default_image

5 years ago

June 3, 2020

रियल छाडेसँगै रोनाल्डोको व्यक्तिगत उपाधिमा खडेरी

133 views

0 Bookmark

एजेन्सी – पोर्चुगलको राष्ट्रिय टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोले स्पेनिस महारथी रियल म्याड्रिड छाडेर इटालियन च्याम्पियन युभेन्टस पुगेको झन्डै २ वर्ष पुग्न लागेको छ ।

रियल म्याड्रिडमा रोनाल्डोले निकै सफलता हासिल गरेका थिए । रियलकै जर्सीमा लगातार तीन पटकसहित कुल ४ पटक च्याम्पियन्स लिग उपाधि जितेका रोनाल्डोले दुर्लभ इतिहास रचे । व्यक्तिगत उपाधिका हिसाबले रोनाल्डोले रियल म्याड्रिडमा सफल समय बिताए । तर युभेन्टसमा आएपछि भने व्यक्तिगत उपाधिमा केहि कमी आएको छ ।

रोनाल्डोले व्यक्तिगत उपाधिका रुपमा युभेन्टस पुगेपछि एक मात्रर सफलता हात परेका छन् । उनी गत सिजन लिगकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । उनले युभेन्टसलाई लिग च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । तर रोनाल्डोको स्तर अनुसार भने उनीबाट थप अपेक्षा गरिएको थियो ।

ब्यालोन डी’ओर

रोनाल्डोले रियल म्याड्रिड छाडेपनि सन् २०१८ मा विश्व फुटबलको प्रतिष्ठित ब्यालोन डी’ओरले रियल छाडेन । मिडफिल्डर लुका मोड्रीचले फिफा विश्वकपका साथै च्याम्पियन्स लिगमा गरेको प्रदर्शनलाई आधार मान्दै उपाधि जिते । सन् २०१९ मा बार्सिलोना कप्तान लिओनेल मेस्सीले उपाधि जिते । यस जितसँगै उनले कुल उपाधि संख्या ६ बनाउँदै रोनाल्डोलाई पनि उछिने ।

फिफाको द बेस्ट

ब्यालोन डी’ओर जस्तै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रदान गर्ने द बेस्ट अवार्डमा पनि मोड्रीच र मेस्सीले रोनाल्डोलाई पछि पारे । सन् २०१९ मा त रोनाल्डोले दोस्रो स्थान पनि हासिल गर्न सकेनन् । मेस्सीले उपाधि उचाल्दा लिभरपुलका डिफेन्डर भर्जिल भान डाइक दोस्रा भएका थिए ।

युरोपेली गोल्डेन बुट

रियल म्याड्रिडमा रहँदा रोनाल्डोले दुई पटक युरोपेली गोल्डेन बुटमा कब्जा जमाएका थिए । सन् २०१३-१४ र २०१४-१५ को सिजनमा रोनाल्डोले युरोपको सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट हात पारे । पछिल्लो तीन सिजन बार्सिलोनाका मेस्सीले नै यस उपाधिमा वर्चस्व जमाएका छन् ।

यस सिजन रोनाल्डोले गोल्डेन बुट जित्ने सम्भावना निकै कम छ । पाँचौ स्थानमा रहेका रोनाल्डोले २१ गोल गर्दै जम्मा ४२ अंक जोडेका छन् भने रोबर्ट लेवान्डोस्की २९ गोल (५८ अंक) सहित शीर्ष स्थानमा रहेका छन् । इटालियन लिगमा नै रोनाल्डोलाई लाजियोका चिरो इम्मोबिलेले पछाडी पारेका छन् ।

च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता

च्याम्पियन्स लिगमा हालसम्मको गोल संख्या हेर्ने हो भने रोनाल्डो मेस्सीभन्दा १४ गोलले अगाडी छन् । रोनाल्डोले १ सय २८ गोल गर्दा मेस्सीले १ सय १४ गोलसहित पछ्याइरहेका छन् । गत सिजन भने रोनाल्डो मेस्सीभन्दा निकै पछाडी थिए । रोनाल्डोले गत सिजन मात्र ६ गोल गर्दा मेस्सीले त्यसको दोब्बर गोल गरे ।

रियल छोड्नुअघि रोनाल्डोले ७ पटक सर्वाधिक गोलकर्ताको उपाधि जितेका थिए । त्यसमध्य ६ पटक रियल र १ पटक म्यान्चेस्टर युनाइटेडको जर्सीमा उपलब्धि हासिल गरेका थिए । यस सिजन प्रि-क्वाटरफाइनलको दोस्रो लेग बाँकी रहँदा युभेन्टस लियोनसँग १-० ले पछाडी छ ।  रोनाल्डोले यस सिजन दुई गोल मात्र गरेका छन् र सर्वाधिक गोलकर्ता बन्ने सम्भावना निकै न्यून छ ।

यूईएफए प्लेयर अफ द इयर

रोनाल्डोले रियल म्याड्रिडमा रहँदा तीन पटक यस उपाधि जितेका थिए । सन् २०१४, २०१६ र २०१७ मा रोनाल्डोले च्याम्पियन्स लिग र युरोमा गरेको प्रदर्शनको आधारमा यो सफलता प्राप्त गरे । तर उनी रियल छोडेपछि मोड्रीच र भान डाइकले सफलता हासिल गरे ।

लिगको गोल्डेन बुट

ला लिगामा रहँदा रोनाल्डोले तीन सिजन लिगको सर्वाधिक गोलकर्ताका रुपमा गोल्डेन बुट हात पारेका थिए । गत सिजन रोनाल्डो फाबियो क्वाग्लीआरेल्लाभन्दा पछाडी रहेका थिए । क्वाग्लीआरेल्लाले २६ गोल गर्दा रोनाल्डोले २१ गोल गरेका थिए । यस सिजन रोनाल्डोले अहिले नै २१ गोल गरेपनि इम्मोबिलेले २७ गोल गर्दै सर्वाधिक गोलकर्ताको सुचिमा अधिपत्य जमाएका छन् ।

March 26, 2025

फिफाका पूर्व अध्यक्ष ब्लाटरसँगै प्लाटिनीले पाए सफाई

एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्। स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए। पहिलो पटक […]

March 26, 2025

ललितपुर सिटीका इमोह  र पापा आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न  इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा‌ च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह   गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको‌ फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले  […]

March 26, 2025

एन्फाको बजेट १ अर्ब ५६ करोड!

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले वैशाख २६ गते हुने साधारण सभामा डेढ अर्ब रुपैयाँको बजेट पेश गर्ने भएको छ । एन्फाले बुधबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार वैशाख २६ गते संघको नियमित साधारण सभा गर्ने उल्लेख गरिएको छ । उक्त सभामा वार्षिक कार्यक्रम तथा प्रतियोगिताका लागि अनुमानित बजेट […]

Success

Thank you for your time.