default_image

5 years ago

June 7, 2020

बर्लिनमाथि डर्टमुन्डको संघर्षपुर्ण जित

101 views

0 Bookmark

एजेन्सी – उपाधिको झिनो आशा बोकेको बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेस लिगामा हेर्था बर्लिनमाथि संघर्षपुर्ण जित निकालेको छ । डर्टमुन्डले १–० को संघर्षपुर्ण जित निकाल्दै उपाधिको झिनो आशा जीवितै राखेको हो । 

जितसँगै डर्टमुन्डले शीर्षस्थानको बायर्न म्युनिखसँगको अंक दुरी ७ मै राखेको छ । डर्टमुन्डको ६३ तथा बायर्नको ७० अंक छ । डर्टमुन्डलाई च्याम्पियन बन्न बाँकी रहेको सबै चार खेलमा जित निकाल्नुको विकल्प नरहँदा बायर्नलाई केवल दुई जितको खाँचो छ । हारपछि हेर्था ३८ अंक जोडेर नवौं स्थानमा यथावत छ ।

बायर्नले अब बोरुसिया मोन्चेनग्लाडवाच, वेर्डर ब्रेमेन, फ्रेइवर्ग र वल्फ्सवर्गसँग खेल्न बाँकी छ । डर्टमुन्डले डुसेलडर्फ, माइन्ज, आरबी लाइप्जिग र होफेनहाइनसँग खेल्न बाँकी छ । सिग्नल इडना पार्कमा शनिबार राति भएको खेलमा बायर्नको संघर्षपुर्ण जितमा इम्री क्यानले गरेको गोल नै निर्णायक बन्यो । क्यानले दोस्रो हाफमा जुलियन ब्रान्डको पासमा गोल गरेका थिए ।

घरेलु मैदानमा डर्टमुन्डले बर्लिनलाई शुरुवातदेखि नै दवावमा राखेपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । २२औं मिनेटमा जुलियन ब्रान्डको पासमा थोर्गन हजार्डको प्रहारलाई डिफेन्डरले क्लियर गरिदिदा डर्टमुन्ड अग्रता लिनबाट चुक्यो । लगत्तै २४औं मिनेटमा जुलियन ब्रान्डको प्रहार पोस्टबाट थोरै बाहिरियो ।

५१ओं मिनेटमा एलेक्स विस्टेलले गोल गर्ने सुन्दर अवसर खेर फाल्यो । ५५औं मिनेटमा हेर्थाले मौका पाएपनि सदुपयोग गर्न सकेन । ५७औं मिनेटमा इम्री क्यानले जुलियन ब्रान्डका पासमा गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए । त्यसपछि पनि दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा क्यानको एक गोल नै डर्टमुन्डको जितमा निर्णायक बन्यो ।

March 30, 2025

बायर्नको अर्को जित

एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । बायर्नले शनिवार सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ र अर्को गोल ह्यारी केनले गरे । पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले १७औं मिनेटमा केनको गोलबाट […]

March 30, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]

March 30, 2025

पिएसजी लिग वानको उपाधि नजिक

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले शनिवार सेनिट इटिएनलाई पुनरागमनका साथ ६-१ ले पराजित गरेपनि फ्रेन्च लिग १ उपाधिको पक्का गर्न अझै प्रतीक्षा गर्नु पर्ने भएको छ। अर्को खेलमा मार्सेई राइम्ससँग ३-१ ले पराजित भयो ।मोनाको निसलाई २-१ ले हराएपछि पिएसजीले उपाधिका‌ लागि कुर्नुपर्ने भएको हो । ७ खेल बाँकी रहँदा दोस्रो स्थानमा उक्लेको  मोनाको […]

Success

Thank you for your time.