default_image

4 years ago

June 5, 2020

खेलकुद मन्त्री विश्वकर्मामाथि सांसद यादवको गम्भिर आरोप

112 views

0 Bookmark

प्रकाश तिमल्सिना,काठमाडौं

सांसद प्रदीप यादवले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङको विवादस्पद अभिव्यक्ति छानबिन गर्न माग गर्ने क्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मामाथि गम्भिर आरोप लगाएका छन् ।

‘मलाई यहाँ सम्म पनि सुन्न आएको छ । एन्फाले पनि माननिय खेलकुद मन्त्रीलाई पनि बढा माया गरेको छ,’ शुक्रबार संसदमा उनको उनको आरोप थियो, ‘एन्फाले उहाँलाई १७ करोड रुपैयाँ दिएको छ ।’

शुक्रबार संसदमा बोल्दै सांसद यादवले मेधेसीका विषयमा गलत अभिव्यक्ति दिने एन्फा अध्यक्ष शेर्पालाई अबिलम्ब निलम्बन गरि छानबिनमा ल्याउन सभामुख मार्फत खेलकुद मन्त्री विश्वकर्मालाई आग्रह गरेका छन् । यसै महिनाको सुरुवातमा एन्फा अध्यक्ष शेर्पाले वेब पोर्टललाई दिएको अन्तवार्तामा ग्रासरुट कार्यक्रमका विषयमा बोल्ने क्रममा तराईमा राष्ट्रियताको कमी रहेको बताएपछि विवादमा तानिएका थिए ।

सांसद यादवले एन्फा अध्यक्ष शेर्पाले अनलाईन अन्तवार्ता दिने क्रममा मेधेसीलाई राष्ट्रियता आउँदैन राष्ट्रियता सिकाउनुपर्छ भनेको उल्लेख गर्दे भने, ‘त्यो पनि कसको मार्फत सेनाको मार्फत । सेनालाई पनि मुछ्नुभएको छ । मधेसीलाई उहाँले राष्ट्रिय सिकाउने हो ? मधेसीलाई राष्ट्रिय आउँदैन ? मधेसीलाई हेप्ने र होच्याउने काम भएको छ ।’

उनले शेर्पाले मन्त्री विश्वकर्माकै ताकतमा त्यस्तो बोलेको आरोप समेत लगाएका छन् । सांसदले सेना पवित्रा संस्था भएको उल्लेख गर्दै भने, हामी सेनालाई दिलमा राख्छौं मुटुमा राख्छौं । सांसदले बोलिरहँदा खेलकुद मन्त्री विश्वकर्मा संसदमै थिए । यहाँ सम्मकी सांसद यावदले एन्फा अध्यक्ष शेर्पाले देश टुक्राउने सम्म अभिव्यक्ति दिएको आरोप समेत लगाएका थिए ।

ग्रासरुट कार्यक्रमका लागि नेपाली सेना सँगको सहकार्यमा तराईका  जिल्ला (सप्तरी, सिराहा, धनुषा र महोत्तरी) मा ग्रासरुटको कार्यक्रम सुरु गरेको बताउँने क्रममा एन्फा अध्यक्ष शेर्पाले राष्ट्रियताको प्रसंग उठाएका थिए । उक्त अन्तर्वार्तामा शेर्पाले आर्मीसँगको सहकार्यमा ग्रासरुट सुरु गर्नुको दुई वटा कारण रहेको बताएका थिए ।

‘एउटा तराईको बच्चाहरुलाई फुटबल प्रति आकर्षण गर्नका को लागि । अर्को राष्ट्रियता सिकाउनको लागि हामीले गर्यौं,’ उनले भनेका थिए,’ तराई तिर जाँदा राष्ट्रियताको फिलिङ अलि कम पाइन्छ । त्यसले गर्दा आर्मीको ब्यारकेमा प्रशिक्षण लिन आउँदा त्यहाँ राष्ट्रिय गित पनि सिक्ने नेपालको विषयमा चर्चा हुने भएकाले फुटबलको माध्यमबाट खेलाडी उत्पादन गर्ने हिसाबले हामीले काम गरेका छौं ।’

शर्पाको विवादास्पत अभिव्यक्तिको छानविन गर्न एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङ र पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठले फिफालाई छुट्टा छुट्टै उजुरी गरेका थिए । एन्फा अध्यक्ष शेर्पाले भने आफ्नो अभिव्यक्तिका लागि माफी मागेका थिए । बुधबार विज्ञप्ती जारी गर्दै अन्तवार्ताको क्रममा व्यक्त शब्दावलीबाट नेपाली दाजुभाई तथा दिदी बहिनी एवम् त्यस क्षेत्रका नेपालीहरुमा कुनै चोट वा ठेस पुग्न गएमा त्यसप्रति हार्दिक क्षमा याचना गरेका छन् ।

सोही विज्ञप्तीमा उनले भनेका छन्, ‘अनलाईन अन्तर्वाताको क्रममा व्यक्त भावना भन्दा पनि शाब्दिक अर्थमा मात्रै धेरै ध्यान दिइएको छ । तर मेरो अभिप्राय तथा भावना कुनै पनि भाषा, वर्ग, धर्म लिंग तथा सम्प्रदायको नेपालीको राष्ट्रियतथामा प्रश्न गर्ने थिएन र कदापि होइन पनि ।’

सोहि विषयमा जेठ १४ गते सांसद विमलप्रसाद श्रीवास्तवले एन्फा अध्यक्ष शेर्पालाई कारवाही गर्न संसदमा माग गरेका थिए । एन्फा अन्तर्गत नै रहेका ४ जिल्ला फुटबल संघ ९काठमाडौं, ललितपुर, भक्तपुर र धादिङ० का अध्यक्षले संयुक्त रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई एन्फा अध्यक्ष शेर्पालाई कारवाही गर्न माग गरेका थिए ।

November 1, 2024

फुटबलर प्रीतिलाई ब्यागमान्डुको सम्मान

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाई प्रियाले नगदसहित सम्मान गरेको छ । ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रवार साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान पत्र र गिफ्ट ह्याम्परदले सम्मान गरेको हो । ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर तथा १३औं दक्षिण […]

November 1, 2024

फाइनलकी गोलकर्ता अमिषा १ लाख सहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालका लागि एकमात्र गोल गर्न सफल मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले अमिषालाई १ लाख रुपैयाँसहित शुक्रवार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । […]

October 31, 2024

प्रधानमन्त्री ओली सामु फुटबल खेलाडीको गुनासो

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुुटबलको उपविजेता नेपाली टोलीलाई सरकारले तिहारको बिदा सकिएलगत्तै पुरस्कार दिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा फुुटबल टोलीका खेलाडी, अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीसँगको बिहीवार भएको भेटमा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याइँ नगर्ने भन्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने […]

Success

Thank you for your time.