5 years ago
June 3, 2020
एजेन्सी – प्रिमियर लिग आयोजकले कोरोना महामारीपछि १७ जुनदेखि पुनः शुरु हुन लागेको इंग्लिस प्रिमियर लिगको खेलअघि क्लबलाई एक अर्कासँग मैत्रीपुर्ण खेल खेल्न अनुमति दिएको छ ।
बेलायती पत्रिका टेलिग्राफका अनुसार मैत्रीपुर्ण खेलका कडा निर्देशन र नियमको पालना गर्नुपर्ने हुन्छ । जहाँ अफिसियल रेफ्री हुनेछैन । क्लबका कोचिङ स्टाफले रेफ्रीको भुमिका निभाउनु पर्ने तथा खेल ९० मिनेट भन्दा बढी हुनेछैन । खेलाडीहरु आफ्नै कारमा खेल स्थलसम्म पुग्नुपर्नेछ ।
मैत्रीपुर्ण खेल क्लबको स्टेडियम वा प्रशिक्षण स्थलमा हुनेछ । जहाँ जोखिमलाई पुर्ण रुपमा पालना गरिनेछ । खेलाडीहरुको अनिवार्य कोरोना परिक्षण गरिएको रिपोर्ट हुनुपर्नेछ । मैत्रीपुर्ण खेल क्लबको प्रदर्शन र कमी कमजोरी सुधारको लागि मौका हुन सक्नेछ । मार्च पहिलो सातायता, क्लबहरुले प्रशिक्षण र खेल्ने मौका पाएको छैन ।
प्रिमियर लिग पुन सुचारु हुने अवस्था बनेपछि क्लबहरुले झन्डै एक महिनाअघि देखि प्रशिक्षण थालेका छन् । यसै सातोदेखि क्लबहरुले कन्ट्याक्ट प्रशिक्षण थालेका छन् । म्यानचेस्टर सिटीले १७ जुनमा आर्सनलसँग खेल्नेछ । सोही दिन सेफिल्ड युनाइटेड र एस्टन भिल्लाबीच खेल हुनेछ । २० जुनबाट ३०औं चरणका खेलहरु हुनेछन् । २५ जुलाईमा यो सिजन सकिनेछ ।
मर्सिसाइड क्लब लिभरपुल ३० वर्षपछि प्रिमियर लिगको उपाधि नजिक छ । लिभरपुललाई च्याम्पियन बन्न केवल दुई जितको खाँचो छ । लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई २५ अंकले पछि पारेको छ । लिभरपुलको २९ खेलबाट ८२ अंक छ । सिटीको २८ खेलबाट ५७ अंक छ । बर्नमाउथ, एस्टन भिल्ला र नर्विच सिटी रेलिगेसन जोनमा छ ।
March 26, 2025
एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्। स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए। पहिलो पटक […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले वैशाख २६ गते हुने साधारण सभामा डेढ अर्ब रुपैयाँको बजेट पेश गर्ने भएको छ । एन्फाले बुधबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार वैशाख २६ गते संघको नियमित साधारण सभा गर्ने उल्लेख गरिएको छ । उक्त सभामा वार्षिक कार्यक्रम तथा प्रतियोगिताका लागि अनुमानित बजेट […]