default_image

5 years ago

June 6, 2020

लिभरपुल पहिलो खेलबाटै च्याम्पियन बन्न सक्ने

99 views

0 Bookmark

एजेन्सी – मर्सिसाइड क्लब लिभरपुल कोरोना महामारीपछि १७ जुनदेखि सुरु हुन लागेको इंग्लिस प्रिमियर लिगको पहिलो खेलबाटै च्याम्पियन बन्न सक्ने देखिएको छ ।

नयाँ खेल तालिका अनुसार दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले पहिलो दिन नै आर्सनलको सामना गर्नेछ । २२ जुनमा बर्नलीसँग खेल्ने तालिका छ । शीर्षस्थानमा रहेको लिभरपुलले २१ जुनमा एभर्टनसँग खेल्नेछ । सिटी आर्सनलसँग पराजित भएको अवस्थामा तथा लिभरपुलले एभर्टनलाई पराजित गरेको अवस्थामा पहिलो खेलबाटै च्याम्पियन बन्न सक्नेछ ।

लिभरपुल ३० वर्षपछि प्रिमियर लिगको उपाधि नजिक छ । लिभरपुलले सिटीसँग २५ अंकको फराकिलो अग्रता बनाएको छ । लिभरपुलको २९ खेलबाट ८२ अंक छ । सिटीको २८ खेलबाट ५७ अंक छ ।

प्रिमियर लिग आयोजकले शुक्रबार २९औं चरणको बाँकी रहेका २ र अरु तीन चरणको गरी ३२ खेलको खेल तालिका सार्वजनिक गरेको छ । नयाँ तालिका अनुसार सिटीले ९ दिनभित्र तीन खेल खेल्नेछ । सिटीले आर्सनलपछि दोस्रो खेल जुन २२ मा वर्नली र तेस्रो खेल चेल्सीसँग जुन २५ मा खेल्नेछ ।

१७ जुनमा एस्टन भिल्ला र सेफिल्ड युनाइटेडबीच पनि खेल हुनेछ । जुन १९ देखि ३०औं चरणका खेल सुरु हुनेछन् । जुन १९ मा नर्विच सिटी र साउथह्याम्पटन तथा टोटेनहम हट्सपर र म्यानचेष्टर युनाइटेडबीच खेल हुनेछ ।

यस्तै जुन २० मा वाटफोर्ड र लेस्टर, ब्राइटन र आर्सनल, वेष्टह्याम र वुल्भ्स तथा बर्नमाउथ र क्रिस्टल प्यालेसबीच हुनेछ । यस्तै शीर्षस्थानको लिभरपुलले जुन २१ मा एभर्टनसँग खेल्नेछ ।

March 30, 2025

बायर्नको अर्को जित

एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । बायर्नले शनिवार सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ र अर्को गोल ह्यारी केनले गरे । पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले १७औं मिनेटमा केनको गोलबाट […]

March 30, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]

March 30, 2025

पिएसजी लिग वानको उपाधि नजिक

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले शनिवार सेनिट इटिएनलाई पुनरागमनका साथ ६-१ ले पराजित गरेपनि फ्रेन्च लिग १ उपाधिको पक्का गर्न अझै प्रतीक्षा गर्नु पर्ने भएको छ। अर्को खेलमा मार्सेई राइम्ससँग ३-१ ले पराजित भयो ।मोनाको निसलाई २-१ ले हराएपछि पिएसजीले उपाधिका‌ लागि कुर्नुपर्ने भएको हो । ७ खेल बाँकी रहँदा दोस्रो स्थानमा उक्लेको  मोनाको […]

Success

Thank you for your time.