default_image

5 years ago

June 2, 2020

एन्फाले १ करोड रुपैयाँ माथिको राहत बाँड्दै

188 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफु मातहतका सरोकारवालाई १ करोड रुपैयाँ भन्दा बढी राहत उपलब्ध गराउने भएको छ । एन्फाले कोरोना भाइरस कोभिड १९ को संक्रमणलाई रोक्न सरकारले २ महिना भन्दा लामो समयदेखि लकडाउन गरेका कारण उत्पन्न कठिन परिस्थितिलाई मध्यनजर गर्दै फुटबलसँग सम्बन्धित राष्ट्रिय खेलाडी, रेफ्री, प्रशिक्षक, कर्मचारी, जिल्ला तथा क्लबहरुलाई राहत दिने निर्णय गरेको हो ।

राहतको सिफारिसका लागि एन्फाले केन्द्रिय सदस्य रत्नकुमार श्रेष्ठ संयोजक रुपेश अधिकारी र उत्तमराज भण्डारी सदस्य रहेको राहत वितरण समिति गठन गरेको थियो । समितिले अध्ययन गरेर गरेको सिफारिसका आधारमा एन्फाको सोमबार बसेको अनलाइन कार्यसमिति बैठकले राहत रकम अनुमोदन गरेको थियो ।

एन्फाले राष्ट्रिय महिला र पुरुष टोलीमा रहेका ३५-३५ खेलाडीलाई समान १५ हजारका दरले राहत दिने भएको छ । जसलाई एन्फाले खुराक खर्च भनेको छ । एन्फाले आफुमातहतका सम्बन्धित सबैलाई गरि १ करोड २० लाख रुपैयाँ भन्दा बढी राहत बाढ्न लागेको हो । फिफाबाट स्वीकृत भएपछि मात्र राहत उपलब्ध गराइने एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।

तुलाधरले फिफाकै सल्लाहमा १ लाख अमेरिकी डलरको आसपासमा राहत उपलब्ध गराउन लागिएको बताए । एन्फाको सोमबारको बैठकले राहतका लागि फिफासँग १ लाख अमेरिकी डलर माग गर्ने निर्णय पनि गरेको छ । राहतकै कारण साधारण सभा भन्दा अघि नै आर्थिक वर्ष २०७७-०७८ को बजेट फिफामा प्रस्तुत गर्नु परेको पनि तुलाधरले बताए ।

‘अहिलेको कठिन परिस्थितिमा राहत वितरण गर्नुपर्ने भएकाले त्यसलाई समट्दै फिफाले आगामी आर्थिक बर्षको बजेट पनि माग्यो’, उनले भने, ‘त्यसै कारण हामीले बजेट पनि कार्यसमितिबाट अनुमोदन गरेका छौं । यसअघि साधारण सभाको केहि अगाडि सम्ममा फिफामा पठाउँदा हुन्थ्यो । एन्फाले बैठकबाट आगामी आर्थिक वर्षका लागि ७० करोड रुपैयाँ भन्दा बढीको बजेट प्रस्तुत गरेको छ । भदौ १९ गते हुने साधारण सभामा उक्त बजेट प्रस्तुत गरिनेछ ।’

एन्फाले आफु मातहतका ४८ जिल्ला, ए डिभजनका १४ क्लब, बी डिभिजनका १२ क्लब र सी डिभिजनका १४ क्लबलाई समान ७५ हजारको दरले राहत उपलब्ध गराउने भएको छ । एन्फाका ४ सदस्य समिति (प्रशिक्षक, खेलाडी, महिला र रेफ्री) लाई पनि समान रुपमा राहत वितरण गरिनेछ । त्यस्तै एन्फाबाट स्वीकृति मोफसलमा सञ्चालन गर्ने फुटबल प्रतियोगिता आयोजक क्लबलाई प्रति क्लब ७५ हजार रुपैयाँ दिने निर्णय भएको छ । त्यस्तो क्लबको संख्या झन्डै ३० वटा रहेको एन्फा महासचिव इन्द्रमान तुलाधरले बताए ।

एन्फाले आफ्ना १ सय ५० कर्मचरी, शनिबारको प्रशिक्षण सञ्चालन गर्ने २४ प्रशिक्षक, ३० रेफ्री र रेफ्री एसेसरलाई जनही १० हजार रुपैयाँका दरले राहत प्रदान गरिने बताइएको छ । फिफाले स्वीकृति दिने वित्तिकै राहत वितरण सुरु हुने पनि महासचिव तुलाधरले जानकारी दिए ।

‘अब केहि दिनमा एन्फामा बजेट र राहतको विवरण पठाउने छौं’, उनले भने, ‘त्यो स्वीकृति भएपछि वितरण गर्नेछौं । फिफाले पठाएको अनुदानबाट राहत वितरण गरिनेछ ।’

फिफाले कोभिड १९ कै कारण निर्धारित समय अघि नै ५ लाख अमेरिकी डलर आफ्ना सदस्य राष्ट्रलाई पठाइसकेको छ । त्यसबाहेक नेपाललाई भने गत वर्षको महिला लिगको रोकिएको रकम र यस आर्थिक वर्षको महिला लिग गरेर थप १ लाख अमेरिकी डलर समेत पठाइसकेको तुलाधरले बताए । फिफाले स्वीकृति गर्नेबितिकै अन्य शीर्षकमा आएको रकम भएपनि कोरोना राहतमा वितरण गर्न सकिनेछ ।

राहत समितिका संयोजक श्रेष्ठले भने फुटबलसँग सम्बन्धित राहतबाट कोहि पनि नछुट्नु भन्ने हिसाबले सिफारिस गरेको हाम्रो खेलकुद डटकमलाई जानकारी दिए । ‘हामीले जिल्लाहरुसँग त्यहाँका राहत दिनुपर्नेहरुको विवरण माग गरेका थियौं’, उनले थपे, ‘सबै अध्ययन गरेर हामीले सिफारिस गरेका हौं । फुटबलमा रहेका कोहिले पनि हामीलाई पाएनौं भन्ने नहोस् । राहत सिफारिस भएकाहरुले लिन नलिने चाहि स्वच्छिक हो । दोहोरो राहत भने लिन पाइनेछैन ।’

जिल्ला संघसँग सम्बन्धित खेलाडी, प्रशिक्षक, आर्थिक अवस्था कमजोर भएका पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी , रेफ्री सबैको विवरण मागिएको उल्लेख गर्दै संयोजक श्रेष्ठले भने एउटा जिल्लाबाट १ सय २० जना सम्मको पनि सिफारिस आएको छ । ‘हामीले कोहि छुट्न हुन्न भनेका छौं’, उनले थपे, ‘तर त्यसरी राहत पाउने व्यक्तिको प्रमाणित भने सम्बन्धित जिल्ला, क्लब वा निकायले गर्नुपर्नेछ ।’ श्रेष्ठ संयोजक रहेको समितिको सिफरिसमा राहत पाउन सक्नेमा ३ हजार भन्दा बढी छन् ।

एन्फाले राहत दिने विस्तृत विवरण

– ४८ जिल्ला संघ प्रति जिल्ला ७५ हजार रुपैयाँ (कुल-३६ लाख रुपैयाँ)

– ४ सदस्य समिति, प्रति समिति ७५ हजार (कुल- ३ लाख रुपैयाँ)

– १४ ए डिभिजन क्लब, प्रति क्लब ७५ हजार रुपैयाँ (कुल – १० लाख ५५ हजार रुपैयाँ)

– १२ बी डिभिजन क्लब, प्रति क्लब ७५ हजार (कुल – ९ लाख रुपैयाँ)

– १४ सी डिभिजन क्लब, प्रति क्लब ७५ हजार (कुल – १० लाख ५० हजार रुपैयाँ)

– एन्फाबाट स्वीकृति मोफसलका ३० प्रतियोगिता आयोजन समिति, प्रति क्लब ७५ हजार (कुल – २२ लाख ५० हजार रुपैयाँ)

– शनिबारिय प्रशिक्षक २४, जनही १० हजार रुपैयाँ (कुल – २ लाख ४० हजार रुपैयाँ)

– एन्फा कर्मचरी १५०, जनही १० हजार रुपैयाँ (कुल – १५ लाख रुपैयाँ)

– रेफ्री/रेफ्री एसेसर ३० जना, जनही १० हजार (कुल- ३ लाख रुपैयाँ)

– राष्ट्रिय खेलाडी महिला/पुरुष ७० जना, जनही १५ हजार रुपैयाँ (कुल – १० लाख ५० हजार रुपैयाँ)

जम्मा राहत वितरण रकम – १ करोड २२ लाख ४० हजार रुपैयाँ

February 24, 2025

दीपेन्द्र धनगढीको ब्रान्ड एम्बासडरमा नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]

February 24, 2025

भुटानको डागा भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी‌ ओली कप फुटबल […]

February 24, 2025

अस्ट्रेलियामा सगरमाथा जिएनसी लिग च्याम्पियन

सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]

Success

Thank you for your time.