default_image

5 years ago

June 2, 2020

सिरी ‘ए’ को खेल तालिका सार्वजनिक

120 views

0 Bookmark

एजेन्सी – कोरोना महामारीको त्रासपछि इटालियन सिरी ‘ए’ को स्थगित खेलहरु आगमी जुन २० देखि पुनः सुचारु हुदैछ । इटालियन फुटबल फेडेरेसन (एफआइजीसी) ले सोमबार स्थगित सिरी ए २० जुनदेखि अगस्ट २ सम्म सकाउने खेल तालिका बनाएको छ । 

नयाँ तालिका अनुसार ६ सातामा सिरी ए क्लबले एक सातामा दुई खेल खेल्नुपर्ने भएको छ । कोरोनाको कारण सिरी ए गएको मार्च ९ देखि स्थगित हुदा अझै १२ चरणको खेल खेल्न बाँकी छ ।

खेलहरु शनिबार–सोमबार र मंगलबार–बिहीबार हुने छ । खेल स्थानिय समयअनुसार ६ः३० र ८ः४५ बजे तथा केही खेल छिट्टै ४ः१५ बजे हुनेछ । पहिलो दिन २५औं चरणका बाँकी रहेका चार मध्ये दुई खेल हुनेछ । टोरिनो र पर्माबीचको खेल बाट स्थगित सिरी ए पुनः सुचारु हुनेछ ।

सोही दिन हेला भेरोना र काग्लिएरीबीच खेल हुनेछ । अर्काे दिन एटलान्टा र ससुलो तथा एन्टर मिलान र साम्पडोरियाबीच खेल हुनेछ । २२ जुनदेखि सिरी ए को २६औं चरणको खेल हुरु हुनेछ ।

सिरी को शीर्षस्थानमा रहेको युभेन्टस बोलोग्नाको भ्रमणमा निस्कनेछ । दोस्रो स्थानमा रहेको लाजियोले अर्काे दिन एटलान्टा भ्रमण गर्नेछ । उपाधिको छिनोफानो हुने खेलको रुपमा हेरिएको युभेन्टस र लाजियोबीचको खेल २० जुलाईमा युभेन्टसको मैदानमा हुनेछ ।

युभेन्टस लगातार नवौं सिजन सिरी ए च्याम्पियन बन्ने दाँउमा हुनेछ । युभेन्टसको २६ खेलबाट ६३ अंक छ । समान खेलबाटै लाजियोको ६२ अंक छ । इन्टर मिलान (५४), एटलान्टा (४८) अंक रहँदा लिस, एसपाल र ब्रेसिया रेलिगेसन जोनमा रहेको छ ।

सिरी ए सुरु हुनुअघि कोपा इटालियाको सेमिफाइनलको दोस्रो लेग र फाइनल खेल हुने तय छ । सेमिफाइनल १३ जुनमा तथा फाइनल १७ जुनको लागि तय गरिएको छ । सेमिफाइनलको पहिलो लेगमा युभेन्टस र एसी मिलानले १–१ गोलको बराबरी खेल्दा नेपोलीले इन्टर मिलानलाई १–० ले पछि पारेको छ ।

March 26, 2025

फिफाका पूर्व अध्यक्ष ब्लाटरसँगै प्लाटिनीले पाए सफाई

एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्। स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए। पहिलो पटक […]

March 26, 2025

ललितपुर सिटीका इमोह  र पापा आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न  इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा‌ च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह   गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको‌ फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले  […]

March 26, 2025

एन्फाको बजेट १ अर्ब ५६ करोड!

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले वैशाख २६ गते हुने साधारण सभामा डेढ अर्ब रुपैयाँको बजेट पेश गर्ने भएको छ । एन्फाले बुधबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार वैशाख २६ गते संघको नियमित साधारण सभा गर्ने उल्लेख गरिएको छ । उक्त सभामा वार्षिक कार्यक्रम तथा प्रतियोगिताका लागि अनुमानित बजेट […]

Success

Thank you for your time.