5 years ago
June 6, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले आफ्ना कप्तान तथा मुख्य स्ट्राइकर लियोनल मेस्सीसँगको नयाँ सम्झौताका विषयमा यसै महिना टुंगो लाग्ने बताएको छ । मेस्सीले करीअर बार्सिलोनामै पूरा गर्ने बताएपनि नयाँ सम्झौता नहुँदा हाल भविष्य अनिश्चित देखिएको हो ।
क्लवका अध्यक्ष जोसेप मारिया बार्टोमेउले मेस्सीसँग नयाँ सम्झौताको विषयमा अहिलेदेखि नै आन्तरिक रुपमा छलफल भइरहेको बताएका छन् । मेस्सीको सम्झौता अर्काे समरमा (२०२१) मा सकिँदैछ । बार्सिलोनामा मेस्सीको नयाँ सम्झौताको विषयमा क्लबका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत ओस्कर जिरोउ र मेस्सीको तर्फबाट उनका बुवा जर्जबीच छलफल हुनेछन् ।
बार्सिलोना मेस्सीको सम्झौता लम्ब्याउन आतुर देखिँदा मेस्सीले यस विषयमा केही बोलेका छैनन् । पछिल्लो समय मेस्सी र क्लबका पदाधिकारीबीच सम्बन्ध राम्रो हुन सकेको छैन । पछिल्लो समय मेस्सी बार्सिलोनामा एकैपटक लामो समयको अनुबन्ध गर्ने लक्ष्यमा छन् । करीअरको अन्त्यतिर आएकाले पनि उनी अब आफ्नो भविष्यबारे निश्चिन्त भएर बार्सिलोनामा राम्रो खेल्न सकौं भन्नेमा छन् ।
बार्सिलोनाबाट फुटबल कला निखारेका ३२ वर्षीय मेस्सीले बार्सिलोनाका लागि हालसम्म ७१८ खेलमा ६२७ गोल गरेका छन् । यो सिजन ३१ खेलमा २४ गोल गरेका छन् । उनले आफ्नो करीअर बर्सिलोनामै पूरा गर्ने चाहना व्यक्त गरेपनि पछिल्लो समय पदाधिकारीसँग सम्बन्ध बिग्रदा त्यसमा शंका उत्पन्न भएको हो ।
March 30, 2025
एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । बायर्नले शनिवार सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ र अर्को गोल ह्यारी केनले गरे । पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले १७औं मिनेटमा केनको गोलबाट […]
March 30, 2025
एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]
March 30, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले शनिवार सेनिट इटिएनलाई पुनरागमनका साथ ६-१ ले पराजित गरेपनि फ्रेन्च लिग १ उपाधिको पक्का गर्न अझै प्रतीक्षा गर्नु पर्ने भएको छ। अर्को खेलमा मार्सेई राइम्ससँग ३-१ ले पराजित भयो ।मोनाको निसलाई २-१ ले हराएपछि पिएसजीले उपाधिका लागि कुर्नुपर्ने भएको हो । ७ खेल बाँकी रहँदा दोस्रो स्थानमा उक्लेको मोनाको […]