default_image

5 years ago

June 3, 2020

प्रिमियर लिग फर्कने काउटिन्होको चाहना

116 views

0 Bookmark

एजेन्सी – लिभरपुलबाट बार्सिलोना पुगेका फिलिप्पे काउटिन्हो पुनः प्रिमियर लिग क्लब नै फर्कन चाहिरहेको बताइएको छ । ब्राजिलियन मिडफिल्डर अहिले लोनमा बायर्न म्युनिखमा छन् । बायर्नले स्थाई रुपमा क्लबमा राख्ने नचाहेपछि सिजनको समाप्तीसँगै उनी बार्सिलोना फर्कनेछन् ।

दुई वर्षअघि उच्च अपेक्षाका साथ बार्सिलोनाले भित्राइएका काउटिन्होले त्यहाँ भने प्रभाव पार्न सकेनन् । उनलाई भित्राउनका लागि बार्सिलोना ठूलो मुख्य खर्च गरेको थियो । बार्सिलोना पनि नयाँ सिजनका लागि उनीलाई बिक्री गरेर कमाई गर्न चाहि रहेको चर्चा चलिरहेको छ । लिभरपुल र ब्राजिलियन टोलीबाट उनले विगतमा देखाएको प्रदर्शन बार्सिलोना भने देख्न नसकिएको बताइन्छ ।

प्रिमियर लिगमा भने उनले उच्च प्रदर्शन गरेका थिए । त्यहि कारण पनि उनी पुन इग्ल्यान्ड फर्कन चाहिरहेको बताइएको छ । तर, अहिले कुनै पनि ठूला प्रिमियर लिग टोली उनलाई भित्राउन इच्छुक देखिएका छैनन् ।

‘उनी कुनै पनि बेला प्रिमियर लिग फर्कन चाहन्छन्,’ काउटिन्होका एजेन्ट के जोराबचिनले भने, ‘यो वर्ष हुन्छ हुँदैन हामीलाई थाहा छैन ।’ उनले कोटिन्हो लोनमा बायर्नमै रहन सक्ने सम्भावनालाई पनि अस्वीकार गरेनन् । तर उनलाई लिएर बार्सिलोनाको योजना के रहन्छ त्यसमा धेरै विषय निर्भर हुन्छ ।

March 26, 2025

फिफाका पूर्व अध्यक्ष ब्लाटरसँगै प्लाटिनीले पाए सफाई

एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्। स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए। पहिलो पटक […]

March 26, 2025

ललितपुर सिटीका इमोह  र पापा आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न  इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा‌ च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह   गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको‌ फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले  […]

March 26, 2025

एन्फाको बजेट १ अर्ब ५६ करोड!

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले वैशाख २६ गते हुने साधारण सभामा डेढ अर्ब रुपैयाँको बजेट पेश गर्ने भएको छ । एन्फाले बुधबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार वैशाख २६ गते संघको नियमित साधारण सभा गर्ने उल्लेख गरिएको छ । उक्त सभामा वार्षिक कार्यक्रम तथा प्रतियोगिताका लागि अनुमानित बजेट […]

Success

Thank you for your time.