेको र युरोपका अन्य चर्चित घरेलु लिग ला लिगा, सिरी ‘ए’ र इंग्लिस प्रिमियर लिग पनि सुचारु हुने अवस्थामा रहेका कारण फ्रेन्च लिग वान पुनः सुचारु गर्न युइएफएले ढोका खुल्ला रहेको बताएको हो । फ्रान्सेली लिगमा उपाधि विजेता घोषणा गरिएकोमा कुनै प्रश्न नउठेपनि च्याम्पियन्स लिग छनोट र रेलिगेसनको कारण भने लिग रद्द गर्ने निर्णयको निकै आलोचना हुँदै आएको छ ।
फ्रान्सका प्रधानमन्त्री इडुवार्ड फिलिपेले गत अप्रिलमै फ्रान्समा सेप्टेम्बरसम्म खेलकुद गतिविधि बन्द गर्न निर्देशन दिएपछि फ्रेन्च लिग वान रद्ध गर्दै शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई यो सिजनको च्याम्पियन घोषणा गरेको थियो । पीएसजीलाई प्रति खेल जोडेको औसत अंकको आधारमा च्याम्पियन घोषणा गरिएको थियो ।
पीएसजीले दोस्रो स्थानको मार्सेसँग १२ अंकको अग्रता बनाएको थियो । पीएसजीले मार्सेले भन्दा एक खेल कम खेलेको थियो । पीएसजीको २७ खेलबाट ६८ अंक रहँदा मार्सेको २८ खेलबाट ५६ अंक रहेको थियो । युइएफएका अध्यक्ष एलेक्जान्डर सेफेरिनले केही क्लबहरुले लिग वान सुचारु गर्नको लागि उजुरी दिएपछि प्ले अफको आधारमा भएपनि सिजन सकाउन ढोका खुला रहेको बताएको छ ।
‘हामी पहिले यो स्पष्ट पार्न चहान्छौ कि राष्ट्रिय एसोसिएसनले विशेष गरी परिस्थितिलाई ध्यानमा राखेर घरेलु ढाँचाको विषयमा निर्णय गर्नेछ । तर, हामीले पनि लिग वान छिट्टै रद्ध भएको हो कि भन्ने अनुमान गरेका छौं । यद्दपि राष्ट्रिय संघले सरकारसँग समन्वय गर्न सके आउदो अगस्ट २ देखि लिग वान सुरुवात गर्न सक्नेछ,’ युइएफएले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यही निर्णय कायम रहे लियोनले सन् १९९६ पछि पहिलोपटक च्याम्पियन्स लिग र युरोपा लिग गुमाउनेछ । लियोन ४० अंक जोडेर सातौं स्थानमा छ । पीएसजीसँगै मार्सेले च्याम्पियन्स लिगमा स्थन बनाउदा रेनिसले छनोट खेल खेल्नेछ । लिलले युरोपा लिग खेल्नेछ । रेनिसले पहिलोपटक युरोपको ठुलो प्रतियोगिता खेल्नेछ । लियोनका अध्यक्ष जिन मिकेल एयुलासले सिजन सुचारु नभएको अवस्थामा फ्रेन्च स्टेटविरुद्ध मुद्दा हाल्ने बताएका छन् । यस्तै रेलिगेसन जोनमा रहेका एमिन्स र टोलुसोसँग मिलेर अदालतमा मुद्दा लड्ने बताएका छन् ।
जर्मन बुन्डेसलिगा १८ मेबाट शुरु भएको छ । स्पेनिस ला लिगा १२ जुनदेखि, इंग्लिस प्रिमियर लिग १७ जुनदेखि तथा इटालियन सिरी ‘ए’ २० जुनदेखि शुरु हुदैछ । फ्रान्ससँगै हल्यान्ड र बेल्जियन प्रिमियर लिग पनि रद्ध भएको थियो । डच लिगमा रेलिगेसन र बढुवा हटाउँदा आयाक्स र एजेट अल्कामार मध्ये एक टोली उपाधिबाट वञ्चित बनेको थियो । बेल्जियममा भने क्लब ब्रुगलाई च्याम्पियन घोषणा गरिएको थियो ।
यस सिजन भने पीएसजी र लियोन च्याम्पियन्स लिगमा अझैपनि रहेका छन् । पीएजसीले जर्मन क्लब बोरुसिया डर्टमुन्डमाथि समग्रमा ३–२ को जित निकाल्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरिसकेको छ । लियोनले इटालियन च्याम्पियन युभेन्टसमाथि प्रि–क्वाटरफाइनलको पहिलो लेगमा १–० को अग्रता लिएको छ । च्याम्पियन्स लिगका बाँकी खेल ‘मिनी टुर्नामेन्ट’ पद्दतिमा लिस्बन या फ्रान्कफर्टमध्ये एक शहरमा हुनेछ ।
April 1, 2025
सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करणबाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अघिल्ला दुवै संस्करणको उपविजेता धनगढी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिगमा विजयी सुरूवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४-१ ले पराजित गर्यो । धनगढीको जितमा अहमद हिजाजीले दुई गोल तथा कृतिश रत्न छुन्जु र सर्जियो बार्बोजाले १-१ गोल गरे । धनगढीले इन्ज्युरी समयमा २ गोल […]
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीचको खेल जारी छ। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ। दशरथ रंगशालामा जारी खेलको छैटौं मिनेटमा नै धनगढीले अग्रता बनायो। जर्ज प्रिन्स कार्कीको फ्लिक हेडरमा अहमद हिजाजीको एक्रोबेटिक सट गोलमा परिणत भयो। यो गोलमा लुम्बिनीका डिफेन्डर विमल पाण्डे र […]