5 years ago
June 6, 2020
एजेन्सी – जर्मन बुन्डेसलिगामा आज (शनिबार) ३०औं चरणका विभिन्न पाँच खेलहरु हुँदैछ । शीर्ष टोली बायर्न म्युनिख, बोरुसिया डर्टमुन्ड र आरबी लाइप्जिगले फरक टोलीसँग खेल्दैछन् ।
उपाधि नजिक रहेको शीर्षस्थानको बायर्न म्युनिख बायर लेभरकुसनको भ्रमणमा निस्कने छ । खेल साँझ ७ः१५ बजेपछि हुनेछ । घरेलु टोली लिभरकुसनलाई पराजित गर्दै बायर्न उपाधि यात्रालाई थप बलियो बनाउन चहान्छ । लेभरकुसनविरुद्ध जित निकाल्न सके बायर्नलाई यो सिजनको बुन्डेस लिगाको च्याम्पियन बन्न थप सहज हुनेछ ।
२९औं चरणको खेल सकिदा बायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमुन्डलाई ७ अंकले पछि पारेको छ । बायर्नको ६७ तथा डर्टमुन्डको ६० अंक छ । तर, घरेलु टोलीविरुद्ध बायर्नलाई जित निकाल्न त्यति सहज हुनेछैन । गत नोभेम्वरमा लेभरकुसनले बायर्नलाई उसकै मैदानमा २–१ को हार चखाएको थियो । त्यसैले बायर्न लेभरकुसनविरुद्ध संयमता अपनाएर अंक नगुमाउने लक्ष्यसहित मैदान उत्रनेछ ।
बायर्न यसअघिको खेलमा भोगेको हारको बदला लिने लक्ष्यमा समेत हुनेछ । स्टार खेलाडीले भरिएको बायर्नका लागि रोबर्ट लेवान्डोस्की मुख्य हतियार हुदा उनलाई थोमस मुलर, जोसुवा किम्मिच, किङ्सले कोमन, सर्जी जिनाब्री र गोलरक्षक तथा कप्तान म्यानुयल नुयरको साथ रहनेछ । लेवान्डोस्की जर्मन बुन्डेस लिगामा सर्वाधिक गोलकर्ताको सुचीमा (२९) गोलरहित शीर्षस्थानमा रहेका छन् ।
यता, घरेलु टोली लिभरकुसन बायर्नलाई पुनः स्तब्ध पार्दै शीर्ष चारमा उक्लदै अर्काे सिजनको च्याम्पियन्स लिगको लागि स्थान बलियो बनाउन चहान्छ । लेभरकुसनले यसअघि बायर्नलाई २–१ ले पराजित गरेको थियो । लिभरकुसनका लागि युवा स्टार मिडफिल्डर काई हाभर्टजनै केन्द्रविन्दुमा हुनेछन् ।
बायर्नलाई पराजित गर्न सकेको खण्डमा लेभरकुसन ३० खेलबाट ५८ अंक जोडेर ५९ अंक जोड्दै शीर्ष चारभित्र पुग्नेछ । तर, बलियो प्रतिद्धन्द्धी बायर्नविरुद्धको खेल लेभरकुसनलाई कठिन नै हुनेछ । पछिल्ला दुई खेलमा भने लिभरकुसनले बायर्नलाई पराजित गर्न सफल भएको छ । यि दुईबीचको पछिल्लो २१ खेलमा बायर्नले ११ खेलमा जित निकालेको छ । लेभरकुसनले ५ खेलमा जित हात पार्दा ५ खेल बराबरीमा टुंगिएको छ ।
बुन्डेसलिगाकै अर्काे खेलमा साँझ ७ः१५ बजे नै तेस्रो स्थानमा रहेको आरबी लाइप्जिगले पाडेरवर्नको सामना गर्दैछ । रेलिगेसन जोनमा रहेको पाडेरवर्नलाई पराजित गर्न सके लाइप्जिग डर्टमुन्डको खेलअघिसम्म दोस्रो स्थानमा उक्लनेछ । लाइप्जिगको लागि टिमो वेर्नर नै मुख्य हतियार हुनेछ ।
यता, पाडेरवर्न पनि लाइप्जिगलाई स्तब्ध बनाउने दाउमा मैदानमा उत्रनेछ । हारले भने पाडेरवर्नलाई रेलिगेसनको खतरा बढ्नेछ । पाडेरवर्न १९ अंक जोडेर पुछारमा छ । अर्काे खेलमा फ्रान्कफर्टले माइन्जको तथा फोर्टुना डुसेलडर्फले होफेनहाइनलाई घरेलु मैदानमा आतिथ्यता गर्दैछ । दुवै खेल साँझ ७ः१५ बजे नै हुनेछ ।
March 30, 2025
एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । बायर्नले शनिवार सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ र अर्को गोल ह्यारी केनले गरे । पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले १७औं मिनेटमा केनको गोलबाट […]
March 30, 2025
एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]
March 30, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले शनिवार सेनिट इटिएनलाई पुनरागमनका साथ ६-१ ले पराजित गरेपनि फ्रेन्च लिग १ उपाधिको पक्का गर्न अझै प्रतीक्षा गर्नु पर्ने भएको छ। अर्को खेलमा मार्सेई राइम्ससँग ३-१ ले पराजित भयो ।मोनाको निसलाई २-१ ले हराएपछि पिएसजीले उपाधिका लागि कुर्नुपर्ने भएको हो । ७ खेल बाँकी रहँदा दोस्रो स्थानमा उक्लेको मोनाको […]