5 years ago
June 2, 2020
एजेन्सी – इटालियन क्लब इन्टर मिलानले अर्जेन्टिनी फरवार्ड माउरो इकार्डीलाई फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा बेच्दा भविष्यमा युभेन्टसमा जान रोक्नका लागि बेग्लै प्रावधान राखेको छ ।
युभेन्टसले लामो समयदेखि इकार्डीलाई अनुबन्धन गर्न खोजेपनि इन्टरले आफ्नो प्रतिद्वन्द्वी भएकै कारण उनलाई त्यहाँ जान दिएको थिएन । गत सिजन इकार्डी आफैंले पनि इन्टरलाई युभेन्टसको प्रस्ताव स्वीकार्न आग्रह गरेका थिए, तर त्यसले क्लबसँग उनको सम्बन्ध झनै खराब बनाएको थियो । इकार्डीकी श्रीमती तथा एजेन्ट वान्डा नाराका कारण पनि क्लबसँग उनको सम्बन्ध राम्रो हुन सकेन ।
गत सिजन लोनमा पीएसजी पुगेका इकार्डी सोमबार स्थायी रुपमा पीएसजीमा अनुबन्ध भएका छन् । पीएसजीले इन्टर मिलानलाई ५८ मिलियन युरो तिरेको हो । इन्टरले माग गरेको ७० मिलियन युरो कोरोनाका कारण दुवै क्लब समस्यामा परेपछि घटाएर सम्झौता गरिएको हो ।
सम्झौता अनुसार इन्टरले इकार्डीको भविष्यको क्लबलाई असर पर्ने गरि अर्को प्रावधान थपेको छ । उक्त प्रावधानका अनुसार पीएसजीले इकार्डीलाई कुनैपनि इटालीको क्लबमा बेचेको खण्डमा पीएसजीले १५ मिलियन युरो थप इन्टरलाई तिर्नुपर्ने छ । यसले इकार्डी युभेन्टससहित इन्टरको प्रतिद्वन्द्वी क्लब जाने सम्भावना निकै कम हुन्छ ।
इकार्डी अघिल्लो सिजनसम्म इन्टरको कप्तान रहेपनि सम्बन्ध बिग्रंदै जाँदा दुश्मनजस्तै भएका थिए । समर्थकले पनि पटक पटक उनको विरुद्धमा नाराबाजी लाएका थिए । इकार्डीको खराब सम्बन्धको मुख्य कारण उनको श्रीमती नारा र बोर्डको असमझदारी रहेको छ ।
March 26, 2025
एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्। स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए। पहिलो पटक […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले वैशाख २६ गते हुने साधारण सभामा डेढ अर्ब रुपैयाँको बजेट पेश गर्ने भएको छ । एन्फाले बुधबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार वैशाख २६ गते संघको नियमित साधारण सभा गर्ने उल्लेख गरिएको छ । उक्त सभामा वार्षिक कार्यक्रम तथा प्रतियोगिताका लागि अनुमानित बजेट […]