5 years ago
June 5, 2020
एजेन्सी – कप्तान लियोनल मेस्सीले बार्सिलोनाको समूहगत अभ्यास लगातार दोस्रो दिन शुक्रबार पनि गुमाएका छन् । बिहीबार पनि उनले समूहमा अभ्यास गरेका थिएनन् । अर्जेन्टिनी कप्तानले लगातार जिममा समय बिताइरहेका छन् । उनलाई समान्य चोट लागेको बताइएको छ ।
बार्सिलोनाले पहिलो औपचारिक विज्ञपती जारी गर्दै सेल्फ आइसोसेलनका क्रममा सामान्य चोट लागेको जनाएको छ । अनाश्वयक जोखिम नलिइ विशेष अभ्यास गररहेका पनि बताइएको छ । अब ८ दिनपछि बार्सिलोनाले ला लिगामा खेल्नु पर्नेछ ।
बार्सिलोनाले आफ्ना कप्तान केहि दिनमा अभ्यासमा फर्कनेमा आशा व्यक्त गरेको छ । बार्सिलोनामा अहिले पनि धेरै खेलाडीमा चोटको समस्या रहेको छ । जसमा सामुइल उम्टिटी, अन्सु फाती, मान्चोलाई समस्या छ । क्विके सेटिनको टोलीले शनिबार अभ्यास गर्ने र आइतबार आराम गर्ने बताइएको छ ।
ला लिगाको अंक तालिकामा बार्सिलोना शीर्ष स्थानमा रहेको छ । लिग सुचारु हुने दिन नजिकिँदै गर्दा मेस्सीको खेलमा उपस्थितिबारे शंका बढेको छ ।
March 30, 2025
एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । बायर्नले शनिवार सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ र अर्को गोल ह्यारी केनले गरे । पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले १७औं मिनेटमा केनको गोलबाट […]
March 30, 2025
एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]
March 30, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले शनिवार सेनिट इटिएनलाई पुनरागमनका साथ ६-१ ले पराजित गरेपनि फ्रेन्च लिग १ उपाधिको पक्का गर्न अझै प्रतीक्षा गर्नु पर्ने भएको छ। अर्को खेलमा मार्सेई राइम्ससँग ३-१ ले पराजित भयो ।मोनाको निसलाई २-१ ले हराएपछि पिएसजीले उपाधिका लागि कुर्नुपर्ने भएको हो । ७ खेल बाँकी रहँदा दोस्रो स्थानमा उक्लेको मोनाको […]