5 years ago
June 5, 2020
एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ट्रान्सफर बजारमा कुनै क्लबले खरिद गर्न चाहे आफ्ना ब्राजिली स्टार फरवार्ड नेयमारको रिलिज क्लज १५५ मिलियन पाउन्ड राखेको छ ।
नेयमारको नाम पछिल्लो समय क्याटलान क्लब बार्सिलोनासँग जोडिएको छ । बार्सिलोनाले आफ्ना पुर्व फरवार्ड नेयमारलाई यो समरमा अनुबन्ध गर्ने योजना बनाएको छ । नेयमारसँग अझैपनि लियोनेल मेस्सी र लुइस सुआरजेको राम्रो सम्बन्ध रहेको छ । एक समय बार्सिलोनाको अग्रपङ्ति मेस्सी, सुआरेज र नेयमार (एमएसएन) ले तहल्का मच्चाएको थियो ।
बार्सिलोनाको प्रस्तावको अपेक्षा गरेर नै नै पीएसजीले नेयमारको रिलिज क्लज राखेको हो । यस्तै पीएसजीले १५५ मिलियन पाउन्ड खर्च गरेमात्रै नेयमार दिने र त्यसमा अन्य कुनै खेलाडी साटफेर नहुने जनाएको छ । पीएसजी नेयमारसँग अन्य कुनै खेलाडी सम्झौताको अंश चाहदैन ।
नेयमारलाई अनुबन्ध गर्न अर्काे स्पेनिस क्लब रियल म्याड्रिडले पनि चासो देखाइरहेको छ । नेयमार सन् २०१७ मा बार्सिलोनाबाटै विश्वकीर्तिमानी २२२ मिलियन युरोमा पीएसजी पुगेका थिए । पीएसजी पुगेको पहिलो सिजन नै नेयमारले फ्रान्स छाड्ने योजना बनाइरहेपनि सफल हुन सकेको छैन ।
फ्रान्स पुगे लगत्तै नेयमार लगातार चोटसँग जुधिरहेका छन् । फ्रेन्च लिग वानमा पीएसजीको सम्भावित १०३ खेलमा नेयमारले मात्रै ५२ खेल खेल्दै ४७ गोल गरेका छन् । पीएसजीका लागि ८० खेल खेल्दा ६९ गोल गरेका छन् । पीएसजीले यसै साता अर्जेन्टिनी फरवार्ड माउरो इकार्डीलाई स्थायी अनुबन्धन गरेपछि नेयमारले क्लब छाड्ने सम्भावना बढेको छ ।
March 30, 2025
एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । बायर्नले शनिवार सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ र अर्को गोल ह्यारी केनले गरे । पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले १७औं मिनेटमा केनको गोलबाट […]
March 30, 2025
एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]
March 30, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले शनिवार सेनिट इटिएनलाई पुनरागमनका साथ ६-१ ले पराजित गरेपनि फ्रेन्च लिग १ उपाधिको पक्का गर्न अझै प्रतीक्षा गर्नु पर्ने भएको छ। अर्को खेलमा मार्सेई राइम्ससँग ३-१ ले पराजित भयो ।मोनाको निसलाई २-१ ले हराएपछि पिएसजीले उपाधिका लागि कुर्नुपर्ने भएको हो । ७ खेल बाँकी रहँदा दोस्रो स्थानमा उक्लेको मोनाको […]