5 years ago
June 7, 2020
एजेन्सी – पोर्चुगिज प्रशिक्षक जोसे मोउरिन्हो विश्वका उत्कृष्ट प्रशिक्षकमा पर्छन् । मैदानभित्र उनको रणनीति र चतुर दिमागले टोलीले सफलता हात पारेपनि उनको व्यवहारका कारण भने पटक पटक समस्यामा पर्दै आएका छन् ।
मोउरिन्होले रियल म्याड्रिडमा रहँदा सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोसँग गरेको रुष्ट व्यवहारले पछिल्लो समय निकै चर्चा पाएको छ । रियलका मिडफिल्डर लुका मोड्रीचले आत्मकथामा उल्लेख गरेको उक्त घटनाले धेरैलाई आश्चर्यमा पारेको छ । मोड्रीचले सन् २०१३ मा कोपा डेल रे को एक खेलमा मोउरिन्होले रोनाल्डोलाई गरेको व्यवहारबारे चर्चा गरेका छन् ।
सन् २०१२ मा टोटेनहम छोडेर मोड्रीच रियल म्याड्रिड पुगेका थिए । त्यसबेला मोउरिन्होले रोनाल्डोसँग मिलेर रियलमा सन् २०११-१२ को स्पेनिस ला लिगा उपाधि जितेका थिए । लगत्तै सिजनमा कोपा डेल रे जित्नु रियलले आफ्नो लक्ष्य बनाएको थियो । मोउरिन्हो र रोनाल्डो रियालमा ३ वर्ष सँगै रहेपनि अन्त्यतिर भने दुईको सम्बन्ध केहि बिग्रिएको चर्चा चलेको थियो । मोउरिन्होको प्रशिक्षणमा रोनाल्डोले १ सय ६ खेलमा १ सय २० गोल गरेका थिए ।
मोड्रीचका अनुसार खेलमा रियल २-० ले अगाडी रहेपनि मोउरिन्होले रोनाल्डोलाई पहिलो हाफ चल्दै गर्दा मैदानमा गाली गरेका थिए । थ्रो-इन गर्दा रोनाल्डोले विपक्षी खेलाडीलाई दबाब नदिएको कारण मोउरिन्हो रुष्ट बनेका थिए ।
त्यसबेला मैदानमा नै मोउरिन्होले रोनाल्डोलाई बोलाएर गाली गरेका थिए । रिसले चुर भएका मोउरिन्होले हाफ टाइममा ड्रेसिङ रुमभित्र रोनाल्डोमाथि गरेको व्यवहारले मोड्रीच आश्चर्यमा परेको बताए ।
‘ रोनाल्डोसँग गरेको मोउरिन्होको व्यवहार मलाई आश्चर्यजनक लाग्यो । हामी २-० ले अग्रता लिँदा रोनाल्डोले थ्रो-इनमा विपक्षी खेलाडीलाई लखेटेनन् भनेर मोउरिन्हो रिसाएका थिए,’ उनले लेखेका छन्, ‘ मैदानमा हुँदा नै रिसले चुर भएका मोउरिन्होले हाफ टाइममा पनि छोडेनन् । रोनाल्डो रुन लागिसकेका थिए ।’
‘मोउरिन्होले ड्रेसिङ रुममा छिर्नेबितिकै रोनाल्डोको जिम्मेवारी बारे बखान गर्न थाले । उनी यति आक्रामक भए कि अन्य खेलाडीले गएर उनलाई रोनाल्डोबाट छुट्टयाएपछि मात्र साँच्चै झगडा टरेको थियो । मोउरिन्हो निकै रिसाएका थिए र रोनाल्डोले आफूले सकेसम्म राम्रो खेलिरहेको भन्दै आँशु मात्र झार्न सकेनन् ।’
मोउरिन्होले उक्त सिजन सकिएपछि नै रियल म्याड्रिड छाडेर प्रिमियर लिग फर्किएका थिए । रियल छोडेर पुरानो क्लब चेल्सी फर्केका मोउरिन्हो त्यसपछि म्यानचेस्टर युनाइटेडमा पुगे । युनाइटेडमा लामो समय टिक्न नसकेका उनी हाल अर्को इंग्लिस क्लब टोटेनहम हट्सपरको प्रशिक्षक छन् ।
May 2, 2025
रविन्द्र वाइवा, मकवानपुर हेटौंडामा शुक्रवार सुरु मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा चितवनले विजयी सुरुवात गरेको छ । हेटौंडा-६ स्थित गौरीटार रंगशालामा भएको उद्घाटन खेलमा आयोजक मकवानपुरलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै चितवनले गोल्डकपमा विजयी सुरुवात गरेको हो । निर्धारित खेल समय १-१ गोलको बराबरीपछि खेलको नतिजा टाइब्रेकरबाट लिएको हो । चितवनको लागि अनिता गुरुङले दोस्रो […]
May 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपालको हिमाली सीमावर्ती क्षेत्रमा बसोबास गर्ने बालबालिकालाई खेलकुदमा प्रोत्साहन गर्ने उद्देश्यले ग्रासरुट स्पोर्ट्स प्रोग्रामअन्तर्गत मनाङ जिल्लाका लागि नेपाल एपिएफ क्लबमार्फत १ लाख रुपैयाँ प्रदान गरेका छन् । यसले बालबालिकाको शारीरिक र मानसिक विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ। साथै, यसबाट राज्यलाई आवश्यक खेलकुद जनशक्ति उत्पादनमा पनि […]
May 2, 2025
एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो। सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]