5 years ago
June 3, 2020
एजेन्सी – प्रशिक्षक किके सेटिन बार्सिलोनामा नियुक्त भएपछि पहिलोपटक आफ्नो पूर्ण टोलीसँग प्रशिक्षण गर्न पाएका छन् । चोटका कारण बाहिर रहेका फरवार्ड लुइस सुआरेज समेत प्रशिक्षणमा समावेश भएपछि सेटिनले पहिलो पटक पूरा टोलीलाई प्रशिक्षण दिए ।
उरुग्वेका फरवार्ड सुआरेज जनवरीको दोस्रो साता स्पेनिस सुपरकपको सेमिफाइनल खेलमा एटलेटिको म्याड्रिडविरुद्ध खेल्दा घाइते भएका थिए । उक्त खेल नै तत्कालिन प्रशिक्षक एर्नेस्टो भालभेर्डेको अन्तिम खेल हुन पुगेको थियो । बार्सिलोनाले सेटिनलाई उनको स्थानमा ल्याएको थियो ।
सुआरेजले चोट बोकेपछि शल्यक्रिया नै गर्नुपर्दा लामो समय मैदानबाहिर रहने भएका थिए । उनले सिजन गुमाउने पक्का भएको थियो । तर कोरोनाका कारण लिग नै स्थगित हुँदा सुआरेज ठिक भएर मैदान फर्किएका छन् । उनले शल्यक्रियापछि चार महिना पूर्ण रुपमा विश्राम गरेका थिए ।
बार्सिलोनाले जुन १३ मा ला लिगा सुचारु भएपछि खेल्दा सुआरेजसँग लिओनेल मेस्सी र एन्टोइन ग्रिजमन पनि आक्रमणमा साथ दिन उपलब्ध हुनेछन् । ग्रिजमनको आगमनपछि विविध कारणले यी तीन खेलाडीले सँगै खेल्न पाएका छैनन् । सुरुवातमा मेस्सी घाइते हुनु र पछिल्लो समय सुआरेज उपलब्ध नहुनु यसको मुख्य कारण रहेको छ ।
जारी सिजन मेस्सी, सुआरेज र ग्रिजमनले १३ खेलमा सँगै खेलेका छन् । यसक्रममा टोलीले ८ जित, ३ बराबरी र २ खेलमा हार बेहोरेको छ । यीमध्य मात्र एक खेलमा तीनै खेलाडीले गोल गर्न सफल भएका छन् । अक्टोबरमा एइबारविरुद्ध खेलमा तीनैजनाले गोल गरेका थिए ।
सुआरेज लामो समय मैदानबाहिर रहेपनि लिगमा यस सिजन ११ गोल गरेका छन् । मेस्सी १९ गोलसहित लिगको सर्वाधिक गोलकर्ता सुचिमा शीर्षस्थानमा छन् । ग्रिजमनले पनि जारी सिजन ८ गोल गरिसकेका छन् ।
March 26, 2025
एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्। स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए। पहिलो पटक […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले वैशाख २६ गते हुने साधारण सभामा डेढ अर्ब रुपैयाँको बजेट पेश गर्ने भएको छ । एन्फाले बुधबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार वैशाख २६ गते संघको नियमित साधारण सभा गर्ने उल्लेख गरिएको छ । उक्त सभामा वार्षिक कार्यक्रम तथा प्रतियोगिताका लागि अनुमानित बजेट […]