default_image

5 years ago

June 2, 2020

रियलले सान्टियागो बर्नाबाउमा नखेल्ने

85 views

0 Bookmark

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले कोरोना संक्रमणका कारण स्थगित भएपछि सुचारु हुन लागेको ला लिगाका खेलहरू घरेलु मैदान सान्टियागो बर्नाबाउमा नखेल्ने भएको छ ।

लिग अन्तर्गत रियलले सुरुवाती दुई खेल नै घरेलु मैदानमा खेल्ने तालिका रहेको छ । तर रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले सिजनका बाँकी खेल बर्नाबाउमा नखेल्ने पक्का गरेका छन् । रियलले आफ्नो सबै घरेलु खेल भाल्डेबासस्थित अल्फ्रेडो डि स्टेफानो रंगशालामा खेल्ने भएको छ ।

रियलले यसअघि सोहि मैदानमा नियमित प्रशिक्षण गर्दै आएको छ । त्यस्तै रियलको दोस्रो टोली रियल म्याड्रिड कास्टिलाका खेल पनि यसै मैदानमा हुँदै आएको छ । ला लिगामा लागि उपयुक्त बनाउन मैदानमा केहि सुविधा थप गरिनेछ । भिडियो असिस्टेन्ट रेफ्री, फ्लडलाइट्स लगायत सुविधा थप गरिनेछ ।

बर्नाबाउमा पुनर्निर्माणको कार्य भइरहेका कारण खेलस्थल सारिएको अध्यक्ष पेरेजले बताए । ‘ हामीले भाल्डेबासको मैदानमा बाँकी घरेलु खेल खेल्ने निर्णय गरेका छौं । बर्नाबाउमा भइरहेको निर्माण कार्य समयमै सकियोस् भनेर यो कदम चालिएको हो,’ पेरेजले भने ।

बर्नाबाउमा नयाँ सुविधा थप गर्ने योजना सन् २०२२ सम्म सकाउने प्रारम्भिक योजना थियो । तर अहिले नै यो कामलाई निरन्तरता दिँदा निर्माण चाँडै हुने देखिन्छ । बर्नाबाउमा नयाँ छतसँगै घाँसे मैदानको विकल्पका रुपमा दोस्रो पिच पनि बनाउने तयारी छ । यसले फुटबल बाहेकको कार्यक्रमलाई पनि रंगशाला प्रयोग गर्न सकिनेछ ।

रियलले लिग सुरु भएपछि पहिलो खेलमा एइबारको सामना गर्नेछ । खेल ६ हजार दर्शक क्षमता भएको रियलको नयाँ घरेलु मैदानमा हुनेछ ‌। यध्यपी खेलमा दर्शकहरूको उपस्थिति हुने छैन । लिगमा रियल बार्सिलोनाभन्दा २ अंकले पछाडि छ ।

March 26, 2025

फिफाका पूर्व अध्यक्ष ब्लाटरसँगै प्लाटिनीले पाए सफाई

एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्। स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए। पहिलो पटक […]

March 26, 2025

ललितपुर सिटीका इमोह  र पापा आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न  इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा‌ च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह   गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको‌ फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले  […]

March 26, 2025

एन्फाको बजेट १ अर्ब ५६ करोड!

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले वैशाख २६ गते हुने साधारण सभामा डेढ अर्ब रुपैयाँको बजेट पेश गर्ने भएको छ । एन्फाले बुधबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार वैशाख २६ गते संघको नियमित साधारण सभा गर्ने उल्लेख गरिएको छ । उक्त सभामा वार्षिक कार्यक्रम तथा प्रतियोगिताका लागि अनुमानित बजेट […]

Success

Thank you for your time.