5 years ago
June 6, 2020
एजेन्सी – जर्मन बुन्डेसलिगाअन्तर्गत शनिबार भएको खेलमा साविक विजेता बायर्न म्युनिखले बायर लेभरकुसनको मैदानमा ४-२ को सहज जित हासिल गरेको छ ।
खेलको सुरुवाती समयमा लेभरकुसनले घरेलु मैदान बे एरिनामा अग्रता लिएपनि त्यसलाई लामो समय जोगाउन भने सकेन । अर्जेन्टिनी फरवार्ड लुकास अलारियोले अफसाइड ट्रयाप बिट गर्दै १० औं मिनेटमा गोल गरेका थिए । उनले जुलियन बौम्गार्टलिंगरको पासलाई अगाडी बढाउँदै पेनाल्टी क्षेत्र भित्रबाट गोलरक्षक म्यानुएल नोएरलाई बिट गरेका थिए ।
खेलमा लगातार दबाब कायम गरेपनि बायर्नले खेल बराबरी गर्न २७ औं मिनेटसम्म कुर्नुपर्यो । मिडफिल्डर लिओन गोरेट्जकाले मध्यभागमा बल खोस्दै खेलाएको थ्रु बललाई किंग्सले कोमानले वन भर्सेस वनको स्थितिमा गोल गरेका थिए । बराबरी गोलमा असिस्ट दिएका गोरेट्जकाले ४२ औं मिनेटमा आफैं गोल गरे । उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षक लुकास ह्राडेच्कीको हातमा लाग्दै गोल भएको थियो ।
पहिलो हाफको अन्तिम मिनेटमा नै बायर्नले अग्रता दोब्बर पार्न सफल रहयो । मिडफिल्डर जोशुआ किमिचले आफ्नै हाफबाट खेलेको लामो पासमा सर्ज जिनाब्रीले गोल गर्दै स्कोर ३-१ बनाए । जिनाब्रीले पहिलो टचलाई नै गोलरक्षक ह्राडेच्कीको टाउकोमाथिको दिशा दिँदै गोल गरेका थिए ।
दोस्रो हाफमा घरेलु टोलीले तीन खेलाडी परीवर्तन गर्दै आफ्नो खेल्ने शैली केहि रक्षात्मक बनाएको थियो । तर उक्त रणनीतिले बायर्नको गोल गर्ने शृंखला रोक्न सकेन । ६६ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले बायर्नको अग्रता अझै फराकिलो पारे । उनले थोमस मुलरको क्रसलाई हेडरमार्फत गोल गरेका थिए ।
खेलको ८९ औं मिनेटमा घरेलु टोलीका लागि फ्लोरियन विर्टजले गोल गर्दै गोलअन्तर कम गरे । दोस्रो हाफमा मैदान छिरेका उनले अर्का वैकल्पिक खेलाडी पाउलिन्होको पासमा गोल गरेका थिए । थप समयमा गोल हुन नसक्दा बायर्नले सहज जित आत्मसात गर्यो ।
यस जितसँगै बायर्नले लिगको शीर्षस्थानमा पकड थप बलियो बनाएको छ । बायर्नको ३० खेलमा ७० अंक रहेको छ । डर्टमुन्ड २९ खेलमा ६० अंक जोड्दै उपाधि होडबाट बाहिरिने स्थितिमा छ । डर्टमुन्डले आजै हुने खेलमा हर्था बर्लिनको सामना गर्नेछ ।
March 30, 2025
एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । बायर्नले शनिवार सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ र अर्को गोल ह्यारी केनले गरे । पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले १७औं मिनेटमा केनको गोलबाट […]
March 30, 2025
एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]
March 30, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले शनिवार सेनिट इटिएनलाई पुनरागमनका साथ ६-१ ले पराजित गरेपनि फ्रेन्च लिग १ उपाधिको पक्का गर्न अझै प्रतीक्षा गर्नु पर्ने भएको छ। अर्को खेलमा मार्सेई राइम्ससँग ३-१ ले पराजित भयो ।मोनाको निसलाई २-१ ले हराएपछि पिएसजीले उपाधिका लागि कुर्नुपर्ने भएको हो । ७ खेल बाँकी रहँदा दोस्रो स्थानमा उक्लेको मोनाको […]