5 years ago
June 2, 2020
एजेन्सी – इटालियन क्लब एसी मिलानका पुर्व खेलकुद निर्देशक मासिमिलियानो मिराबेल्लीले पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले युभेन्टसमा जानुअघि एसी मिलानसँग सम्झौता नजिक पुगेको खुलासा गरेका छन् ।
क्लबका चिनियाँ मालिक लि योङहोङले रोनाल्डोको सम्झौता रोकेपछि मात्रै उनी युभेन्टस पुगेको मिराबेलीले बताएका छन् । २०१८ मा रोनाल्डोले विश्वलाई नै चकित पार्दै स्पेनिस क्लब रियल म्याड्रिड छाडेर इटली जाने निर्णय गरेका थिए ।
रोनाल्डो रियलका सर्वाधिक गोलकर्ता हुन् । उनले रियलमा आफ्नो नाममा थुप्रै कीर्तिमान बनाएका छन् । विशेषगरि च्याम्पियन्स लिगमा उनको सफलतालाई निकै महत्वपूर्ण मानिन्छ ।
ट्रान्सफर मार्केट अघि बढ्दै जादा रोनाल्डो एसी मिलानसँग सम्झौता नजिक पुगेका थिए । तर, क्लबका मालिक लि योङहोङले आर्थिक कारण देखाउँदै सम्झौता रोकेपछि रोनाल्डो १०० मिलियन पाउन्डमा युभेन्टसमा अनुबन्धित भएका थिए ।
मिराबेल्लीले आर्थिक समस्या हुन सक्ने भएका कारण रोनाल्डोलाई अनुबन्ध गर्न नसकिएको स्वीकार गर्दै क्लबका जिम्मेवार व्यक्तिहरु जिम्मेवार नभइदिा रोनाल्डोले क्लबको प्रख्यात कालो र रातो सर्ट पहिरिन नपाएको बताएका छन् । उनले मिलानको जर्सीमा रोनाल्डो नहुनुमा मालिकलाई दोष दिए ।
‘हामीले जर्ज मेन्डेससँग कुरा गर्यौं । हामीलाई थाहा थियो । रियल र रोनाल्डोको साथ समस्या हुन सक्छ । तर, पनि हामीले मागअनुसार सबै प्रक्रिया पुरा गरिसकेका थियौं,’ मिराबेल्लीले एक अन्तर्वार्ताका क्रममा भने, ‘तर, क्लबका मालिकले नै रोनाल्डोसँगको सम्झौता टिकाउ नहुने भन्दै सम्झौता रोकिदिए । त्यसो नभएको भए वर्तमान मालिकका साथ सिआर सेभेन मिलानका खेलाडी हुने थिए ।’
त्यसपछि अर्काे समरमा अमेरिकी हेज कोषले एसी मिलानमा लगानी गर्दै लि योङहोङ एक वर्षमै क्लबबाट बाहिरिएका थिए । यस्तै मिराबेल्लीले क्लबले त्यसै बेला एन्टेनियो कोन्टेलाई प्रशिक्षकमा नियुक्त गर्ने योजना बनाइरहेको समेत खुलासा गरे । सोही समय कोन्टे इन्टर मिलानको प्रशिक्षक बनेका थिए ।
March 26, 2025
एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्। स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए। पहिलो पटक […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले वैशाख २६ गते हुने साधारण सभामा डेढ अर्ब रुपैयाँको बजेट पेश गर्ने भएको छ । एन्फाले बुधबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार वैशाख २६ गते संघको नियमित साधारण सभा गर्ने उल्लेख गरिएको छ । उक्त सभामा वार्षिक कार्यक्रम तथा प्रतियोगिताका लागि अनुमानित बजेट […]