5 years ago
June 3, 2020
एजेन्सी – यो वर्षको च्याम्पियन्स लिग फाइनल पोर्चुगलमा हुन सक्ने सम्भावना रहेको पोर्चुगल फुटबल संघका अध्यक्ष मार्सेलो रेबेलो डी सुसाले बताएका छन् ।
च्याम्पियन्स लिगका अन्तिम १६ का केहि खेल टुंगो लागेपछि क्वार्टरफाइनल र बाँकी खेल अगस्टमा हुन सक्ने सम्भावना रहको बताइएको छ । यूईएफएले यसबारे सबै क्लबसँग एक चरण छलफल गरिसकेको छ र औपचारिक निर्णय आउन बाँकी छ । ‘मलाई लाग्छ अग्रष्टमा पोर्चुगलमा अन्तर्राष्ट्रिय फुटबलका विषयमा सुखद समाचार आउन सक्छ,’ अध्यक्ष सुसाले भने ।
कोरोनाका कारण स्थगित भएको पोर्चुगिज लिग भने जुन ३ बाट सुचारु हुने बताइएको छ । अध्यक्ष सुसाले समर्थकहरुलाई रंगशालामा ल्याउन हतार नगरिने पनि प्रष्ट पारेका छन् । ‘हामी कुनै पनि विषयमा हतार गर्ने पक्षमा छैनौं’, उनले भने, ‘हामी जोखिम उठाउने मनस्थितिमा छैनौं । खेल हुन्छ तर बन्द रंगशालामा गर्नु अहिलेको अवस्थामा उचित देखिन्छ ।’
कोराना भाइरस कोभिड १९ का कारण युरोपिसहित विश्वका अधिकांश देशका फुटबललगायत सबै खेलकुद गति विधि स्थगित भएका छन् । बुन्डेसलिगा भने केहि अघिबाट सुरु भइसकेको छ । स्थगित हुनुअघि च्याम्पियन्स लिग फाइनल टर्कीको इस्ताबुलमा हुने तय थियो । तर यूईएफएले सहभागी क्लबसँग छलफलपछि अन्तिम चरणका खेल एकै रंगशालामा गर्ने सम्भावनाबारे अध्ययन गर्दा प्रतियोगिता पोर्चुगलमा हुने सम्भावना बढेको हो ।
March 26, 2025
एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्। स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए। पहिलो पटक […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले वैशाख २६ गते हुने साधारण सभामा डेढ अर्ब रुपैयाँको बजेट पेश गर्ने भएको छ । एन्फाले बुधबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार वैशाख २६ गते संघको नियमित साधारण सभा गर्ने उल्लेख गरिएको छ । उक्त सभामा वार्षिक कार्यक्रम तथा प्रतियोगिताका लागि अनुमानित बजेट […]