default_image

5 years ago

June 4, 2020

मेस्सी र रोनाल्डोभन्दा सान्चो उत्कृष्ट

147 views

0 Bookmark

एजेन्सी – आधुनिक फुटबलका दुई हस्ती अर्जेन्टिनी लियोनेल मेस्सी र पोर्चुगिज क्रिस्टियानो रोनाल्डोभन्दा इंग्लिस युवा फरवार्ड जाडोन सान्चो उत्कृष्ट देखिएका छन् । 

जर्मन क्लब बोरुसिया डर्टमुन्डका २० वर्षे इंग्लिस फरवार्ड सान्चो यो उमेरमा उत्कृष्ट प्रदर्शन गर्नेमा रोनाल्डो र मेस्सीभन्दा उत्कृष्ट देखिएको हो । सान्चोले बुन्डेस लिगामा पाडेरवर्नविरुद्धको खेलमा ह्याट्रिक पुरा गरेपछि उनको चर्चा युरोपभर नै चुलिएको छ ।  उनको खेल्ने शैली र गोल र असिस्ट गर्ने शैलीको तारिफ भइरहेको छ । यो उमेरमा मेस्सी र रोनाल्डोले पनि यस्तो किसिमले खेल्न नसकेको भन्दै चर्चा भइरहेको छ ।

सान्चोले डर्टमुन्डबाट तीन सिजनमा ९४ खेल खेल्दा ३४ गोल गर्दा ४३ असिस्ट गरेका छन् । यो उमेरमा मेस्सीले ७० खेलमा २६ गोल र ८ असिस्ट गरेका थिए । यस्तै रोनाल्डोले १०७ खेलमा १६ गोल र १६ असिस्ट दिएका थिए । रोनाल्डोले स्पोर्टिङ एसपी र म्यानचेस्टर युनाइटेडबाट खेलेका थिए । सान्चो तीन सिजनमा ७७ गोलमा संलग्न रहँदा रोनाल्डो र मेस्सीको जोड्दा पनि पुग्ने देखिदैन । रोनाल्डो र मेस्सीको जोड्दा ६६ मात्रै हुन आउछ ।

यो सिजन सान्चो डर्टमुन्डको ३३ गोलमा संलग्न छन् । जसमा १७ गोल र १६ असिस्ट छन् । युरोपको शीर्ष ५ लिगमा २१ वर्षमुनिका कुनैपनि खेलाडीले गरेको यो अहिलेसम्मकै धेरै गोल हो । यस्तै विश्वविजेता फ्रान्सका युवा फरवार्ड केलियन एमबाप्पे यो सिजन पीएसजीको २३ गोलमा संलग्न छन् । उनले १७ गोल र ५ असिस्ट दिएका छन् ।

सान्चोको यो सिजनको ३३ गोलमा संलग्नता यसअघि पनि एमबाप्पे भन्दा राम्रो छ । एमबाप्पे २०१७ मा २३ र २०१८ मा २१ गोलमा संलग्न थिए । गत सिजन मात्रै एमबाप्पेले सान्चोलाई उछिनेका थिए । एमबाप्पे गत सिजन ४० गोल (३३ गोल र ७ असिस्ट) मा संलग्न थिए ।

सान्चो २०१७ मा इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट ८ मिलियन पाउन्डमा डर्टमुन्ड पुगेका थिए । डर्टमुन्ड पुगेलगत्तै लगातार उच्च प्रदर्शन गर्दै विश्व फुटबलमा आफ्नो छाप छोड्न सफल भएका छन् । तीन वर्षअघि ८ मिलियन पाउन्डका सान्चोको मुल्य अहिले ११७ मिलियन युरो पुगिसकेको छ ।

सान्चो अनुबन्ध गर्न इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र स्पेनिस क्लब रियल म्याड्रिडले चासो देखाइरहेको छ ।

March 30, 2025

बायर्नको अर्को जित

एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । बायर्नले शनिवार सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ र अर्को गोल ह्यारी केनले गरे । पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले १७औं मिनेटमा केनको गोलबाट […]

March 30, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]

March 30, 2025

पिएसजी लिग वानको उपाधि नजिक

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले शनिवार सेनिट इटिएनलाई पुनरागमनका साथ ६-१ ले पराजित गरेपनि फ्रेन्च लिग १ उपाधिको पक्का गर्न अझै प्रतीक्षा गर्नु पर्ने भएको छ। अर्को खेलमा मार्सेई राइम्ससँग ३-१ ले पराजित भयो ।मोनाको निसलाई २-१ ले हराएपछि पिएसजीले उपाधिका‌ लागि कुर्नुपर्ने भएको हो । ७ खेल बाँकी रहँदा दोस्रो स्थानमा उक्लेको  मोनाको […]

Success

Thank you for your time.