default_image

5 years ago

June 7, 2020

हाभर्टजलाई रियल म्याड्रिडको आकर्षक प्रस्ताव

98 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले जर्मन युवा स्टार काई हाभर्टजलाई अनुबन्ध गर्न आकर्षक प्रस्ताव गर्ने भएको छ । रियलले जर्मन क्लब बायर लिभरकुसनका हाभर्टजलाई अनुबन्धन गर्न ७१ मिलियन पाउन्डको प्रस्ताव अगाडी सार्ने भएको छ ।

रियलले हाभर्टजलाई अनुबन्धन गरेपनि अर्काे सिजन मात्रै उनी क्लबमा आउने बुझिएको छ । क्लबनिकट स्रोतका अनुसार हाभर्टज अर्काे सिजनको समरसम्म लेभरकुसनमै रहनेछन् । २० वर्षीय युवा मिडफिल्डर हाभर्टजले यो सिजन उच्च प्रदर्शन गरिरहेका छन् । उनले यो सिजन लिभरकुसनका लागि १५ गोल र ८ असिस्ट दिएका छन् ।

जर्मनीका लागि ४ खेल खेलेका हाभर्टजले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै विश्व फुटबलको ध्यान खिच्न सफल भएका छन् । हाभर्टजलाई अनुबन्ध गर्न जर्मन क्लब बायर्न म्युनिखले समेत चासो देखाइरहेको छ । बिल्डका अनुसार म्याड्रिडले हाभर्टजको हस्ताक्षरका लागि अन्य प्रतिस्पर्धीलाई पछि पार्नेछ । लेभरकुसनलाई २०२१ को समरसम्म खेलाडी लोनमा दिने विकल्प मुख्य पक्षको रुपमा हेरिएको छ ।

यस सम्झौताले दुवै क्लबलाई फाइदा हुने देखिएको छ ।  जिनेदिन जिदानले युरोपको उत्कृष्ट मिडफिल्डरको रुपमा हेरिएको हाभर्टजलाई सुरक्षित साथ क्लबमा ल्याउन सक्नेछन् । अर्को सिजन रियलले मोड्रीच र क्रुस दुवैको साथ छोड्ने र यस सिजन क्लबमा मिडफिल्डको संख्या धेरै रहेकाले दीर्घकालीन योजनाको रुपमा हाभर्ट्जलाई हेरिएको छ ।

बायरका खेल निर्देशक सिमोन रोल्फ्सले भने हाभर्टज जहाँ पनि जान सक्ने बताएका छन् । ‘काइलाई के हुन्छ हामीलाई थाहा छैन । हामीलाई थाहा छ कि जर्मनी र युरोपका ठुला क्लबहरु उनको पछि लागेका छन् । उनको जहाँसुकै खेल्न सक्ने क्षमता छ । उनी उत्कृष्ट खेलाडी हुन्,’ खेल निर्देशक सिमोनले मार्कासँग भने ।

‘धेरै वर्षदेखि बायर्न जहिले पनि युवा खेलाडीको प्रतिभाको पछि रहेको छ । त्यहाँ प्रभाव पार्न सक्ने धेरै कारकहरु छन् । उनको भविष्यको कुनै निर्णय भएको छैन । मलाई उनले लेभरकुसनको जर्सीमा लामो समय खेलेको हेर्न एकदमै मन छ । मसँग अन्य कुनै प्राथमिकता छैन । उनी आउदो दशकमा एक सर्वाेत्कृष्ट फुटबलर भएर निस्कनेछन् ।’

April 1, 2025

जीतपुरसिमरा गोल्डकपमा यसै साता सुरु हुने

सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करण‌बाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]

April 1, 2025

धनगढीको रवाफिलो सुरूवात

काठमाडौं (हाम्रो खेलकुद) – अघिल्ला दुवै संस्करणको उपविजेता धनगढी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिगमा विजयी सुरूवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४-१ ले पराजित गर्यो । धनगढीको जितमा अहमद हिजाजीले दुई गोल तथा कृतिश रत्न छुन्जु र सर्जियो बार्बोजाले १-१ गोल गरे । धनगढीले इन्ज्युरी समयमा २ गोल […]

April 1, 2025

लुम्बिनी र धनगढीबीचको पहिलो हाफमा बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीचको खेल जारी छ। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ। दशरथ रंगशालामा जारी खेलको छैटौं मिनेटमा नै धनगढीले अग्रता बनायो। जर्ज प्रिन्स कार्कीको फ्लिक हेडरमा अहमद हिजाजीको एक्रोबेटिक सट गोलमा परिणत भयो। यो गोलमा लुम्बिनीका डिफेन्डर विमल पाण्डे र […]

Success

Thank you for your time.