5 years ago
June 6, 2020
एजेन्सी – जर्मनीको शीर्ष डिभिजन लिग, जर्मन बुन्डेसलिगामा आज (शनिबार) ३० औं चरणका विभिन्न पाँच खेलहरु हुँदैछ । शीर्ष टोली बायर्न म्युनिख, बोरुसिया डर्टमुन्ड र आरबी लाइप्जिगले फरक टोलीसँग खेल्दैछन् ।
उपाधिको झिनो आशा बाँकी रहेको बोरुसिया डर्टमुन्डले घरेलु मैदानमा हेर्था बर्लिनको आतिथ्यता गर्दैछ । खेल सिग्नल इडुना पार्क डर्टमुन्डमा राति १०ः१५ बजेपछि हुनेछ । त्यसअघि शीर्षस्थानको बायर्नले लिभरकुसनसँग साँझ ७ः१५ मा खेल्दैछ । उपाधिको आशा जिवितै राख्न डर्टमुन्डले हर्थालाई पराजित गर्नुको विकल्प छैन । तर, बायर्नको खेलको नतिजाले पनि अंक तालिकामा प्रभाव पार्न सक्नेछ ।
शीर्षस्थानको बायर्नको २९ खेलबाट ६७ अंक छ । समान खेलबाटै डर्टमुन्डको ६० अंक छ । अर्थात डर्टमुन्ड ७ अंकले पछि छ । अघिल्लो खेलमा बायर्न पराजित भएको अवस्थामा डर्टमुन्डले पनि आफु अनुकुल नतिजा निकाल्न सके अंक दुरी पुनः ४ मा छोट्याउने छ । बराबरी या हारले डर्टमुन्डको उपाधि यात्रा लगभग समाप्त हुनेछ ।
डर्टमुन्डसँग युवा स्टार जाडोन सान्चो, थोर्गन हजार्ड, जुलियन ब्रान्ट, अचरफ हाकिमी जस्ता खेलाडीको साथ रहँदा युवा सनसनी एर्लिङ ब्राउट हालान्डलाई चोटका कारण गुमाउनेछन् । हालान्डले यसअघि पाडेरबर्नविरुद्धको खेल पनि गुमाएका थिए । उक्त खेलमा सान्चोले ह्याट्रिक पुरा गरेका थिए ।
यता, हर्था बर्लिन पनि डर्टमुन्डलाई पराजित गर्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । हर्था ३८ अंक जोडेर नवौं स्थानमा छ । यि दुई टोलीबीचको पछिल्लो १७ खेलको नतिजा हेर्दा डर्टमुन्ड नै हावी छ । डर्टमुन्डले ८ खेलमा जित निकाल्दा ५ बराबरी र ४ हारको नतिजा निकालेको छ ।
March 30, 2025
एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । बायर्नले शनिवार सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ र अर्को गोल ह्यारी केनले गरे । पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले १७औं मिनेटमा केनको गोलबाट […]
March 30, 2025
एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]
March 30, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले शनिवार सेनिट इटिएनलाई पुनरागमनका साथ ६-१ ले पराजित गरेपनि फ्रेन्च लिग १ उपाधिको पक्का गर्न अझै प्रतीक्षा गर्नु पर्ने भएको छ। अर्को खेलमा मार्सेई राइम्ससँग ३-१ ले पराजित भयो ।मोनाको निसलाई २-१ ले हराएपछि पिएसजीले उपाधिका लागि कुर्नुपर्ने भएको हो । ७ खेल बाँकी रहँदा दोस्रो स्थानमा उक्लेको मोनाको […]