5 years ago
June 3, 2020
एजेन्सी – इंग्लिस मिडफिल्डर जेडन सान्चोले पछिल्लो समय जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट खेल्दै तहल्का मच्चाइरहेका छन् । म्यान्चेस्टर सिटीबाट सिनियर टिममा फुटबलको खोजीमा डर्टमुन्ड जाने उनको निर्णय सहि सावित भएको छ ।
२० वर्षीय सान्चोले आइतबार जर्मन बुन्डेसलिगा अन्तर्गत पाडेरबर्नविरुद्ध खेलमा ह्याट्रिक प्रहार गर्दै विश्व फुटबलमै बिरलै देखिने उपलब्धि हासिल गरेका छन् । उनको ह्याट्रिककै मदतले डर्टमुन्ड ६-१ ले विजयी भएको थियो । जारी सिजन निकै फर्ममा रहेका सान्चोले एकै सिजनमा १५ गोल र १५ असिस्ट पूरा गर्दै दुर्लभ उपलब्धि हासिल गरेका छन् ।
सान्चोले हालसम्म यस सिजन १७ गोल र १७ असिस्ट दिएका छन् । उनी सन् २००५-०६ सिजनपछि युरोपको शीर्ष लिगमा यो उपलब्धि हासिल गर्ने पहिलो इंग्लिस खेलाडी बनेका छन् । समग्रमा उनी लिओनेल मेस्सी, इडेन हाजार्ड, क्रिस्टियानो रोनाल्डो र लुइस सुआरेजपछि यो सफलता प्राप्त गर्ने पाँचौ खेलाडी बनेका छन् ।
मेस्सीले हालसम्म ४ पटक यो उपलब्धि हासिल गरेका छन् । मेस्सीले सन् २०१०-११ सिजनमा ३१ गोल र १८ असिस्ट, २०११-१२ मा ५० गोल र १६ असिस्ट,२०१४-१५ सिजनमा ४३ गोल र १८ असिस्ट तथा २०१५-१६ सिजनमा २६ गोल र १६ असिस्ट दिएका थिए ।
हाजार्डले भने सन् २०११-१२ मा फ्रान्सेली क्लब लिलबाट खेल्दै २० गोल र १६ असिस्ट तथा सन् २०१८-१९ सिजनमा चेल्सीका लागि १६ गोल र १५ असिस्ट प्रदान गरेका थिए ।
क्रिस्टियानो रोनाल्डोले सन् २०१४-१५ सिजनमा रियलको जर्सीमा ४८ गोल र १६ असिस्टको प्रदर्शन गरेका थिए । सुआरेजले २०१५-१६ सिजनमा ४० गोल र १६ असिस्टको उपलब्धि हासिल गरेका थिए । सुआरेजको उक्त प्रदर्शनले बार्सिलोना लिग च्याम्पियन बनेको थियो ।
March 27, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले श्री भगवती क्लबलाई बराबरीमा रोकेको छ । इन्जुरी समयसम्म अग्रतामा रहेको श्री भगवती अन्तिम समयमा गोल खाँदा १-१ को बराबरीमा रोकिएको हो । एन्फा कम्प्लेक्समा भएको खेलको ३१ औं मिनेटमा विक्रान्त नरसिंह रानाले गोल गरे । उनको सुरूवाती प्रयास पोस्टमा लागेपनि रिबाउन्डमा आएको […]
March 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा केहि दिनका लागि स्वदेश फर्कने भएकी छिन्। एन्जिलाको जीवन कथामा आधारित ‘अन्जिला’ फिल्म देशभर दोस्रो सातामा चलिरहेको छ । सोही फिल्मको प्रमोसनका लागि उनी शुक्रवार बिहान १०:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बताइएको छ । उनी अर्को साता नै ग्रीस फर्कने […]
March 27, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी महिला एसियन कप २०२६ को छनोट चरणमा नेपाल समूह एफमा परेको छ । मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा विहीबार सम्पन्न ड्रमा नेपाल र आयोजक उज्वेकिस्तान एकै समूहमा परेका हुन् । समूह एफ मा लाओस र श्रीलंका पनि रहेका छन् । हरेक समूहको विजेताले अष्ट्रेलियामा हुने एसियन कप खेल्नेछन् । ३४ टोलीलाई […]