default_image

5 years ago

June 6, 2020

फ्रेइवर्गसँग मोन्चेनग्लाडवाच स्तब्ध

74 views

0 Bookmark

एजेन्सी – जर्मन बुन्डेस लिगामा बोरुसिया मोन्चेनग्लाडवाच फ्रेइवर्गसँग स्तब्ध बनेको छ । मोन्चेनग्लाडवाच घरेलु टोलीसँग १–० ले स्तब्ध बनेको हो ।

हारसँगै मोन्चेनग्लाडवाच ५६ अंक जोडेर चौथो स्थानमा यथावत रहँदा फ्रेइवर्ग ४१ अंक जोडेर आठौं स्थानमा उक्लन सफल भएको छ । फ्रेइवर्गले अर्काे सिजनको युरोपा लिगको छनोट खेल खेल्ने सम्भावना बढेको छ । फ्रेइवर्ग छैटौ स्थानको वल्फ्सवर्गसँग मात्रै एक अंकले पछि छ ।  फ्रेइवर्गमा शुक्रबार राति भएको खेलमा खेलभर नै घरेलु टोलीलाई दवावमा राखेपनि मोन्चेनग्लाडवाचले पाएको मौकालाई सदुपयोग गर्न सकेन । दुवै टोलीले पहिलो हाफमा केही सुन्दर मौका खेर फालेका थिए ।

५८औं मिनेटमा निल्स पिटर्सनले भिन्सेन्जो गिफ्रोको पासमा गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए । उनले मैदान प्रवेश गरेको पहिलो मिनेटमा नै गोल गर्न सफल भएको हो । पिटर्सन ५७औं मिनेटमा रोलान्ड सालाईको स्थानमा मैदान छिरेका थिए ।

१ गोलले पछि परेको मोन्चेनग्लाडवाच ६८ औं मिनटमा १० खेलाडीमा समेटियो । एलासेन प्लिया दोहोरो पँहेलो कार्ड खादै मैदानबाट बाहिरिएपछि खेलमा मोन्चेनग्लाडवाचको खेलमा फर्कने आशा लगभग सकिएको थियो । १० खेलाडीमा समेटिएपनि मोन्चेनग्लाडवाचले लगातार पोस्ट आक्रमण बुनेपनि फ्रेइवर्गका गोलरक्षक याम सोमेरले उच्च प्रदर्शन गरेपछि गोल गर्न नसक्दा स्तब्ध बन्न हुन पुग्यो ।

March 30, 2025

बायर्नको अर्को जित

एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । बायर्नले शनिवार सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ र अर्को गोल ह्यारी केनले गरे । पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले १७औं मिनेटमा केनको गोलबाट […]

March 30, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]

March 30, 2025

पिएसजी लिग वानको उपाधि नजिक

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले शनिवार सेनिट इटिएनलाई पुनरागमनका साथ ६-१ ले पराजित गरेपनि फ्रेन्च लिग १ उपाधिको पक्का गर्न अझै प्रतीक्षा गर्नु पर्ने भएको छ। अर्को खेलमा मार्सेई राइम्ससँग ३-१ ले पराजित भयो ।मोनाको निसलाई २-१ ले हराएपछि पिएसजीले उपाधिका‌ लागि कुर्नुपर्ने भएको हो । ७ खेल बाँकी रहँदा दोस्रो स्थानमा उक्लेको  मोनाको […]

Success

Thank you for your time.