default_image

5 years ago

June 7, 2020

जिदानले रियल छाड्ने

92 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानका छोरा तथा रियलका गोलरक्षक लुका जिदानले यो सिजनको अन्त्यसँगै क्लब छाड्ने भएका छन् ।

स्पेनिस पत्रिका मार्काका अनुसार २२ वर्षीय गोलरक्षक लुकाको सम्झौता यसै समरमा सकिँदैछ । उनी फ्रि ट्रान्सफरमार्फत फ्रेन्च क्लब मोन्टपेलिएर जाने सम्भावना रहेको छ  । जिदानले पहिलो रोजाईमा नियमित खेल्नको लागि नै क्लब छाड्ने योजना बनाएका हुन् ।

युवा गोलरक्षकले रियलको सिनियर टोलीको पहिलो रोजाईमा अवसर पाउने सम्भावना निकै न्यून देखेपछि भविष्य खोज्न अन्यत्र लागेका हुन् । रियलमा अहिले बेल्जियन स्टार थिवाउट कोर्टुवा र अल्फोन्स अरेओला रहेका छन् । दुवै राष्ट्रिय टोलीमा समेत नियमित खेल्दै आएका गोलरक्षक हुन् ।

जिदान यो सिजन दोस्रो डिभिजनको रेसिङ सान्टानडेरमा लोनमा खेलिरहेका छन् । उनले यो सिजन रेसिङको लागि २९ खेल खेलेका छन् । जुलाई १ मा जिदान र मोन्टपेलिएरबीच सम्झौता हुने बुझिएको छ।  लुका जिदान म्याड्रिडकै एकेडेमीमा हुर्किएका गोलरक्षक हुन् । बुवा जिनेदिन जिदान रियलको महत्त्वपूर्ण खेलाडीको रुपमा रहँदा लुका २००४ मा म्याड्रिडको एकेडेमीमा आबद्ध भएका थिए ।

लुकाले रियलको ‘बी’ टिमबाट ५० खेल खेलेका छन् । सिनियर टोलीबाट मात्रै दुई खेलमा अवसर पाएका छन् । लुकाले २०१८ मेमा भिल्लारियल विरुद्धको २–२ गोलको बराबरी तथा गत सिजन हुएस्काविरुद्ध ३–२ को जित निकालेको खेलमा पहिलो रोजाईमा अवसर पाएका थिए । दुवै खेल दौरान उनकै बुबा जिनेदिन नै प्रशिक्षक थिए । तर, म्याड्रिडका लेजेन्ड जिदानले त्यसपछि थिवाउट कोर्टुवा र अल्फोन्स अरेओलालाई प्राथमिकतामा राखेका थिए ।

मार्काका अनुसार लुका जिदानले गत सिजन नै रियलको सम्झौता नविकरणको प्रस्ताव अस्वीकार गरेका थिए । फ्रान्सका यु–२० टोलीका महत्वपुर्ण सदस्य रहिसकेका लुकाले आफुलाई युरोपको शीर्ष लिगमा स्थापित गर्ने आशा राखेका छन् । जिदानका अर्का छोरा इन्जो जिदान पनि सन् २०१७ मा रियल छाडेर ला लिगा क्लब अलाभेस पुगेका थिए । इन्जो हाल अल्मेरियाका लागि खेलिरहेका छन् ।

April 1, 2025

जीतपुरसिमरा गोल्डकपमा यसै साता सुरु हुने

सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करण‌बाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]

April 1, 2025

धनगढीको रवाफिलो सुरूवात

काठमाडौं (हाम्रो खेलकुद) – अघिल्ला दुवै संस्करणको उपविजेता धनगढी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिगमा विजयी सुरूवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४-१ ले पराजित गर्यो । धनगढीको जितमा अहमद हिजाजीले दुई गोल तथा कृतिश रत्न छुन्जु र सर्जियो बार्बोजाले १-१ गोल गरे । धनगढीले इन्ज्युरी समयमा २ गोल […]

April 1, 2025

लुम्बिनी र धनगढीबीचको पहिलो हाफमा बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीचको खेल जारी छ। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ। दशरथ रंगशालामा जारी खेलको छैटौं मिनेटमा नै धनगढीले अग्रता बनायो। जर्ज प्रिन्स कार्कीको फ्लिक हेडरमा अहमद हिजाजीको एक्रोबेटिक सट गोलमा परिणत भयो। यो गोलमा लुम्बिनीका डिफेन्डर विमल पाण्डे र […]

Success

Thank you for your time.