default_image

5 years ago

June 2, 2020

यसै क्लब छाड्न सक्थे मेस्सी

135 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनेल मेस्सीको क्लबसँगको सम्झौताअनुसार उनले चाहेको खण्डमा विना कुनै ट्रान्सफर रकम क्लब छाड्न सक्ने प्रावधान रहेको थियो ।

मेस्सीको सम्झौतामा उल्लेख भए अनुसार २०२० को मे महिनाको अन्त्यसम्ममा उनले आफूले चाहेको खण्डमा क्लब छाड्न सक्थे । आइतबारसम्म उनले चाहेको भए कुनैपनि क्लबमा जान ट्रान्सफर रकम तिर्नुपर्ने थिएन । मेस्सीले बोर्ड र प्रशिक्षकसँग पछिल्लो समय केहि असमझदारी भएपनि क्लब छाड्ने भने कुनै संकेत दिएका छैनन् ।

३२ वर्षीय मेस्सीले बार्सिलोनाबाहिर आफ्नो भविष्य देखेका छैनन् । र त्यसैले पनि उनले क्लब छाड्ने सम्भावना देखिन्न । तर उनले क्लबसँग नयाँ सम्झौता नगरेको कारण भने आउने दिनमा उनी क्लबमै रहनेछन् वा के गर्छन भन्ने प्रष्ट हुन सकेको छैन ।

अहिले जारी रहेको मेस्सीको सम्झौता अर्को सिजन सकिँदैछ । बार्सिलोनाले पटक पटक मेस्सीसँग सम्झौता नविकरणबारे छलफल गरेपनि ठोस नतिजा निस्कन सकेको छैन । क्लबले लामो समयदेखि मेस्सीले आफ्नो करीअर बार्सिलोनामै अन्त्य गर्ने बताउँदै आएको छ ।

 

पछिल्लो समय मेस्सी क्लबसँग असन्तुष्ट भएको चर्चा चल्दा दुई क्लबले उनलाई अनुबन्धन गर्ने चासो देखाएका थिए । मेस्सीले छाड्ने मनसाय बनाएको खण्डमा इंग्लिस क्लब म्यान्चेस्टर सिटी र इटालियन क्लब इन्टर मिलान उनलाई अनुबन्ध गर्न सक्ने क्षमता राख्छन् । तर मेस्सीले सार्वजनिक रुपमा नै इन्टरसँग कुनै सम्बन्ध नरहेको बताएका छन् ।

मेस्सीले फेब्रुअरीमा एक अन्तर्वार्ताका क्रममा आफ्नो योजना बार्सिलोनामा नै रहेको बताएका थिए । त्यसका बाबजुद सन् २०१७ मा नवीकरण गरिएको सम्झौतामा कुनै हेरफेर भएको छैन । जुन २०२१ मा मेस्सीको सम्झौता सकिंदैछ । सन् २००४ मा डेब्यु गरेदेखि मेस्सीले ७ सय १८ खेलमा ६ सय २७ गोल गरेका छन् ।

March 26, 2025

फिफाका पूर्व अध्यक्ष ब्लाटरसँगै प्लाटिनीले पाए सफाई

एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्। स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए। पहिलो पटक […]

March 26, 2025

ललितपुर सिटीका इमोह  र पापा आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न  इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा‌ च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह   गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको‌ फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले  […]

March 26, 2025

एन्फाको बजेट १ अर्ब ५६ करोड!

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले वैशाख २६ गते हुने साधारण सभामा डेढ अर्ब रुपैयाँको बजेट पेश गर्ने भएको छ । एन्फाले बुधबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार वैशाख २६ गते संघको नियमित साधारण सभा गर्ने उल्लेख गरिएको छ । उक्त सभामा वार्षिक कार्यक्रम तथा प्रतियोगिताका लागि अनुमानित बजेट […]

Success

Thank you for your time.